कविता-“सामिप्यताको खोजी”

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार ०३:३३  

कुमारीलाई देख्यो कुमारी राम्री
फूलमतिलाई देख्यो फूलमती कोमल
मनमायालाई देख्यो मनमाया मनकारी
धनमायालाई देख्यो धनमाया आहा!!

लाग्छ जूनको ज्योति उपहार दिएर
कुमारीसँग समिप्यता बडाउँ
कामुक सुर्यको किरण अपहरण गरी
बिहानिमा फूलमतिलाई छुन पुगौँ
मनमायालाई उस्को मुटुले थेग्न नसक्ने
डोकको डोका माया गरौँ
धनमायालाई पूरा सपना खरिद गर्न सक्ने
भविष्यले सु-सज्जित गर्न सकुँ।

यो पागल पन सोच्छ
मान्छे मात्र हैन
मृत्‍यु, जीवन, दिन, रात
घाम, जून केही पनि
मेरो मायाबाट अछुतो नहुन।

बौलाहा सोच आउँछ
फोक्सो भाग लगाएर फूलमाया-धनमायालाई बाडिँदिउँ
मुटु टुक्रा टुक्रा पारी हटियामा लगेर मस्त बिक्री गरौँ
आफुँसग भएको माया निखारेर
दुई चार ट्रक क्षितिजपारी मृग चराउने
मेरा शेर्पा अनी भोटे दाई दिदी को गाउँतिर पठाइ दिउँ
जिउमा रहेको थोरै शक्ती
तराईमा खेती किसानी गर्न नसकेर
भोक-भोकै आलिमा पल्टिरहेका बा’हरु सम्म पठाउँ
म माथिको बादल छ नि त्यस्लाई चिथोरेर
सडक पेटिमा जीवन खोजी रहेका मेरा आफन्त सम्म हुर्याइदिउँ
ता कि उनिहरुले नाङ्गो शरीर ढाक्न सकुन।

ब्यस्त चोकको मध्य भागमा उभिएर
आफुँलाई चोक्टा-चोक्टा बनाएर रहर हुनेहरुलाई बाडौँ
जिन्दगीलाई ज जस्ले चाहन्छन
उनिहरुलाई एक एक सेलो जिन्दगी दिउँ
भेटेजती सबैसगँ नङ्-मासुको जस्तै सम्बन्ध गाँस्न सकुँ
कारण जती जती अरुसँग नजिकिन्छु
त्यस्को दोब्बर तिमी प्रती समर्पित हुन्छु
म तिमीमा बिलिन हुन खोजिरहेको हुन्छु।

उमेश आचार्य
अमेरिका

तपाईको प्रतिक्रिया

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....