आफ्ना कुरा-

एनआरएनए एनसिसी कतारको भबिश्य ।

प्रकाशित मिति: १५ भाद्र २०७४, बिहीबार १३:५६  

रेगिस्तानी कबि  तीर्थ सँगम राई ।
लगभग २५ बर्ष देखी कबिता लेख्दै आएको छु । कबिता लेखनको सुरुवाती समय सौन्दर्य, कुण्ठा, यौन या प्रेमबारे खुब लेखियो । दोस्रो चरण देश, समाज र शास्तृय मान्यतलाई टेकेर लेखियो । यसरी मैले जिवनको १५ बर्ष कबितालाई सुम्पिए ।
 
तर अचानक जनआन्दोलन भाग ३ पछी मेरो कबिता लेखनको चेत खुल्यो र मैले लेख्ने कबितामा फरक बिचार, फरक सौन्दर्य, फरक मान्यताहरुले स्थान लिन थाल्यो । बिगत १० बर्ष यता अधिकांस कबिताहरुले पहिचान, दर्शन र युद्धका संबेदना , प्रबासका मनोदसा र खाडिको बास्तबिकता बोलिरहेको छ । मैले कतारको नेपाली समाजलाई अध्ययन गर्न सुरु गरेको पुगअपुग एक दसक भयो ।
 
गैर आवासिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद कतारलाई मिहिनरुपमा चिनेको वा यसमा हिडेको ६ बर्ष भयो । सबैले स्विकार नगरे पनि एउटा सत्य यो हो कि यो सस्था मात्र कतारको यस्तो सस्था हो जस्ले नेपाली समाजलाई गोलबद्ध गरेर समाजलाई उन्नत दिशा दिने हैसियत राख्न सक्छ ।
 
तर अकाट्य सत्य यो पनि हो कि नेतृत्व, समर्थन र सामाजिक सेवकहरुको सही चयन, सही सुझाब र सल्लाह अनिवार्य छ । अहिले हामी नयाँ कार्य समिती चयनको अन्तिम संघारमा छौ । सम्भवत: यो आलेख प्रकाशित भएको ४८ घण्टामा नयाँ कार्य समितिको चयन भई सकेको हुनेछ । त्यसको अघाबै मेरो मस्तिष्कले केलाएका यो १ महिनाको घटनाक्रमहरु र केहि भ्रमहरुलाई सबै सामु राख्न चाहान्छु ।
 
एनआरएनए संस्था मात्र हैन । यो एउटा अभियान हो । प्रबासमा कार्यरत र बसोबास गरिरहेका नेपालिहरुको पहिचान, सामर्थ्य र देशप्रतिको उत्तरदायी प्रेम पनि हो ।
 
तर यसो भनी रहदा के हामी यही उदेश्य, संस्कार र गरिमाको लागी नेतृत्व चयन गरी रहेका छौ ? प्रश्न आफैमा जटिल हो तर उत्तर अति सहज छ । हामी हरेक पटक नेतृत्व चयनमा चुकी रहेका छौं । यस्को सम्पुर्ण दोषको भागेदार हामी सबै पंजिकृत सदस्यहरुनै हौ ।
 
 

हाम्रो कर्मभुमी कतार । शान्तिप्रिय, सद्भावको र प्रेमको देश । म मेरो देश पछी सबै भन्दा धेरै सम्मान र प्रेम यो देशलाई गर्छु । यो देशले पनि मलाई त्यतिकै सम्मान र प्रेम दिएको छ ।

मेरो संगिनिको मुस्कान र छोरीको भबिश्य दिएको छ यो देशले । तर यही देशमा मजस्तै काम गर्ने मेरो देशको कुनै नागरिकले मलाई बेला बेला भन्छ कि म यो देशको दासी हुँ । मेरो आवाज र कलमलाई दबाउनको लागी क्यापिटल पुलिस र साईबर क्राईमको धम्की दिन्छ । र आफुलाई यो देशको नायक सम्झन्छ । मेरो देशको म जत्तिक्कै सम्मानित नागरिक म पनि यो देशको तिमी जत्तिकै सम्मानीत  श्रमिक हुँ ।

तर नेपाली समाजको दुरभाज्ञ तिनै ब्यक्तिहरु हिजो र आज एनआरएनए एनसिसी कतारको कुनै पदमा उमेद्वार बनी रहेका छन् । जितिरहेका छन् । जितिरहने छन् । कारण; लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन र त्यसको उपयोग । मेरो आपत्ती निर्वाचन हैन तर तर चुनाब जित्नको लागी बनाईने निर्दोष पार्षद हुन् ।

जो यो चुनाब पछी कतारको नेपाली समाज र कुनै पनि समुदायको अभियानमा उनिहरुको पदचाप र अनुहारलाई दोहोर्याएर देख्न पाईने छैन । बस एक दिनको श्रमको पैसा र १० रियालको बिर्यानिमा खरिद गरेर मतदानमा रखैल भित्र्याए जसरी भित्र्याईन्छ ।

 
दोस्रो गलत संस्कार- सबै मानिस कुनै न कुनै बिचार र समुदाय प्रती उत्तरदायी छन् । त्यसको भरपुर प्रयोग यही चुनाबमा गरिन्छ । कुनै बिचार समुदायले समर्थन गरेको ब्यक्तिलाई अनिवार्य भोट गर्ने उर्दी जारी गरिन्छ ।
 
बिपक्षमा मतदान गरे, समर्थन गरे वा बिरुद्धमा उमेद्वारी दिए कार्वाहिको ठाडो भागिदार बन्नु पर्ने अनिवार्य प्रावधान छ । मैले धेरै ठाउमा बोलेको छु- कतारको यस चुनाबमा स्वतन्त्ररुपमा नेपाली नायक दयाहाङ राई वा अनमोल केसिले स्वतन्त्र उमेद्वारी दियो भने जित्नुको त कुरै छाडौ जमाना जफत हुने संभावना रहन्छ । हामिले भनेको र रटान लगाएको बौद्धिक र स्वतन्त्र भोट पनि कही न कही खरिद बिक्री वा परिबन्दले घेरिन्छन् ।
 
म कही साम्प्रदायिक, धार्मिक र संकुचित भएको छैन । अब मैले प्रस्तुत गर्ने हरेक आरोप र बुँदाहरुको म सङ्ग प्रमाण सुरक्षित छन् । मैले लेख्ने कबिताहरुले जहिले पनि नेपालिहरुको हरेक पहिचानलाई स्विकार गरेको छ । जनजाति, तराई मधेश, मुस्लिम, दलित, पिछडिएका खसआर्यन र हरेक बर्गको लागी उत्तिक्कै समान छन् । कतारमा मेरो त्यही अनुपातमा मित्रहरु छन् । मेरो इमान र कलम सदैव यीनैको समर्थन र सवलताको लागी हो ।
 
एनआरएनए एनसिसी कतारको कुनै पदको  एक उमेद्वारले चुनाब प्रसार र तयारीको क्रममा केहि यस्ता अभिब्यक्ती दिएको भेटियो जस्ले सिङो संस्थाको गरिमा, उदेश्य र सपनालाई भत्कायो , त्यो भन्दा धेरै साम्प्रदायीक अत्याचार गरेको महशुस भएको छ । स्वाभाबिक रुपमा वहाँ जुन समुदाय देखी आउनु भएको छ त्यो समुदायलाई अगाडी बढाउनु वा अवसर दिनु पुर्णतया गलत हैन ।
 
तर वहाँलाई समान भोट गरेरकाहरुलाई उत्तिकै सम्मान साझेदारी बनाउनु वहाँको कार्य कौशलता हो । सस्थाको जम्मा २२सय९८ पार्षद हुँदै गर्दा ८सय२४ आफुले मात्र बनाएको रसिद देखाउदै चुनाब जित्नको लागी  कुनै राजनैतिक सस्थाको समर्थन लिई रहदा, त्यही राजनैतिक सस्थाको नाम र प्रतिष्ठालाई दाउमा राखेर दिएका केहि अभिब्यक्तिहरु छन् ।
 
चुनाब जिते पछी आफ्नो समुदायको ७० प्रतिशत सल्लाहकारमा ब्यक्तिको नामै किटान गरेर नियुक्ती गर्ने प्रतिबद्धताले त्यो समुदायको त पक्कै स्विकार्य होला तर बाकी अन्य समुदायमा यस्को सन्देश कस्तो जानेछ ? यदी यसको बिरोध भएमा आफुले टसमस नगर्ने अभिब्यक्ती दिदा वहाँ कतिको लोकतान्तृक र नेतृत्वदायी हुनुहुन्छ ? प्रश्नहरु आफैमा हतियार भएका छन् ।
 
 वहाँले चुनाब जिते पछी कतारको सबै समुदायका उत्सबहरुलाई उतिक्कै महत्व दिन्छन भन्ने कुरामा मेरो चाही संका छ । इदको दिन उहाको मुहारमा जती मुस्कान र उत्साह हुन्छ, दशैंतिहार, ल्होसार, साकेला, चासोक, माघी आदी चाडमा त्यही रौनक हुन्छ भन्ने कुरामा म बिश्वस्त छैन ।  भने, गैर समुदायले उहालाई जिताउनु को के अर्थ । म यहाँ साम्प्रदायीक कुरा गरिरहेको छैन । म मात्र वहाँको सोच, दर्शन र बौद्धिकताको ब्याख्या गरी रहेको छु ।
 
 वहाँको संस्थागत कार्य क्षमता र नैतिक सांगठानिक पद्दतिको कुरा गरी रहेको छु ।
 

मेरो सबै  पदका सबै उमेद्वार प्रती उत्तिक्कै सद्वभाव छ । प्रेम छ र समाजप्रती उत्तिक्कै उत्तरदायी भूमिकाअ छ भन्ने कुरामा प्रस्ट छु । मेरो आसय मात्र के हो भने समाज हाक्ने स्टेरिङ्ग कस्तो सोच  भएको नेतृत्वलाई दिदा ठिक होला भन्ने बिश्लेषन हो ।  हामी कस्तो संस्कारको प्रवाह गर्न चाहान्छौं ? हामीले खोजेको नेतृत्व कस्तो हुनुपर्छ भन्ने सकारात्मक आशय हो । चुनाब जित्नकै लागी पैसा खर्च गरेर पार्षद बनाउने संस्कारको अन्त्य हुनुपर्छ । कुनै पनि समुदाय र सस्थाको गरिमालाई दाउमा राखेर स्वार्थ पुरा गर्नु हुन्न भन्ने कमसे कम मचाही मान्यता मान्यता राख्दछु । अथवा चुनाब जित्ननै लागी आफ्नो मर्यादित कम्पनि, मालिक वा शक्तिको गलत दुरुपयोग गर्नु हुन्न ।

 

 

लोभ, स्वार्थ, अभिमान र पैसाले जित्न त सकिएला तर सबैको सहयोग, त्याग, समर्पण र  सस्थाको गरिमा, उदेश्य र सामाजिक प्रतिष्ठा जोगाउन हम्मे पर्छ ।

 
उपशंहार
एनआरएनए एनसिसी कतारको नयाँ नेतृत्वले गलत संस्कारको थालनी नहोस् । समाज परिवर्तन र यो देशको माटोको इज्जत राखियोस्  । सबै समुदाय र बर्गको अपनत्व र स्विकार्यतालाई लिन सकियोस् भन्ने मेरो मनसुवा हो । सम्पुर्ण पार्षदहरुले यो पटक बिबेक प्रयोग गर्नु हुनेछ । सत्य लेख्ने कमललाई फेरी पनि देश निकालाको दम्भ आउन सक्ने छ ।
 
त्यस्को लागी म मानसिक र शारिरिक रुपमा तयार छु । तर सत्य र कलमसङ म सम्झौता गर्ने छैन । सबै आकांक्षी उमेद्वारहरुलाई बिजयको लागी अगृम शुभकामना ।
 

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....