हाम्रै जिवनकालमा समबृद नेपाल

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार १५:२६  

-सुरेश भट्ट, कतार ।

नेपालमा मौलाएको विदेशबाट आयातित राजनितीक पार्टी,विदेशिकै इसारामा गोटी बनेका नेपालका कथित राष्ट्रीय पार्टीहरु नेता कार्यकर्ता हरुलाई देश लूट्न अझै खुल्लम खूल्ला निर्बाद रुपमा साथ दिने हामी नेपाली मध्यको यौटा रास्ट्र निर्माणमा ईट्टा बनेको विवेकि नेपाली नागरिक हामी ।

मेरो जिवनको पैतिसौ बर्षे फल्यास ब्याकमा बादको अनेकौ राजनिती देखे । हजारौ नाराहरु सुने, कैयन पटक देशको समबृद्दीको बारे आवाजहरु गुन्जिए, सालौ साल सम्म देश निर्माणकै लागी भनेर समाजबाद, बहुदलिय जनबाद र माओबादका बादै बादहरुले झुण्ड झुण्ड रुपमा देशमा सदन देखी सासन सम्म चलाए ।

चल्यो अनी बल्यो पनी केबल तिनै बादका लोखर्केहरुका लागी ,तर मेरो देशको नागरिकको घरमा मेरो घरमा  न त चूलोमा अझै आगो बलेको छ, नत हिजो चलेका ढिकी जाँतोहरु चलेका छन, खोरीया खन्ने हातहरु यिनै बादले आफ्नो भोक निवारणको लागी खाडीको कहरहरु संग मित्रता गाँस्न बाध्य बनाएका छन ।

देशको अर्थतन्त्र यिनै खोरीया र पाखोबारी खन्ने हातहरुले धानेको छ । अझ रास्ट्र राष्ट्रीयता र स्वाभिमानको विगुल फुक्दै छन लज्जासपद, मेरो देशको राष्ट्रीयता बारे दक्षिणले भन्नु पर्यो, स्वाभिमानी नेपाली तिमिहरु भनेर उत्तरले भन्नु पर्यो, अनी कहाँ निरको रास्ट्र र स्वाभिमान को चिल्ला कूराहरु गर्दैंछन यि बादहरु ?

भोट हाल्ने आफ्नो जनप्रतिनिधि चुन्ने बेला बेला यिनैलाइ चून्छौ , यिनैलाइ अविर जात्रा गर्दैं लुट्न पठाउछौ, अनी यिनै बादका आदर्शका कुरा र रास्ट्रबादी बकमफुसे वेतूकका कूरा सुनेर भन्छौ हामी स्वाभिमानी  नेपाली ।

कुन र कस्तो स्वाभिमानी नेपाली हौ हामी ! हाम्रो गौरव र राष्ट्रीयता आज कहाँ छ यत्ति पनी हेक्का छैन हामीलाई ! चरम लूटतंत्रले देशलाई चर्लूम्मै डुबाएको बेला, रास्ट्रको स्वाधीनता माथि हस्तक्षेप गराएको बेला ,विर विरङगनाको अस्तित्व सकिन लागेको बेला औला ठड्याउन नसक्ने हामी नेपाली कस्तो नेपाली ।

न्यायलय हाम्रो स्वतंत्रता माथि बार बार निर्मम प्रहार हूदा चूइक्क नबोल्ने हामी नेपाली के नेपाली ! अब त अतिनै भयो यो बेला तपाई हाम्रो विवेक प्रयोग गर्ने बेला आएको छ। मैले हारे युवापूस्ताले हार्नेछ ।

मेरो सन्ततिले अन्धकारको जिवन जिउन बाध्य हुनेछ ।एकातिर बाम गठबन्धन र अर्का तिर प्रजातांत्रिक गठबन्धनले देशलाई अझ दलदलमा पूर्यौने पक्का छ। सत्ता र कुर्चीकै लागी यो खाम एकता भएको भन्दा फरक नपर्ला ।

हाम्रो आर्थिक स्थितिलाई हेरौ, आजको हाम्रो चूहिने छानोलाई हेरौ, वर्षादको बेला जलमग्न भएको ढलमाण्डू हिलोमाण्डू सबैलाई हेरौ ।  हामी प्रतिबद्ध छौ हाम्रो साझा चाहाना समबृद नेपाल हाम्रै जिबनकालमा ।
जय देश ।

लेखक:विवेकशील साझा कतारका सह- संयोजक हुन ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....