धर्म निरपेक्ष देशमा गाइको मासु खादा जेल सजााय किन?

प्रकाशित मिति: १० श्रावण २०७४, मंगलवार ०४:०७  

प्रेम लामा – यति बेला चर्किएका छन नेपाली जनता र समाजमा बहसको बिषय , राष्ट्रिय जनावर गाइको सन्दर्भमा बहस जो चर्किएको छ यसले सकारात्मक दिशा तिर समाज जादैन । सर्बप्रथम त हामी मांशहारी भएर जन्मिएको हैन । हामी नौ महिना सम्म आमाको कोखमा बसेर यस धर्तिमा आएका छौ । यस धर्तिको पाहुना बनेर र जन्मे पछि मृत्युलाई स्विकार गर्दै, रुदै रुदै जन्मियर हास्दै र हसाउदै जानू पर्ने हामी मानव जातिको कर्तब्य हो ।

जब हामी मानबहरु समाजमा हुर्कन्छौ र सामाजीक चरित्र अनि आ आफ्नो धर्म सास्कृती र परम्परामा रमाउने गर्दछौ ।हाम्रो नेपाली समाज घना बन जंगलको रुखहरुमा चौतर्फी लहराको झ्याङले झेलिएको रुखो रुख जस्तै छ । कुन लहराले कहाँ झेल्यो र कहाँ फुकाउदा सहज हुन्छ बुझ्नै नसकिदों तरिकाले झेलिएको समाज हो भन्दा अनुपयुक्त नहोला । सदियौ देखि निरन्तर रुपमा लादिएको धर्म यस्तै लहरा बनेर अल्झिरहेको छ ।संसद पुर्स्थापना र संसदको पुनर्बहालीको प्रथम दिनमा जेष्ठ नागरिक कुल बहादुर गुरुङको सभापतित्व गरी पुनर्बहालिकै दिन नेपाल सघियता ,गणतन्त्र र धर्मनिर्पेक्षमा प्रबेश गर्नेछ भन्दा संसद भवन बाहिर दुई हातले ताली जनताले रोडमा बजायो र संसदिय दलका नेताहरुले एउटा हातले टेबुल बजाएका रेकर्डहरु हामी सामु बिधमान छ र आखामा ती बजाएका तालिहरु नाचिरहेका छन र कानमा आवाजहरु गुन्जिरहेको छ ।

म अन्यत्र नमोडी धर्मनिरपेक्षको बारेमा आफुलाइ लागेको जिज्ञासा यहाहरु समक्ष प्रस्तुत गर्न चाहान्छु । बिगत लामो समय सम्म हिन्दु धर्म राष्ट्रले जकडिएको नेपाली समाज अहिले सम्म त्यसैको धङधङीले छोडिएको छैन ।

बिदेशिएका हिन्दु युवाहरुले गाई पिताको मासु खाएको हो कि गाई माताको ?

गाईलाई मारेर सिङ्गै झुन्डिएको देशमा कार्यरत हाम्रा नेपालका हिन्दुबादी सस्कार मान्ने दाजुभाइ कार्यरत छन । त्यही बाट खसिको मासु हुन्छ र त्यही चक्कुले काटेका हुन्छन र कतिपयले जानी जानी खाएका पनि छन ।अधिकांश अहिलेको युवाहरुले खाने गर्दछ जानी या नजानी यती बेला हिन्दु धर्म मानेका युवाबर्गहरुले खाएको छ्न यतिबेला यसलाइ म के अर्थमा लिन्छु भने पहिला पहिला जनजातिहरुले रक्सी खादा , मुख मिठाउदै त्यही ढल्ने गरि पिउने गर्थ्यो अहिले जनजातिले गाई , गोरुको मासु खादा हिन्दुधर्मालम्बी युवाहरु मुख मिठ्याउने छन र पछि पछि खाने छन यो बिश्वास गर्न सकिन्छ । सुँगुरको मासु चल्दैन थियो चलाउदै छन साथिहरुलाइ जिस्काउछु चल्छ र ?? भन्दै हातले चल्दैन चम्चा र सिन्कोले चल्छ नि भन्दै ख्याल ठट्टा गर्दै चलाएकै देखिन्छ ।अनि बिदेशमा बिफको मासु चाहिँ गाइमाता कि गाइपिताको खाएका होलान ?

स्वतन्त्र पत्रकार उजिर मगर र माओवादी आन्दोलनको बेलामा खाएको गाइ माता र गाई पिताको मासु बारे ,

पत्रकार उजिर मगरले जनयुद्धको बेला थुप्रै मोर्चाको आन्दोलनमा गाई को मासु खाएको उल्लेख गरेका छन ।माओबादी आन्दोलनको बेलामा जनजाती बस्ती बस्तिमा गएर माओबादी नेताहरु , गाई काटेर मासुको तिर्सना मेटेका थुप्रै थुप्रै घटनाहरु पनि हामी सामु छन ।
अहिले ती नेताहरु नै सरकारको प्रतिनिधित्व गरेका छन तर अहिले धर्म निरपेक्ष संबिधानमा लेखेर खान मिल्ने जातिले खादा जेलमा कोच्ने,यो कस्तो खालको धर्म निरपेक्ष कानुन लेखेको कोरा कागजमा मात्रै सिमित ?

खास ,के हो त धर्म निरपेक्ष भनेको र कसले उठान गर्यो यो आन्दोलन ?

नेपाल बहुजाती,बहुधर्म र बहुसास्कृती तथा जनजातीको देश हो । हाम्रो देश नेपाल राजनितिले चलेको देश हो, धार्मिक कानुनले चलेको देश हैन । यदि धर्मले चल्ने देश हो भने सिङ्गो देशको जनताले धर्म एउटै मानेको हुनुपर्थ्यो ।तर हाम्रो देश कुनै धर्मालम्बिहरुको बाहुल्यता भएको देश हैन । सम्पुर्ण बिबिधतामा रहेको धर्मालम्बिहरुलाइ समान अधिकार दिनको निम्ति धर्म निरपेक्ष भनेर सबिधानमा उल्लेख गरे कागजमा मात्रै सिमित भयो यसको ज्वलन्त उदाहरण गाई काटेर खाएको निहुमा जेल सजाय तोकिएको छ यसलाइ हिन्दु अतिवाद नभनी के भन्ने ? र बहु धर्मालम्बिहरुको देश भएको हुनाले अब देशलाइ धर्म निरपेक्ष देश घोषणा गरेको हो भनेर संविधानको पानामा उल्लेख गरेको छ । यसको उठान तात्कालिन ने क पा माओबादीले गर्यो अहिले तात्कालिन ने क पा माओबादी बिघटन गरि माओबादी केन्द्र भएकोले होला सायद गाइको मासु खान हुने जाती र समुदायले काटेर खादा जेल सजाए भोग्नु परेको भन्ने मलाइ लागेको छ ।आन्दोलन त्यति बेला उठान गर्यो नेकपा माओबादिले अहिले ने क पा माओबादी ले जुनि फेरेर माओबादी केन्द्र भएको छ ।सरकारमा माओबादी केन्द्रको प्रतिनिधित्व छ तर भ्रममा नपर्नु होला कोहि जनताहरु धर्म निरपेक्ष हुनुपर्छ भन्ने पाटी अहिले परिबर्तन भएर माओबादी केन्द्र बनेको छ ।धर्मनिरपेक्ष आन्दोलन र हिन्दु अतिवाद बाट वच्न फेरि धार्मिक आन्दोलन को आबस्यकता र औचित्य छ ।

गाइको मासु खाने देशमा पाप लागेको छैन त ?

गाइको मासु खाने देशमा पाप लाग्नु पर्ने खै त लागेको पाप झन ती देशका नागरिक बलिया छन र ती देश सम्पन्न पनि छन । धेरै टाढा नजाउ चीनका जनता हेरौ उनिहरु बलिया फुर्तिला छन अनि जे काममा नि गर्न सक्छन हाम्रा देशका गाइमाता भनेर पुजा गर्ने अनि पाप लाग्छ मासु खान हुन्न भनेर खाने जातिलाइ जेलमा कोच्ने हिन्दु अतिबादी मित्रहरु मर्नलागेका अनि काममा अल्छी आफुले गर्न सक्ने काम हेपेर पेलेर काम गर्नको अल्छिले गाई गोरुको मासु खाने जातिलाइ काम लगाउदै आफू बिहान बेलुका राम नाम जप्दै ढुङ्गाको मुर्तीलाई पुजा गर्दै अझै ढुङ्गामा निधार ठोक्दै बसि रहन्छन हरेराम नाम जप्दै । यदि पाप लाग्ने भए मुस्लिम धर्मावलम्बीलाई लाग्नु पर्ने खै लागेको ? त्यसैले यो देश धर्म निरपेक्ष देश बनाऔ मन लाग्छ खानुस मन लाग्दैन खानेलाइ गाई माताको कानुन लगाएर जेलमा पठाउने कानुन तोड्न फेरि अर्को युद्ध ननिम्ताउदा उचित होला । जय धर्मनिरपेक्ष

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....