कलाले प्रेमलाई कोशेली दर दिएपछि….।

प्रकाशित मिति: १ श्रावण २०७४, आईतवार २०:५३  

एनक्यूखबर ,दोहा- पछिल्लो समय संगीत क्षेत्रमा तिब्ररुपमा देखिएको विकाससंगै कलाकारहरु बिचपनी उत्तीकै प्रतिस्पर्धा हुनेगरेको छ ।

नेपाली गित-संगीतको बजार बिस्तारै व्यावसाययि मुलक ढंगले अघिबढे जस्तो देखीयतापनी प्रयाप्त रूपमा देसदेखी बिदेससम्म ब्यापकरुपमा प्रचार-प्रसारको अभावले धेरै स्तरीय गितहरु अझै ओझेलमा परेका छ्नभने संगै कैयौं कलाकारहरु मर्कामा परेको कुरा साँचो हो । बिगतको तुलनामा बर्तवान परिवेशमा अडियो गीतको व्यापार घटेपछि अहिले संगीतकर्मीहरु गीतको म्यूजिक भिडियो निर्माणमा अलि बढी केन्द्रीत भएको देखिन्छ ।

संख्यात्मक भन्दापनी गुणआत्मक तथा स्तरीय गित-संगीतले मात्रै दर्शक-स्रोताको मनछुने हुदा कलाकारहरु पैलेभन्दा कडा मेहनतका साथ यो क्षेत्रमा लागीपरेका छन । नेपाली संगितीक फाँटमा बिगत लामो समयदेखि त्याग,तपस्यामा लिनहुदै नेपाली संगीतिक धरातलाई मजबुद बनाउनमा ओहोरात्र तल्लीनहुने ब्याक्तीको नाउँ हो “प्रेम प्रसाद भटराई” संगीतको अत्यन्तै उर्वर क्षेत्र खोटाङ जिल्लामा जन्मनुभएका प्रेम बाल्यकाल देखीनै गित-संगीतलाइ अति प्रेम गर्नुहुन्थ्यो ।

गित-संगीतप्रती गहिरो अभिरुचि राख्ने भटराइले केही बर्षयता कतारलाई आफ्नो कर्मभुमी बनाउदै आफ्नो दर्सक-स्रोतामाँझ निरन्तर गित-संगीत पस्कदै आइरहनुभएको छ । उहाले आजको दिनसम्म आइपुग्दा दर्जनौं गीति एल्बम र गजल एल्बम बजारमा ल्याइसक्नुभएको छ । आफ्नो छोरा प्रतीक र छोरी कृपा को नाउँबाट एल्बमको नाउँ जुराउनुभएका प्रेमका दर्जनौं गितहरु लोकप्रिय छन ती मध्यमा, राजेश पायल राइले गाएको दिक्तेल बजारमा, रबिन राइको स्वरमा ज्यानै जाने भोको मायाँलाई धनमा दाज्ने धेरै पाइयो  र फुल बन्छु कसम प्रिय भन्ने जस्ता गितहरु चर्चीत छन ।

यसै क्रममा निकट भबिस्यमै बाल गितिएल्बम समेत निकाल्ने सोचमा रहेको कुरा भटराई बताउनुहुन्छ । बर्तवान परिप्रेक्ष्यमा अडियो भन्दा बेशी म्यूजिक भिडियो रुचाइएको कारण म्युजिक भिडियो अनिवार्य जस्तै भएको छ । प्रतिस्पर्धाको संगीत बजारमा स्तरीय म्युजिक भिडियो तयार गर्नको निम्ती कलाकर्मीहरु कठिन साधानामा लागीपरेको पाइन्छ।

दिनहुँ जसो निस्कने गीतहरु र प्रतिस्पर्धात्मक बाटोमा बाजी मार्न निकै गाह्रो भएको कुरा प्राय संगीतकर्मी बताउछन् । अब गीतका शब्दहरू मात्र राम्रो भएर हुदैन, म्युजिक भिडियो पनि उत्तीकै स्तरीय र सुहाउदो बन्नुपर्छ, अर्थात शब्द,संगीत र स्वरको बेजोड तालमेलबाट मात्र एउटा स्तरीय गित बन्छ र त्यस्ता गितहरुले मात्र बाजी मार्नसक्ने अधिकाम्स कलाकारहरु बताउउने गरेका छ्न ।

त्यसोत म्युजिक भिडियोको माग बजारमा अलि बेसिनै देखिन थालेपछि नाम अनि दाम कमाउने आसामा यस क्षेत्रमा आफ्ना पाईला पदारपण गराउन चाहनेहरुको लर्को अनगिन्ती देख्न पाइन्छ । आजको प्रतिस्पर्धात्मक बजारमा कती कलाकारहरु साउने भेल जस्तै क्षणभरमै बिलिन भएकाछ्न त कती सदबहार हिमनदी जस्तै अटल बगिरहेका छ्न, जो बाह्रैमास सदाबाहर पलाँस र पारीजात जस्तै फुलीरहेका छ्न ति लाखौं दर्शक -स्रोताको मनमुटुमा बसिरहेका छन ।

यसै क्रम्मा नजिकिदै गरेको नेपाली हिन्दु नारीहरुको माहान एबं पबित्र पर्व तिजको अबसर पारेर सर्जक,साहित्यकार प्रेम प्रसाद भटराईले अाफ्नै शब्द-संगीत र जिबनसंगिनी कलादेबी भटराइको स्वरमा नयाँ तिजको कोशेली “दर खाईन्छ” नाउँको एल्बम बजारमा सार्वजनिक गरेका छन ।

लोक संगीतको बजारमा भर्खरै प्रवेश गरेकी कलादेबीले अाफ्नै पति सर्जक तथा साहित्यकार प्रेम प्रसाद भट्टराईसंग मिलेर उक्त गीत बजारमा सार्वजनिक गरेकी हुन ।
काठमान्डौको बसुन्धारा स्थित एक पार्टी प्यालेसमा छायाङ्कन गरिएको उक्त म्यूजिक भिडियोमा स्वानिका बास्तोलाले अभिनय गरेकीछीन भनें उक्त म्यूजिक भिडीयोलाई ग्रेस रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको हो ।
चर्चित निर्देशक शिब विक द्दुवरा निर्देशित यो म्यूजिक
भिडियोको छायाङ्कन भने शम्भु चालीसेले गरेका छन ।

समाजमा बढेका बिकृती-बिसंगतीको विरुद्धमा संगठित अावज उठाउनको साथ-साथै अाफ्नो गच्छेनुसार तिज पर्व मनाउनु पर्दछ अर्थात घाँटी हेरी हाड निल्नुपर्छ भन्ने संन्देस संचार गराउनको खातीर पनी यसखाले गितलाई समेटिएको कलाकार भटाराईका दम्पती बताउनुहुन्छ ।

हाँमीसंगको कुराकानीमा गाइका कलादेबिले उक्त गितलाई सुनेर सुझाब /सल्लाह तथा आफ्नो मनमा उठेका प्रस्न राख्न दर्सकलाई विशेष अनुरोध गर्दै, आफुसंग जेछ जस्तोछ त्यसमै रमाउदै र रमाउन प्रेरीतगर्दै तिज मनाउन अाग्राह समेत गर्नुभयो भने सर्जक प्रेमले फजुलामा खर्च गर्नु हुदैन,,चाडवाड कसैलाई देखाउनको लागि नभै आफ्नो संसकृती-परम्परा र मूल्य-मान्यतालाइ सदा जिवित रख्ने हेतुले मानाउनुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले आफ्नो बिचार र धारणलाई गीत मार्फत उतारेको बताउदै उक्त म्यूजिक भिडियो हेरर,सुनेर अाम दर्शक स्रोतालाई सुझाब सल्लाह दिन आग्र गर्नुभयो भने सदा जस्तै दर्सक-स्रोताको न्याँनो मायाँ र साथ पाउने बिस्वस राखेको बताउनु भयो । उहाँले अाफ्नै माटो र समाजमा सुहाउदो म्युजिक भिडियो हेर्न / सुन्न अाग्रह गर्दै समाजमा भएका बिकृति विसंगतिलाई निर्मुल पार्न समस्त कलाप्रेमी एबं साहित्य प्रेमीहरुमा यकरुपता आउनुपर्ने बताउनुभयो ।

बाँकी भिडियोमा हेर्न सक्नुहुनेछ
“दर खाईन्छ”……

 

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....