अन्तर्राष्ट्रिय युवा दिवसको अवशरमा रक्तदान कार्यक्रम

प्रकाशित मिति: २७ श्रावण २०७४, शुक्रबार १२:३८  

नेपालगन्ज/नेपालगन्जमा १७ औं अन्तर्राष्ट्रिय  युवा दिवसको पूर्व सन्ध्यामा शुक्रवार रक्तदान कार्यक्रमको आयोजना गरियो ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा जिल्ला युवा समिति बाके, राइजिङ्ग आइडल्स बाके र जिल्ला युवा क्लब सञ्जालको संयुक्त आयोजनामा नेपाल रेडक्रस सोसाइटी बा“के शाखाद्वारा सञ्चालित क्षेत्रीय रक्त संचार सेवा केन्द्रको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरियो ।
जिल्ला युवा समिति बाकेका कार्यालय प्रमुख राम सुरेश यादव १ पिन्ट रगत दिएर रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
यसरी रक्तदान गर्नेहरुमा हरि प्रसाद चौहान, धु्रुव सिंह लोनिया, बसन्तलाल चौधरी, अनुज वर्मा, राम श्रेष्ठ, साजन सहानी, मोतीलाल थारु, बलीराम थारु, राजेशकुमार चौधरी, दिपकराम वर्मा, सीताराम थारु, राजेन्द्र चन्द, रबिस वर्मा, गोपी प्रसाद मौर्या, जवाहिरलाल वर्मा, श्रीमती हस्त पुन, सन्त कुमार थारु, ओम प्रकाश थारु, रघुनाथ थारु, जितेन्द्र थारु, रहमतअली बागवान, राम सागर थारु, ओम प्रकाश चौधरी, बुद्धिराम बुढामगर,जयोति प्रकाश ओली, दिलिप हरिजन, रबिन्द्र कार्की, सूरज आलेमगर, मुबारक तेली, प्रदीप उपाध्याय, लोक बहादुर परियार, चित्र प्रसाद चौधरी, अब्दुल जब्बार, गोमती प्रसाद वर्मा, हर्क बहादुर नेपाली, कुष्ण बहादुर बोहरा लगायत ४० जनाले रक्तदान गर्नु भएको थियो ।
रक्तदान कार्यक्रममा रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सुनिता कुमई, सुनिल रत्गैइया, निरज कुव“र, रबिन्द्र मिश्र लगायतले प्राबिधिकमा सहयोग गर्नुभएको थियो । रक्तदाताहरुलाई जिल्ला युवा समिति बा“केका प्रमुख राम सुरेश यादव र क्षेत्रीय रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले प्रमाण पत्र बितरण गर्नु भएको थियो ।
प्लान इन्टरनेशनल नेपालले रक्तदाताहरुका लागी टी शर्टको ब्यवस्था गरेको जिल्ला युवा क्लब सञ्जाल बा“केका सचिव राजन वर्माले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....