गजल-बिन्दा लामा “तृष्णा”

प्रकाशित मिति: १५ चैत्र २०७३, मंगलवार २२:१४  

बिकास देशमा आउँदैन हड्ताल आइरहन्छ।
राँको बोक्दै चोकचोकमा मसाल आइरहन्छ।

चुनाव पछि चारचार बर्ष फर्कदैन नेता ज्यु
फर्कीएर हल्लाउन त भुइचाल आइरहन्छ।

केही गर्न सोच्छु केही अघि बढ्न खोज्छु
तगारा लाई नाघ्छु फेरि पर्खाल आइरहन्छ।

बर्सौँ भयो परेवाका जोडि हरू उड्दैनन
मुर्दावाद र जिन्दावादको बगाल आइरहन्छ।

सरकारले त फेरि अर्को बुद्ध आउँछ भन्थे
दलान डिलमा रगतको आहाल आइरहन्छ।।

बिन्दा लामा “तृष्णा”
तिनकन्या “६”सिन्धुली

तपाईको प्रतिक्रिया

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....