मरुभुमी देखि पेरिस डाडा फर्केर हेरिरहेका युवाहरु

प्रकाशित मिति: ८ श्रावण २०७४, आईतवार ०४:०९  

प्रेम लामा -जनयुद्धको जनयोद्धाहरु निरन्तर युद्धको मैदानमा खटेर बांकी रहेको नाफाको जिन्दगी बिशाल खाडिमुलुकको घना मरुभुमिहरुमा लडिरहेका छन फरक यति हो ,हिजो गणतन्त्र स्थापनार्थ लडेका थियो आज देशलाई आर्थिक संवृद्धिको निम्ति लडिरहेको यथार्थता हामी सबैलाइ सर्बबिधित नै छ ।

उदाउन लागेको कलिलो घामको किरण संग संगै आँखा मिच्दै बासि भातले धानिएको हामी श्रमिकहरुको शरिरहरु आगोको भुङ्रोमा ज्युउदै हाले जस्तो तापक्रममा श्रम बेचिरहेको तितो यथार्थता सबै देश संचालक र दलका नेताहरु जानकार नै छन ।

विभिन्न मिडियामा प्रचार गरिरहेको सत्यकुरा के हो भने अरबमुलुकमा कार्यरत नेपालिहरुले पठाएका रेमिटेन्सहरुले नै देशको अर्थतन्त्र धानेको कुरा बाहिर आएका छन र यो ध्रुब सत्य हो ।किनकी सरकारमा आसिन सबै दलहरुले स्विकारी सकेको हामी सामु सर्बबिधित नै छ तर त्यही मिडिया र सरकारमा आसिन ठुला दलहरुले आर्थिक उपार्जनमा खेलेको युवाहरुको भुमिकाहरुलाइ कति निर्लज्जित ढंगबाट युवाहरु बिदेश पलायन शब्द प्रयोग गरिरहेका छन । यो आफ्नै राज्यबाट यति सम्म अपमानित शब्द प्रयोग गर्दा युवाहरू कार्यरत क्षेत्रका देशका सरकारले हेर्ने दृष्टिकोण के रहला ? राज्यले हरियो पासपोर्ट दिने अनि बिदेश पलायन भन्ने यो कहाँ सम्मको निर्लज्जता हो ? यसमा हामी सम्पुर्ण युवाहरुले घोर आपति ब्यक्त गर्दछौ । हामी बिदेश पलायन भएका हैनौ ,भन्नलाई त पारिवारको आर्थिक स्तर वृद्धि गर्न भनेर भने ता पनि मुल कुराको चुरो देशको आर्थिक स्थितीलाई सुधार गर्न नै हो भन्ने कुरा आम श्रमिकहरुले बुझ्नु पर्दछ ।

हामी परिबर्तनको निम्ति लागि परेका र प्रगतिशिल बिचार बोकेर हिडेका युवाहरु राजनैतीक रुपमा अलग बस्न सकेनौ ।निधारमा बगेका पसिना पुच्छदै सम्झिरहेका छौ ,चुनुवाङ बैठक कानमा गुन्जिरहेको छ काभ्रे कामिडाडा झजल्को आउँछ खरिबोट , पालुनटार हेटौडा माहाधिनेशन र बिराटनगर सम्मेलनले पारित गरेका नीति तथा निर्णयहरु विशेष गरि हेटौडा माहाधिबेशनले पारित गरेको एजेन्डा र निर्णयहरु कार्यन्वयनको तहमा लगेको भए आज पाटिले सायद यो गति प्राप्त गर्दैन थियो होला र यदि त्यो कार्यन्वयनमा गएको भय हामि जस्ता युवाबर्गहरु लाई पलाएन भएको तुच्छ शब्द प्रयोग गरिरहेका हुदैन थियो होला ।

युद्धको मोर्चामा होमिदा हामिले कल्पना गरेका थियनौ ।कि देश गणतन्त्रमा प्रस्थान गरे पछि हामीले ५० डिग्रीको घाम ताप्नु पर्छ भनेर कसैले सपना नदेखेका र नभोगेका कुरा हुन हुन त हामी त्यही खालको बैचारिक र शैद्धान्तिक बिचार बाट लैस जीवन गुजारेका नाफाको जिन्दगी श्रम गर्न सङ्ग हाम्रो आपती पनि हैन । हामी हिजो बालुवा चाल्दा चाल्दै , भारी बोक्दा बोक्दै , ज्याला मजदुर र किसान गर्दा गर्दै अनि गाडिको स्टेरिङ घुमाउदा घुमाउदै ग्रीनेड देखि बम बारुद अनि आधुनिक राइफलहरु खेलाउदै ज्यानको बाजि लगाउदै युद्धको मोर्चामा मलाइ किन पछाडी पारेको भन्दै को यो मोर्चा बन्दी युद्धमा सबै भन्दा पहिले सहिद हुने भन्दै अग्र स्थानमा लडाइ लड्दै आएको यो भौतिक शरिरलाइ 50-55 डिग्रीको घाम त सामान्य हुने नै भयो । हामी प्रतिस्पर्धात्मक संसदिय प्रजातान्त्रिक गणतन्त्रको ढोका भित्र छिरेर त्यहा जबर्जस्ती रुपमा आफ्नो एजेण्डा लागू गर्न पाटी संघर्षरत छन भन्ने सामान्य ज्ञान सामान्य पार्टिको कार्यकर्ता भएको हैसिएतले जानकार नै छु ।तर देशमा भएको राजनितिक संकटका कारणले नेपाली युवाहरु दिनप्रतिदिन बिदेशिनु अनि दैनिकी युवाहरु बाकसमा नेपाल फर्किनु पर्ने बाध्यताको अन्त्य देशमा नै रोजगारी सिर्जना गर्ने ढङ्गले एक मत पार्टी कहिले देखि लाग्ला भन्दै हामी युवाहरु पसिनाको धारा सोर्दै पेरिसडाडा तिर फर्केर हेरिरहेका हुन्छौ ।

हाल: दोहा कतार

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....