अनेसास नवोदितको ७४ औं डबली सम्पन्न

प्रकाशित मिति: २९ आश्विन २०७४, आईतवार ०४:२७  

दीलिप पराजुली, दोहा-लामो समय देखी नेपाली साहित्यको क्षेत्रमा सहयोग पुर्याउदै आएका संस्थाहरु अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारले आफ्नो डबलीको ७४ औं सृंखला भब्य रुपमा सम्पन्न गरेका छन ।

हरेक महिनाको दोश्रो शुक्रबार हुने डबली दोहाको टपफर्म रेष्टुरेन्टको सभाहलमा भब्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा दुई दर्जन भन्दा बढी सर्जकहरुले आ आफ्ना सृजना पस्केका थिए ।

बिशिस्ट श्रोताका रुपमा खस क्षेत्री सेवा समाज कतारका अध्यक्ष खगेन्द्र कार्कीलाई निम्त्याएको उक्त डबलीलाई शेखर बस्नेतले संचालन गरेका थिए । ईश्वर राईको गजल बाट शुरु भएको डबलीमा दीप प्रदिप कुमार, बिन्दा लामा, राजेन्द्र घिमिरे, शुभ सन्ध्या, सागर बिभोर,शेखर बस्नेत, जगतराम बर्देवा, श्याम राज रानाभाट, दीलिप पराजुली, सिताराम थापा र लेख कार्कीले गजल सुनाएका थिए भने बिनोद खड्का, हरिविनोद अधिकारी, बेचन महतो र रुप रसाइलीले कबिता वाचन गरेका थिए ।

हरेक सर्जकको गजल तथा कवितामा देशप्रेम, घरदेशको चाडबाड र प्रदेशको पीडा भेटिन्छन ।

करिब दुई घण्टा भएको डबलीमा कतारबाट कलम चलाइरहेका कबि रुप रसाइलीलाई साहित्यिक चौतारी नेपालले प्रदान गरेको प्रसंशा पत्र पनि हस्तान्तरण गरिएको थियो ।

कवि तथा गजलकार रसाईली प्रबास बाट नै साहित्यिक चौतारीमा सम्पादक मण्डलमा रहेर काम गरिरहेका छन । कार्यक्रमको अन्त्यमा बिशिस्ट श्रोता कार्कीले दोहाको यो साहित्यको माहोल कहिले पनि पछि नपर्नेमा जोड दिए ।

कार्की आफैले कविता सुनाई माहोल तताएका थिए भने आगामी डबलीमा समेत समय मिलेको खण्डमा उपस्तिथी रहने जानकारी गराउदै कार्यक्रमको समापन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....