उपन्यासकार विकास बाबु थापाको रोजी विमोचन

प्रकाशित मिति: २९ आश्विन २०७४, आईतवार ०७:१३  

काठमाण्डौं/उपन्यासकार विकास बाबु थापाको रोजी विमोचन गरिएको छ । थापाको उपन्यास रोजीको शनिबानर मनमोहन मेमोरियल अस्पतालको सभाहलमा विमोचन गरिएको हो । गौरी पब्लिक रिलेशन एन पब्लिकेसनले आयोजना गरेको विमोचन कार्यक्रमको उपन्यास विमोचनका साथै शुभकामना आदान प्रदान समेत गरिएको थियो । कार्यक्रममा दामोदर ढकार दिपक र सांसद राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । बुबा भक्त बहादुर थापा र आमा स्व। कृष्ण माया थापाका सुपुत्र २०३७ असार १६ गते डुडुवा गा.पा.–५ कम्दी बाँकेमा जन्मिएका उपन्यसकार तथा नेपाल प्रहरी जवान विकास बाबुको ‘सन्देश युद्धको मैदानबाट’ कथा सङग्रह प्रकाशित भइसकेको छ ।

लेखकले विभिन्न ठाउँमा जाँदा अन्तरजातीय कुराहरू देखेका र भोगेका अनुभवलाइ यथार्थ रूपमा उतारीएको बताइएको छ । कार्यक्रममा गीतकार राम प्रसाद पाठक, सशस्त्र प्रहरी उपरिक्षक रत्न पोख्रेल, नवराज घिमिरे शिखर, संगीत सहयात्री बिरेन्द्र दंगाल लगायत सम्पुर्ण अतिथीहरूले रोजीको सफलताको शुभकामना तथा समिक्षा गरेका थिए । विमोचन कार्यक्रममा प्रमुख अतिथी पाण्डेले अन्तरजातीय छुवाछुत हटाउन शिक्षा, सीपले मानसीक परिवर्तन ल्याउने भन्दै समिक्षा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....