एक सामाजिक अभियन्ता -सागर नेपाल ।

प्रकाशित मिति: २८ आश्विन २०७४, शनिबार १२:४६  

दिल कुमार श्रेष्ठ ।  सभ्य, सुव्यवस्थित र असल समाजको निर्माणका लागी सामाजिक अभियन्ताहरुको महत्व हुन्छ l तिनै अभियन्ताहरु मध्य पनि एक दूई यस्ता व्यक्तित्वहरु जो समाजका लागी अपरिहार्य हुने गर्दछन् ।

चितवन जिल्लाको इच्छा कामना गाउँपालिका दारेचोक कुरिनटार स्थाई  ठेगाना रहेका  सामाजिक अभियन्ता सागर नेपाललाई कतारको नेपाली समाजका अगुवा रुपमा लिने गरिन्छ ।

कतारको नेपाली समाजको मात्र नभए र अहिलेको चर्चाको सिखरमा रहेको साझा सस्था एनआरएन आईसीसीको समेत सस्थापक सदस्य हुन् । उनले  एनआरएनएको चौथो अधिवेशन आईसीसीको उपाध्यक्ष जस्तो गरिमामय पदको कुसल जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

कतारको बसाईमा कतारको सरकारबाट पाएको सम्मान देखि भोगेको तितामिठा गहिरो अनुभवहरु अनुभव शेयर गर्दै पछिल्लो ७ बर्षले आफुलाई धेरै पाठ सिकाएको  बताउछन् । बिगत दूई दशक लामो कतारको बसाईमा आफ्ना सामाजिक अभिभारा, व्यक्तिगत जीवनका जरादेखि टुप्पासम्म गरेका सहकार्यका साथ र टुटेका साथहरुको  भोगाई उनिसंग छन् ।

उनै  सामाजिक अभियन्ता नेपालसंगको भेटघाटमा अहिलेको नेपाली समाज, एनआरएनएको आठौ महाधिवेशन,  आफुसंग जोडिएका व्यक्तिगत जीवनका बिषयमा गरेको कुराकानीका केहि अंशहरु ।

 सामाजिक अभियानको सुरुवात ।
 आज भन्दा २० बर्ष अगाडी कतारमा नेपाली राजदुतावास नभएको अवस्था  सन् १९९८ एक जना नेपालीको कतारमा मृत्य भए पछि उनको लास नेपालसम्म पुर्याउनको  निम्ति आफुले नेपाली ढाका टोपीमा पैसा जुटाउने क्रममा कतारमा नेपाली समाजको आवस्यकता महसुश भएको  अनुभव सुनाउछन ।
उनका अनुसार यस अभियानलाई गन्तव्यमा पुर्याउने सिलसिलामै त्यो बेलाको स्थापना भएको  नेपाली समाज कतारको  निर्माण र ब्यबस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अग्रज दाजु डा. देवकाजी डंगोलको नाम सम्मान जनक रुपमा लिन समेत छुटाएनन् ।
दुतावास बिहिन हुदा स्थापित कतारको सामाजिक सस्था नेपाली समाज कतार नेपाली दुतावास  र एनआरएनए जस्तो साझा सस्थाको स्थापना पछि हराएको हो । १९९८ स्थापना भएको कतारको नेपाली समाजले सामाजिक कार्य मात्र नभएर  साउदीमा रहेको नेपाली राजदुतावासको सहयोगमा  नेपाल सरकारसंगको सम्बन्धित कार्यहरु पासपोर्ट कलेक्सन गर्ने भिषा लागाउने जस्तो जोखिम युक्त कार्यमा सहकार्य गरेको थियो ।
  अहिले कतारमा टोल, गाउ, क्षेत्र, जिल्ला, जातीय धार्मिक, कल्चरल, खेलकुद, साहित्यिक, जनबर्गिय र अन्य गरि १०० भन्दा बडी संघसस्थाहरु कतारमा सामाजिक कल्याणका लागी स्थापित छन् ।
संख्यात्मक रुपमा रहेका यस्ता संघसस्थाहरुले गुणात्मक सेवा सुबिधा दियोस भन्ने मेरो चाहना छ । अहिले संघसस्था भन्दा समाज सेवा गर्ने मनको जरुरी छ l पैसा छिरालेरा खादा लगाउने समाजसेवीका कारण अहिलेको नेपाली समाज दिन प्रतिदिन धरासायी बन्दै गएको छ l
संस्था र वास्ताविक एनआरएनए
 प्रवासी नेपालीहरुको एक मात्र परिचित साझा सस्थाको एनआरएनए हो l स्थापनाकालमा विशुद्ध नेपाल र नेपालीका लागी भन्ने नारालाई अगाल्दै आजको अवस्थामा आउदा अभियन्ताहरुले अहिले  व्यक्तिवादी प्रवृति, क्षेत्रीय मुद्दा र अधिवेशनको संघारमा गैर एनआरएनएको संलग्नतामा आफ्नो आपत्ति रहेको बताउछन् ।
उनले एनआरएनलाई  अबको कालान्तरसम्म पनि एनआरएनए र नेपाल र नेपालका लागी भन्ने नारामा नै स्थापित होस् भन्ने चाहना राखे ।
एनआरएनएका सस्थापक सदस्य समेत रहेका नेपालले  वास्तविक एनआरएनए खाडी तथा मलेसियामा रहेका नेपालीहरु भएको बताउछन ।
अहिले  मुलुकको अर्थतन्त्र रेमिट्यान्सले  धानेको छ । खाडी तथा मलेसिया गरेर  औषतमा २८ देखि ३३ प्रतिसत  रेमिट्यान्स भित्रने गरेको छ । राष्ट्रको अर्थतन्त्रमा महत्वपुर्ण योगदान दिने खाडी र मलेसियाका वास्तविक एनआरएनएहरुलाई सदस्यताको लागी २ बर्षे मापदण्ड राखीदा अलि नमज्जा लागेको बताउदै समय अनुकुल आवश्यकताको महसुस गर्दै मलेशिया र खाडी मुलुकहरुलाई  पनि नेपाल सरकारले ढिलो चाडो  १८३ दिनलाई नै मान्यता दिने विश्वास ब्यक्त गरे ।
 एनआरएनएको आठौँ अधिवेशन बारे चर्चा
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आठौँ अधिवेशनले विश्वमा रहेका सम्पूर्ण नेपाली समाजलाई तताएको छन् ।
समग्रमा ५० लाखको हाराहारीमा रहेका प्रवासी नेपालीहरुको नेतृत्वका निम्ति हुन गईरहेको अधिवेशनमा चर्चित ३ हस्तीहरु भुवन भट्ट, जमुना गुरुङ र टेक बहादुर कार्कीले  आफ्ना प्रतिवद्धता सहित आफुलाई उमेदवारका रुपमा प्रस्तुत गरि सकेका छन् ।
चर्चा र अभियन्ता हिसावले व्यक्तिगत रुपमा  तिनै जना उमेद्वारहरुमा कुनै किसिमको कमजोरी नभएको बताउदै सस्थापक सदस्य नेपालले बताए ।
तर आठौँ अधिवेशनको लागी नै अध्यक्षको दावेदारी प्रस्तुत गर्दै उमेदवार घोषणालाई जमुना गुरुङको  उमेद्वारीलाई उनले हतारको निर्णय भनेका छन् ।
गुरुङको तारिफ गर्दै एनआरएनए कि आमा  बन्न सक्ने  व्यक्तिगत क्षमता कार्यसैली  रहेको  छ ।  उनले भने,  प्रतिबद्धतामा रहेको बुँदामा अघिल्लो कार्यकालको आफ्नो श्रीमान ड्रिम प्रोजेक्ट पुरा गर्न आफ्नो उमेद्वारी  भन्ने बुँदानै  आफुलाई चित्त नबुझेको  बताए ।
अघिल्लो दुई कार्यकालमा घलेसंगै गुरुङको हरेक कार्यमा महत्वपुर्ण साझेदारी देखिएकोले गुरुङको लागी अझै समय छ । एनआरएनए  र यसको कार्य भनेको अभियान र यसलाई अगाडी बढाउने सबै अभियन्ता भएको हुदाँ यसलाई परिवार क्षेत्रगत रुपमा ब्याख्या गर्दा अरुलाई विश्वास गर्न नसक्ने मानसिकताको खतराको संकेत भएको सुनाएका थिए l  नेतृत्वको सवालमा सहमति नभई लोकतान्त्रिक  पद्दतिमा जित हार जसको भए पनि वास्तविक  एनआरएनए अभियन्ताहरुको लागी  कहिल्यै हार  हुने छैन ।  सामाजिक अभियानमा मनैदेखि लाग्नेहरुको लागी हार भन्ने कुरा नै रहदैन ।
समाजलाई संगै लिएर हिड्छु, भन्ने प्रतिस्पर्धीहरुले भोटले तलमाथी भए पनि हरेको महसुश नगर्न सुझाव सहित अनुरोध समेत गरेका छन् ।
अहिलेको नेतृत्वका लागी देखिएका  तिन जना प्रतिस्पर्धीहरु नेपाली समाज र एनआरएनएका लागी अपरिहार्य  हुन्

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....