लैङगिक हिंसा अन्त्यका लागि जुटौं, कोही नछुटौं

प्रकाशित मिति: १२ भाद्र २०७४, सोमबार २०:३२  

मंसिर १३ बागलुङ ।

लैङगिक हिंसा अन्त्यका लागि जुटौं, कोही नछुटौं भन्ने मुल नाराको साथमा लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरेर मनाईने भएको छ ।  हरेक बर्ष २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म सञ्चालन गरिने अभियान अन्तर्गत लैङगिक हिंसा विरुद्ध अन्तरक्र्रिया एवं खाद्यन्न सामाग्री प्रदान गर्ने बताइएको छ । महिला तथा बालबालिका कार्यालय बागलुङको आयोजनामामंगलबार विभिन्न राजनीतिक दलका महिला, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि एवं पत्रकारहरु संग गरिएको छलफलमा अभियानमा प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनले बाधा पु¥याएपनि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने महिला विकास अधिकृत डिलकुमारी शर्माले जानकारी दिनुभयो ।

छलफल पछि यही मंसिर १९ गते  कार्यालय प्रमुख, महिला अधिकारकर्मी तथा राजनैतिक दलका प्रतिनिधिहरु बीच अन्तरक्र्रिया र २० गते मानव सेवा आश्रम र निरयघाटमा रहेको बृद्धाश्रमलाई खाद्यन्न सामाग्री हस्तान्तरण गर्ने बताइएको छ । लैङगिक हिंसालाई पनि सामाजिक हिंसाका रुपमा लिएर सामाजिक परिपाटी विरोधी कार्यक्रमलाई पनि संगै लैजानुपर्ने सहभागीको भनाई थियो । लैङगिक हिंसाबाट महिला मात्रै नभई पुरुषहरु पनि हिंसामा पर्ने भएकाले सबैलाई एक साथ लिएर अगाडी बढ्नुपर्ने बताएका थिए । दु्रत न्यायप्रणाली, सुरक्षा संयन्त्रको विकास र विस्तार नहुँदा पिडितलाई न्याय र पिडकलाई सजाय हुने अवस्था अझै पनि सिर्जना हुन नसकेको पनि देखिन्छ । हिंसा पिडितको संरक्षा र सुरक्षाको भरपर्दो व्यवस्था र पिडकलाई कडा कारबाही हुने व्यवस्था राज्यले गर्न नसक्दा कतिपय महिलाहरु हिंसा सहन बाध्य भएका छन् ।

हिंसाका घटनामा दण्डहीनताको अन्त्य गर्न कानून कडाईका साथ लागू गर्ने, बलात्कार सम्बन्धि कानूनको पूनरावलोकन, निशुल्क कानूनी सहायता र विशेष सेवा प्रदान गरेर महिला र बालिकाहरुको न्यायमा पहुँच बढाउने कुरा सुनिश्चित गर्न अधिकारकर्मीले माग गरेका छन् । कार्यक्रममा शकुन्तला शर्मा, मनकुमारी केसी, लक्ष्मी बास्कोटा, कुशुम बुढा, उषा पौडेल, कोपिला कँडेल, अम्बिका शर्मा लगायतले नेपालमा महिला तथा बालिका विरुद्ध हुने हिंसा व्याप्त रहेको र यस्ता घटना दण्डहीनताका साथ हुने गरेको बताएका थिए । कार्यक्रम महिला तथा बालबालिका कार्यालय बागलुङका सुचना अधिकारी सरस्वती रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....