तनहुँको कार्यक्रमका लागी मोडल बसन्ती भाट कतार आउदै

प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलवार १७:०१  

एनक्युखबर , दोहा । नयाँ वर्षको अबसर पारेर तनहँ सेवा समाज कतारले आयोजना गरेको वृहत बनभोज तथा सांगितिक कार्यक्रमका लागी मोडल/डान्सर बसन्ती भाट कतार आउने भएकी छन ।
संस्थाले गत २१ अप्रेलमा बसेको संस्थाको भेलाले  लोक दोहोरी गायीका कुमारी थापा मात्र ल्याउने योजना गरेको थियो तर कार्यक्रमा दर्शकलाई थप मनोरञ्जन प्रदान गर्नका निम्ती मोडल बसन्ती भाट पनि निम्ताईएकोे कलाकार संयोजक कृष्ण श्रेष्ठले बताएका छन ।
काठमान्डौ घर भई कलाकारीतामा जम्दै आएकी भाटले नेपाली चलचित्र बिन्दास लाईफ र अल्लारे जोवनमा समेत अभिनया गरेकी छन । उक्त चलचित्रमा आफ्नो अभिनया गरेकी भाटले हाल मात्र बजारमा सार्वजनिक भएको म्यूजिक भिडीयो “सुन सान रातको” बोलकोे गीतमा चिरन अधिकारी संग खुलेर आफ्नो अभिनया गरेकी छन ।


यसै गरि उक्त कार्यक्रमकी मुख्या आर्कषण रहेकी लोक दोहोरी गायिका कुमारी थापा पनि २७ अप्रेलमा कतार आउने भएकी छन दुबै जना कलाकार २७ अप्रेल विहान दोहा अवतरण गर्ने कार्यक्रम संयाजक केश गुर्माछन मगरले बताए ।
कतारको अलदार क्लब उमसलाल अलिमा आगमी २८ अप्रेल शुक्रबारका दिन हुने कार्यक्रममा स्थानिया कलाकारहरुको वेजोड प्रस्तुती रहने छ , जसमा लोक दोहोरी गायक रित कुमार श्रेष्ठ, बलविक्रम थापा,रुविन विसी, नारयाण माझी , यूवराज खत्री ,अज्यात क्षेत्री, कृष्ण बिक र लोक दोहोरी गायिका कमल गुरुङ नृत्यङ्गना जानु थापा मगर , भगवाती बस्याल, जिना थापा, रानी थारु, आधुनिक गायक जोयल परियार, विजय रानापाली, तिर्थ यम्फु राई, सोम थापा, भक्त राज विक तथा हाँस्या कलाकार सुरज विसी लगायतको उक्त कार्यक्रममा आफ्नो बेजोड प्रस्तुती रहने संयोगक श्रेष्ठले जानकारी दिएका हुन ।
ल हेर्नुहोस मोडल बसन्ती भाटले अभिनय गरेको म्यूजिक भिडीयो ।

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....