भन्सारमा भानुकप फुटबल को रौनकता बढ्दै,भानु रंगशालामा दर्शकहरुको ओइरो (तस्वीर सहित )

प्रकाशित मिति: २५ असार २०७४, आईतवार ०८:१८  

तनहुँ (भन्सार) असार २५ गते । गत अषाढ २१ गतेबाट तनहुँको भानु नगरपालिका भन्सामा सुरु भएको राष्ट्रिय खुला नकआउट भानुकप फुटबल प्रतियोगिताको आज पाँचौ दिन सम्म आइपुग्दा खेलको रौनकता बढ्दैछ।

उक्त क्षेत्रमा रहेका विभिन्न फुटबल प्रेमीहरु दैनिक खेल हेर्न आउने दर्शकको संख्यामा भएको उल्लेख्य बृद्दिले अहिले भन्सार बजार फुटबलमय भएको छ । तनहूँ जिल्लामा हुने अन्य प्रतियोगिता भन्दा भानुकप फुटबल प्रतियोगितालाई आम फुटबल प्रेमिहरुले चासोका साथ हेर्ने हुदा भानुकपको छुट्टै महत्व रहेको उक्त क्लवका भु.पु. अध्यक्ष एवं युवाहरुको ढुकढुकी, युवा ब्यक्तित्व बिष्णु अधिकारीले एक्यू खबरलाई बताए ।

तनहूँ, लमजुङ्ग, गोरखा, कास्की, धादिङमा रहेका क्लव अनि फुटबल खेलाडिहरुको एउटै इच्छा हुन्छ एकपटक भानुकप उचाल्ने उनले बताए । यसै गरी भन्सार युवा परिवारका खेलाडि एवं संस्थापक कोषाध्यक्ष पारस थापाले भानुकप भनेको हरेक क्लवको लागि प्रतिष्ठाको लडाइ हो, खेलाडिलाई आफ्नो खेल कौशल देखाउने राम्रो प्ल्याटफर्म रहेको र उक्त खेलमा राष्ट्रिय स्तरका खेलाडिहरुले पनि भाग लिने गरेको बताउदै हरेक खेलाडिको एउटा सपना हुन्छ एकपटक भानुकपू उचाल्ने  थापाले भने ।

२२ टिमको सहभागिता रहेको उक्त  प्रतियोगितामा आज पाचौँ खेलमा तनहुँ  (बारीफाट सेपा वगैचाँ)को पिस हेवन यूवाक्लव र छपेली साँस्कृतिक यूवा  परिवार विच  प्रतिस्पर्धा भईरहेको  क्लवका अध्यक्ष ईश्वर कुमार श्रेष्ठले जानकारी दिएका छन ।

तस्बिर सबै: भन्सार युवा क्लव फेसबुक बाट

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....