राष्ट्रवादी नायक खड्काको पहलमा दृष्टि बिहीनका बच्चालाई आर्थिक सहयोग

प्रकाशित मिति: १७ असार २०७४, शनिबार ०८:४२  

काठमाडौँ । राष्ट्रवादी नायक तथा निर्माता नवल खड्काको पहलमा दृष्टि बिहीन बाबू आमाक नाबालक छोरालाई पढाइ खर्चका निम्ति आर्थिक सहयोग जुटाई सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको छ।
अछाम जिल्ला घर भई हाल भक्तपुर सानोठिमीमा सानो कोठा भाडामा लिएर अगरवाती बेची जिविकोपार्जन गर्दै आईरहेका दुवै दृष्ट्रि बिहिन शुसिल थापा र सुनिता थापाका नावालक छोरा बर्ष पाँचका सक्षम थापालाई पढाउन कठिनाई भएको स्थितिमा खड्काको अनुरोधमा युके निवासी दिपा कठायत क्षेत्रीले एक बर्षको लागी लाग्ने पढाई खर्चको लागी रकम सहयोग गरेकी हुन्।

सक्षम थापा युकेजी मा र उनको बहिनि सिमरन थापा प्ले ग्रुपमा अध्ययन गर्दै छन् । खड्काले सहयोग रकम हस्तान्तरण गर्ने क्रममा समाजसेवी युके निवासी दिपा कठायत क्षेत्रीलाई दृष्टि बिहिन बाबू आमा, बच्चा र आफ्नो तर्फ बाट धन्यबाद दिदै गरिबले पढ्न पाउने अधिकार छ कि छैन छ भने सरकारले यसप्रकारका बच्चाहरुको जिम्मेवारी लिनु पर्यो र थप सहयोगको लागी दाताहरु संघ(संस्था, व्यक्तिलाई अनुरोध समेत गरेका छन्।

सहयोग रकम लिएपछि दृष्टि बिहिन शुसिल थापा र छोरा सक्षम थापा

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....