सामाजिक कार्यमा अझै सक्रिय हुनको लागि मेरो उमेद्धवारी हो । -सुदर्शन भट्ट

प्रकाशित मिति: २८ असार २०७४, बुधबार २०:२८  

रोजगारीको सिललिमा हरेक युवाहरु जस्तै आफ्नो सुन्दर भविश्य खोज्दै २००६ मा कतार प्रवेश गरेका गोरखा अश्राङका ३४वर्षे सुदर्शन भट्ट कतारको एक कम्पनीमा सेल्स एक्जुकेट्रिभको रुपमा कार्यरत छन् । पढ्दा पढ्दै पारिवारीक जिम्मेवारी काधमा बोकेर २ वर्षको लागि कतार हानिएका भट्ट मनोआकाक्षाहरु बढ्दै गएपछि कतार बसाई छोट्याउने सोच बनाउ“दा बनाउ“दै लम्बेको सुनाउ“छन । कतार बसाई बिट मार्ने सोचको साथ २०१० मा स्वदेशमा नै ब्यवसाय संचालन गर्न गएका उनी , देशको परिस्थितीले धेरै दिन टिक्न दिएन फेरी पुरानै काममा कतार आए ।

कतारमा कामको बाबजुद पनि सामाजिक संस्थामा आवद्ध भट्ट गोरखा सेवा समाज कतारका पूर्व अध्यक्ष र हालका प्रमुख सल्लाहकार समेत हुन । उनकै नेतृत्वमा गोरखा सेवा समाज कतारले २५ लाख बराबरको अक्षयकोष खडा गरेको छ । समाजमा रहेर काम गर्ने क्रममा उनै भट्टको कतार बसाईको अनुभवहरु , कतारको सामाजिक संघसंस्थामा भोगेका अनुभवहरुलाई अझ सक्रिय भएर लाग्नको लागि एनआरएन एनसिसि कतारको २०१७–२०१९ कार्यकालको उपाध्यक्ष्ँ पदको प्रत्यासित उमेद्धवार पनि हुन । उनै भट्टसंग अक्षयकोषको अवधारणको सेरोफेरोमा र एनआरएन एनसिसिको उमेद्धवारको विषयमा राजेश्वर ढकालले गरेको कुराकानी ।

-समाजीक कार्यमा लाग्नु पर्छ भन्ने प्रेरणा कसरी मल्यिो ?
म कतार आएको बेलामा नै कतारमा गोरखा सेवा समाज छ भन्ने थाहा पाए“को थिए तर सहभागि हुन सकेको थिईन । २००८ देखी म संस्थामा साधारण सदस्य बनेर प्रवेश गरेको हु“ । मलाई संस्थामा लाग्नुपर्छ भन्ने प्रेरणा चाहि कतारमै हाम्रै गाउ“को एक जनाको मृत्यु भएपछि गोरखा सेवा समाजको अपिल र मेरो ब्यक्तिगत पहलमा राम्रो रकम मृतको परिवारलँई सहयोग गरेको थिए । हामी पनि प्रवासमा र्छौ भोलीको दिनमा आफुलाई पनि केहि अप्ठ्यारो आईपर्न सक्छ भन्ने भावना पैदा भयो । त्यसपछि बल्ल मलाई समाज चाहिने रैछ भन्ने प्रेरणा जाग्यो अनी म सक्रिय भएर लागेको हु“ ।

-तपाईहरुले संचालन गर्नुभएको अक्षयकोषको बारेमा थोरै बतँई दिनुन ?
गोरखा सेवा समाजले अक्षयकोषको यो योजना गतवर्ष नै ल्याएको हो । तर गोरखा जिल्लालाई नै लक्ष्ति गरि भुकम्प गएपछि हामीले यस कार्यलाई स्थगित गरेका थियौ“ । त्यसको अलवा नेपालमा गोरखा सेवा समाज दर्ता गर्नको लागि केही समय लाग्यो । अहिले भुकम्पले धेरै बालबालिकाहरु अनाथ, असहाय बनेको अवस्था छ । यस्तै बालबच्चाहरुको शैक्षिक कार्य र विकाशमा सहयोग पु¥याउन, प्राकृतिक दैविक प्रकोपबाट क्षतिग्रस्त गोरखा जिल्लाका दयनिय सामाजिक भौतिक संरचनाहरुको पुनः निर्माणमा सहयोग गर्न, सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर उकास्न सहयोग पु¥याउने उद्देश्यले हामीले अक्षयकोष अगाडी सारेका हौ“ । सुरुमा ५ लाखको अवधारणा ल्याएपनि साथीहरुको सक्रियताको कारण हामीले यसलाई १० लाखसम्म पु¥याउने योजना बनाएका थियो तर कतारमा रहेका संघसंस्थाहरु , ब्यवसायी र गोरखाली दाजुभाई तथा दिदीवहिनीहरुको सहयोगले यसलाई २५ लाख सम्म पु¥याउन सफल भयौँ ।

-संकलन रकमले पूर्णता पायो ?
हामीले सम्पूर्ण रकम बैकमा जम्मा गरिसकेका र्छौ । अब दशैको अवसरमा एउट कार्यक्रम आयोजना गरि यसलाई पूर्णता दिने हो । सहयोग दाताहरुले बोल्नुभएको रकम भनेको बेलामा संकलन नहुँदा ढिलो भएको हो । तोकिएको समय भन्दा केही ढिला हुन गएकोमा हामी क्ष्ँमापार्थी पनि र्छौ । हाम्रो मनसाय सबै रकम संकलन होस भन्ने हो । दशै सम्ममा यसले पूर्णता पाउनेमा यहाँहरुलाई अवगत गराउन चाहान्छु ।

-समाजिक संस्थाको लिड गरिराख्नु भएको छ ? कतारको सामाजीक संस्थाहरुको अवस्था कस्तो पाउ“नु भएको छ ?

समग्रमा भन्नु पर्दा कतारमा समाजिक संघसंस्थाहरुले राम्रो भूमीका निभाएका छन जस्तो मेरो बुझाई हो । हप्ताभरी काम गरेर बचेको समयलाई सदुपयो गर्दै कतारमा समस्या परेकाहरुको मात्र नभई आफ्नो गाउ“ ठाउ“को विकाशमा जुट्नु भएको छ । यो निकै प्रसंसनिय कार्य हो जस्तो मलाई लाग्छ ।कतारको समाजीक संघसंस्थाहरुमा अलि सहकार्य कमी चाहि देखेको छु ।

-समाजमा आवद्ध नभएका साथीहरुलाई के भन्न चाहानुहुन्छ ?

हामी विदेशमा र्छौ । विदेशमा बस्दा अनेकौ अप्ठ्याराहरु आउन सक्छन । आफुलाई दुख पर्दा मात्र समाजमा आउने धेरै साथीहरु देखेको छु । त्यसैले समय मिले सम्म समाजमा आवद्ध हुनको लागि आग्रह गर्दछु । समाजमा आएपछि नया“ केही कुराहरु जान्न सकिन्छ ,साथीभँई भेटघाट हुन्छ ।

-एनआरएन एनसिसि कतारको २०१७–२०१९ कार्यकालको लागि उमेद्धवारी पनि हुनुहुन्छ ? के छ भिजन ?
हजुर, मैले अहिलेको एनसिसि कतारको कार्यकालको लागि उपाध्यक्ष्ँ पदको लागि उमेद्धवारी दिने सोच बनाएको छु । विगतमा गोरखा सेवा समाजमा रहेर समाजिक कार्यमा सक्रिय हुँदा सिकेको सिप र अनुभवलाई सदुपयोग गर्दै अझ सक्रिय भएर काम गर्ने उद्धेश्य हो । म संग केही भिजनहरु छन , त्यो केही समय पछि म आफ्नो उमेद्धवारी धोषणा संगै सार्वजनिक गर्ने छु । गर्न सक्ने भिजन सहित यहाँहरु माझ सार्वजनिक हुने छु ।

-तपाईको ब्यक्तिगत जीवन तिर फर्कौ“ , कतार बसाईमा के कति उपलब्धिहरु भए ?
कतार बसाईको उपलब्धि भनेको अािर्थक पक्ष महत्वपूर्ण पाटो हो । आफु विदेशा बसेर परिवारलाई खुशी राख्न सकेको छु । दुई छोरालाई उचित शिक्षा दिन पाए“को छु । यसको अलवा समाजिक कार्यमा लागेर साथीभाईहरु कमाएको छु । समग्रमा भन्नु पर्दा कतारबसाईबाट सन्तुष्ट छु ।

-कतार बसाई कति लम्वाउने विचार छ ?
कतार प्रवेश गर्दा स्वदेशमा भएका केही ऋण तिरेर स्वदेशमै केही ब्यवसाय गर्नुपर्ला भन्ने सोच थियो । तर त्यस्तो भएन दुईचार वर्ष भन्दा भन्दै १० वसन्त पारगरिसकियो । जति बस्यो उति मनोकाक्षाहरु बढ्दै जान्छन । अब त छोट्यनुपर्ला । विदेश बसाई एउटा दलदल नै रैछ ।

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....