रमाइलो रह्यो तनहुँको बनभोज कतारमा (भिडीयो सहित )

प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार १९:४१  

दिल कुमार श्रेष्ठ, दोहा – नेपाली लोकसंगीत, लोकगित, कौडा सालैजो, चुड्का, लगाएत अंग्रेजी गित संगीतहरुमा समेत स्थानीय तथा अतिथि कलाकारहरुको आफ्ना गयाकी तथा नृत्यको साथमा तनहुँ सेवा समाजको बनभोज कार्यक्रम सम्पन्न भयो l गर्मीको मौसममा पनि  जोश र जाँगर देखाउदै फरक फरक प्रस्तुतिमा उपस्थिति दर्शक दाजुभाई  तथा दिदीबहिनीहरु नाची रहेका थिए l

प्रवास कतारमा नयाँ बर्षको सुरुवातीको अवसर परेर  शुभकामना आदानप्रदान कार्यक्रमसंगै  आफ्ना जिल्लाबासी दाजुभाई तथा दिदीबहिनीहरुलाई समेट्दै समाजले बृहत कार्यक्रम सम्पन्न गर्यो l तनहुँ प्रवासमा सामाजिक सेवामा तल्लिन कतारमा स्थापित जिल्ला सस्थाहरुको मध्य आफुलाई सफल प्रमाणित गर्न सफल रहेको सस्था हो l समाजले सामाजिक क्षेत्रमा स्थापनाको देखि आजको अवस्था सम्म आई पुग्दा यहाँ मात्र नभई जिल्लामा समेत विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न गरिसकेको छ l समाजले कतारमा रहेका विभिन्न संघसस्थाहरुको सहकार्यमा हुने गरेका हरेक गतिविधिहरुमा सहकार्य गरेको छ l

 कार्यक्रममा रमझमको साथ आफ्नै गाउँघर, छरछिमेकमा गरिने रमाइलो तनहुँको बनभोजले दिलायो l बिहान देखि बेलुका सम्म नाचिरहेका उपस्थित दाजुभाई तथा दिदीबहिनीहरुको जोस र जाँगर देख्दा पेट त भर्यो मन भरेन भन्ने भान हुन्थ्यो l

खुसी उत्साहका र गित संगीतको रमझममा  भरिपुर्ण कार्यक्रममा अतिथि कलाकार बसन्ती भाटको नृत्य हेर्ने भन्दा मोवाइलमा कैद गरेर सम्झनाको कोसेली बनाउनेको होड देखिएको थियो l त्यस्तै म्युजिक भिडियो अवार्डबाट सम्मानित गायक रितकुमार श्रेष्ठको प्रस्तुतिमा नरमाउने कोहि भएनन् l कौडा सालैजो दोहोरी गाउदै दर्शकहरुलाई नचाउने बलाबिक्रमको इनर्जी देख्न लाएक थियो l दोहिरी घोचपेचमा सिपालु कमला गुरुङ हेमा आफ्नो गायकी खरो उत्रिन आफुसंग आमने सामने  गर्न  जस्तो त्यस्तोले आट्न नगरे हुन्छ भनिन l रमाइलो रमझमको वातावारणमा सम्पन्न कार्यक्रममा स्थानीय कलाकारले पनि आफ्नो प्रतिभा देखाउने अवसर समाजले दिएको थियो l कार्यक्रममा मनोरन्जनको लागी  बिशेष गरि स्थानीय कलाकार धन्यवादका पात्र  बनेका थिए l

पछिल्लो समयमा नेपाली नियोग कतारले कतारमा स्थापित नेपाली समाजको गतिविधिहरुलाई नजिकबाट सहकार्य गर्दै  आएको छ l पछिल्लो संसस्थाहरुको कार्यक्रममा कार्यवाहक राजदुत मणिरत्न शर्माले समेत सामाजिक गतिविधिमा समाजको मिले सम्म हरेक कार्यक्रममा उपस्थिति जनाउने प्रतिवद्धता तनहुंको कार्यक्रममा देखिएको थियो l

प्रमुख अतिथि नियोगको दितीय सचिव नितेश सापकोटा कार्यक्रमलाई सम्बोधन गर्दै तनहुँ  जिल्ला तथा समाजका लागी दिनरात नभनी खटिएका सम्पूर्ण धन्यवाद ब्यक्त गरे l  राज्य व्यवस्थाका कारण कार्यक्रममा आउन लागेकी कलाकार नेपालबाट कतार आउन नसकेकोमा दुख ब्यक्त समेत गरे l उनले नेपाली समाज प्रवासमा कति आवस्यक रहेछ भन्ने आफुले कतारमा आए पछि पूर्ण रुपले नजिकबाट  नियाल्न पाएको बताउदै समाजले सामाजिक कार्यसंगै  राष्ट्र र राष्ट्रियता र हाम्रा कला सस्कृति र परम्परा जोगाउन खेलेको भूमिकाको खुलेर प्रसंशा गरेका थिए l

त्यसैगरी बिशेष अतिथि विनेश तामांगले जिल्ला सस्था किन आवस्यक छ भन्ने कुरा प्रष्ट परेका थिए l  समाजले कतारका स्थापित संघसस्थाहरुका साथै  एनआरएन एनसीसी कतारसंग पनि विभिन्न कार्यक्रमहरुमा सहकार्य गर्दै  कार्यहरुको तारिफ गरेका थिए l आज सम्म रहेको सम्बन्धलाई कालान्तर सम्म जीवित राख्दै तनहुँ सेवा समाजकोले गर्ने हरेक सामाजिक कार्यमा आफु र आफुले अध्यक्षता गरिरहेको सस्था एनआरएन एनसीसीकतारले समेत सदैव सहयोग गर्ने बताए l  कार्यक्रममा कतारमा स्थापित  विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बुद्दिजीवीले समत कार्यक्रमको सफलताको शुभकामणा दिएका थिए l

गत शुक्रबार कतारको राजधानीबाट धेरै टाढा ओमसलाल अलिमामा भएको कार्यक्रम ब्यानरअनावरण, दिप प्रज्वलनसंगै राष्ट्रियगानबाट सुरु गरिएको थियो l समाज अध्यक्ष पदम बिक को अध्यक्षतामा सम्पन्न  भयो l कार्यक्रममा स्वागत मन्तब्य दितीय उपाध्यक्ष ऋषि बिकले दिंदा कार्यक्रमको बारे जानकारी पुर्व उपाध्यक्ष नवराज बिकले दिएका दिएको कार्यक्रममा  संचालन महासचिव बलराम गैरे  र सोम थापाले गरेका थिए l

भिडीयो साभार विग स्टोन टीभी बाट ।

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....