एनआरएनए कतारको महिला संयोजकमा गुरुङ्ग सर्वसम्मत

प्रकाशित मिति: ३१ श्रावण २०७४, मंगलवार ०६:५८  

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता गुरुङ्ग सर्वसम्मत निर्वाचित भएकी छन । आगामी सेप्टेम्बरमा एनआरएनए कतारको सातौ महाधिवेशन हुदैछ ।
विगत लामो समयदेखी कतारमा बस्दै आएकी सरिता गुरुङ्गले गत साता आफ्नो उम्मेदवारी दिएकी थिईन् । दोहाको नज्मा स्थित एक रेष्टुरेन्टमा आयोजीत एनआरएनए कतारको उम्मेदवारी दर्ता प्रक्रिया उनले महिला संयोजकका लागी मनोनय दर्ता गराएकी थिईन । एनआरएनए कतारको महिला संयोजकमा उनको मात्रै उम्मेदवारी दर्ता भएको थियो ।
महिला संयोजकमा सर्वसम्मत भएपछी उनले भनिन्‘खाडी मुलुकमा रहेका महिलाहरुको समस्याका बारेमा संस्थागत रुपमा आवाज उठाउने छु । खाडीका समस्याहरुलाई समाधानका लागी मेरो उम्मेदवारी हो ।’ कतारमा श्रीमानसँगै व्यवसाय गर्दै आएकी उनले नेपाली महिला कामदारहरुका अवसर र चुनौतीहरुको बारेमा संस्थागत आवाज उठाउने बताईन । रोजगारीका लागी सन् २००५ मा कतार आएकी उनले कतारको हस्पिटलमा बिएन नर्सको काम गरेकी थिईन । स्वास्थ्य क्षेत्रमा आफ्नो शैक्षिक योग्यता र कार्य अनुभवबारे बताउदै उनले भनिन् ‘कतारमा कैयौ नेपालीहरु अशिक्षा र चेतनाका अभावका कारण समस्यामा पर्ने गरेका छन । ठुलो सपना बुनेर खाडी छिर्ने नेपालीहरुको सपना साकार पार्न स्वास्थ्य सम्बन्धी ज्ञान र जनचेतनाका लागी यो कार्यकालमा मेरो पहल रहनेछ। कोही नेपालीहरु पनी अकालमा ज्यान गुमाउन नपरोस ।’
प्रवासमा बस्दै गर्दा मातृभुमीको माया र सामाजिक काममा अघाडी बढ्ने उद्धेश्यका साथ आफु एनआरएनमा आउन चाँहेको बताईन । ‘प्रवासमा छौ हामी एकजुट भएर अघाडी बढ्यौ भने हरेक कामहरु सहज हुनेछन’, उनले भनिन् ‘खाडी मुलुकका अवसरहरुलाई हामी नेपालीहरुले उपयोग गर्न सक्नुपर्छ । यहाँका देखीएका केही समस्याहरुलाई पुर्ण रुपमा समाधान गर्ने हो भने कतारमा महिलाहरुका लागी सुरक्षित रोजगारीको गन्तव्य देश बन्न सक्छ।’ कतारमा नेपाली महिलाहरुको अवस्था बारे उनले जानकारी दिईन ।
एनआरएनए कतारको आगामी कार्यकालका लागी ८६ जनाले प्रतिष्पर्धा गर्ने भएका छन । जसमा ११ जना निर्विरोध निर्वाचित भएका हुन । एनआरएनए कतार २०१७–२०१९ का लागी २ हजार २ सय ९८ परिषद सदस्यहरु सभागी हुनेछन ।

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....