साइप्रसमा नेपाली युवतीको मृत्यु

प्रकाशित मिति: ३२ श्रावण २०७४, बुधबार १८:१४  

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप जिल्ला टोकरपुर ८ कि २२ वर्षीय यमुना खपांगी मगर हुन् । गत आइतबार साँझ बेहोस अवस्थामा तैरिएको पाइए पनि अस्पताल पुर्याउदा ज्यान गइ सकेको फमगुस्ता जेनेरल अस्पतालले जनाएको छ । पानीमा डुब्नाले मृत्यु भएको पोस्ट मार्टम प्याथलोजिस्ट इलानी एन्टोनियोले बताएको  साइप्रसमेल अनलाइनले लेखेको छ ।

विगत १६ महिना देखि लिमासोलमा कार्यरत मगर आफ्नो मालिकहरु संग बिदा मनाउन परलिम्नी कप्परिस क्षेत्रमा रहेको घरमा  गएकि उनि सो दिन  मालिकहरु संग समुन्द्र नगई घर मै बसेकी थिइन् ।

मालिकहरु समुन्द्र किनार घुमेर साँझ अबेर घर फर्किदा उनीलाई नभेटे पछी खोजी  गर्दा स्विमिंग पुलमा पाइएको थियो । “मृतकको शव  नेपाल पठाउन कन्सुलेट  मार्फत  स्थानीय निकाय संग आवश्क पहल गरिरहेकाछौ, इन्सोरेस कम्पनिले पूर्ण सहयोग गरिरहेको छ र मालिक संग पनि क्षतिपूर्तिको लागी कुरा उठाएको  छौ  ” एनआरएनए साइप्रसका अध्यक्ष सुभासमल्ल भने ।

साइप्रसका लागि कन्सुलेट  र इजाराइल स्थित नेपाली दुतावास समन्वय गरि मृतकको परिवारलाई  नेपालमा  क्षतिपूर्ति उपलब्ध गराउन पनि पहल गरिरहेको अध्यक्ष सुभास मल्लले जानकारी दिनु भयो

 

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....