नमुना गाविस सचिव बन्दाको अनुभूति………….

प्रकाशित मिति: १८ बैशाख २०७४, सोमबार ०९:४६  

भिम बहादुर सार्की/कुनै बेला थियो जब म गाउँ विकास समिति भनेको जन्मदर्ता मात्र बनाउने ठाउँ भनेर बुझ्थे । भनौं त्यसबेला मेरो बाल मस्तिष्कमा त्यहि सीमित चेतना मात्र थियो । हुन पनि किन नहोस् ? बाह्र वर्षको उमेर छँदा पहिलो पटक आमाले मेरो जन्मदर्ता बनाउन मलाई गाविस कार्यालयमा लिएर जानु भएको थियो । त्यसपछि उमेर बढ्दै जाँदा गाउँका छिमेकी दाजुहरु नागरिकताको सिफारिस बनाउन गाविस कार्यालय जाने कुरा बताउँदा गाविसमा नागरिकताको सिफारिस बन्ने कुरा जानकारी भयो । बिस्तारै बालापनबाट युवा अवस्थामा पुग्दा गाविसमा गाउँघरको विकासका लागि बजेट आउने कुराको जानकारी भयो । तैपनि गाविसमा कति बजेट आउँछ ? सो बजेट कसरी परिचालन हुन्छ ? को मार्फत परिचालन हुन्छ ? यो बारे जान्ने इच्छा कहिल्यै मनमा जागेर आएन । म मात्रै किन ? म जस्ता कैयौं युवाहरु तथा छिमेकीहरुलाई यस बारे चासो भएको लागेन ।
उमेरले सोह«ौैं बशन्त र अध्ययनले प्रवेशिका परिक्षा पास गर्दा समेत गाविसका काम गर्ने कर्मचारी र तिनीहरुको काम बारे म पूर्ण अनभिज्ञ जस्तै थिएँ । हुन त १० वर्षको उमेर देखि नै विभिन्न बाल क्लब तथा पछि युवाक्लबहरुमा आबद्ध भई काम गरेको आधारमा म गाउँमा सबैका लागि अगुवा युवाका रुपमै परिचित थिएँ । तैपनि बालबालिका तथा युवाहरुका कार्यक्रममा सरिक हुने, अरुलाई पनि सहभागी गराउने विभिन्न कार्यक्रमहरु सहजीकरण गर्ने बाहेक मैले अरु केही गरेको थिइन । यसैबिच २०७० साल साउन ११ गतेदेखि १४ गतेसम्म हिमराइट्सले नेपालंगजमा आयोजना गरेको नमुना गाउँ परिषद् कार्यक्रममा सहभागि हुने अवसर पाएँ । त्यहाँ गाविस स्तरमा हुने सहभागीमूलक योजना तर्जुमा प्रक्रियाका सबै चरणहरुमा सहभागीहरुलाई व्यवहारिक अभ्यास गर्न लगाइएको थियो साथै गाविस कार्यालयका सबै कर्मचारीहरुको समेत भूमिका गर्न लगाइएको थियो । त्यसैक्रममा मैले जीवनमा कहिल्यै नसोचेको अचम्म त्यहाँ हुन पुग्यो । सीमान्तकृत ४६ जना युवाहरुको सहभागिता रहेको कार्यक्रममा मैले नमुना गाविसको सचिव बन्ने अवसर पाएँ । त्यो मेरो लागि बिल्कुलै नौलो तथा सुखद् अनुभूति थियो । असलमा गाविस सचिव को हो ? गाविस सचिवको काम तथा जिम्मेवारी के हो ? यी सबै कुरा मैले त्यही कार्यक्रमबाट थाहाँपाएँ । त्यति मात्र नभएर योजनाहरु बस्ती स्तरमा बन्ने र यसरी बनेका योजनाहरु वडा नागरिक मन्च र योजना तर्जुमा समिति हुँदै गाउँ परिषद्बाट पारित भएको खण्डमा मात्र सहभागिमूलक योजना तर्जुमा प्रक्रियाका अन्तर्गत गाविस सम्मका सबै प्रक्रियाहरु सम्पन्न हुने कुरा बारे अवगत भएँ । चार दिने उक्त नमुना गाउँ परिषद् कार्यक्रमले मेरो जिवनमा सकारात्मक परिवर्तन ल्यायो ।
त्यसपछि मैले घर फर्किसकेपछि यस पटकको बस्ती स्तरको योजना बनाउने प्रक्रियामा आफू र सबै टोल छिमेकका मानिसहरुलाई सहभागी बनाउने अठोट लिएँ । त्यसै बिच बाँके जिल्लाकै एउटा संस्थाबाट जिल्लाका ६ गाविसहरु कोहलपुर, रझेना, नौबस्ता, गनापुर, रझेना र चिसापानीमा सहभागिमूलक योजना तर्जुमा प्रक्रिया सम्बन्धी अभिमुखीकरण कार्यक्रमको सहजीकरणका लागि प्रस्ताव आयो । नमुना गाउँ परिषद कार्यक्रमबाट सिकेका सबै कुराहरु मैले त्यहाँ प्रयोग गरें । मैले लिएको अठोटको एउटा खुड्किलो पुरा भए झैं लाग्यो । त्यसपछि मेरो वडामा यसपटक भएको योजना निर्माण प्रक्रियामा आफु लगायत गाउँका अरु युवाहरु तथा स्थानीयहरुलाई सहभागी गराएँ तथा युवाहरुका क्षमता अभिवृद्धिका लागि आवश्यक कार्यक्रम समेत माग गर्न सिफारिश गरें । आउँदा दिनहरुमा गाविसको सहभागीमूलक योजना तर्जुमा प्रक्रिया बारे गाविसका सबै सर्वसाधारण नागरिकहरुलाई जानकारी गराई उनीहरुलाई सो प्रक्रियामा बढि भन्दा बढि सहभागी बनाउने मेरो योजना रहेको छ ।

कम्दी वडा नं.९,बाँके

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....