१०८ औं लक्ष्मी जयन्ती समारोह—२०७४ को तयारी हुँदै कतारमा

नेपालबाट कवि तथा साहित्यकार उपेन्द्र सुब्बा र प्रकाश आङदेम्बे आउने

प्रकाशित मिति: ३१ आश्विन २०७४, मंगलवार १५:५०  

–राजेश्वर ढकाल, एनक्युखबर कतार ।  कतारमा रहेका साहित्यिक संस्थाहरुले संयुक्त रुपमा “१०८ औँ लक्ष्मी जयन्ती समारोह—२०७४” नोवेम्बर ३, २०१७ शुक्रबारका गर्ने भएका छन् । सनैयाको अल डल्ला ड्राभिङ सेन्टरको थिएटर हलमा दिनको १२ बजेदेखि कार्यक्रम सुरु हुनेछ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर, नवोदित साहित्यिक बाचनालय, संध्या गु्रप अलखोर अन्र्तगत मुग्लानी सौगात त्रैमासिक पत्रिकासंग हातेमालो गर्दै गैरआवासिय नेपाली संघ राष्ट्रिय संमन्वय परिषद कतार साहित्य बिभागले पनि सहभागिता जनाएको छ ।

कार्यक्रमलाई सफल बनाउनको लागि अनेसास अध्यक्ष श्यामराज रानाभाटको संयोजकत्वमा ३५ सदसीय लक्ष्मी जयन्ती मुल सहमारोह समिति गठन गरिएको छ ।

जसको सह-संयोजकहरुमा लेख कार्की, रामकुमार मण्डल र विरेन्द्र कुमार याक्थुम्वा, सांगितिक संयोजक बबिन राई, सदस्य सचिव सिताराम थापा, कोषाध्यक्ष भोला थापा छन् ।

त्यस्तै प्रचार प्रसारमा— राजेश्वर ढकाल, अशोक सिङदान तामाङ, महेश्वर नेपाल र दिलिप पराजुली, ब्यवस्थापनमा— आशबहादुर गुरुङ, निराजन प्रभात, थर्चा लामा, सन्तोष अधिकारी, टिका खड्का राष्ट्रप्रेमी, सदस्यहरु विन्दा लामा, बिन्देश्वर ठाकुर, राजन लामा, इश्वर राई, रुप रसाईली, जनक सापकोटा, प्रदिप कुमार गणेश, शेखर बस्नेत छन् ।

त्यस्तै नेपाल संयोजनमा प्रेमप्रसाद भट्टराई, मणि पौडेल र दीप मिलन छन् भने सल्लाहकारहरुमा तीर्थ संगम राई, नविन पोखरेल, माया केसी, दीपक भेटवाल र गणेशप्रसाद बन्जाडे चयन गरिएको छ ।

हरेक वर्षजस्तै यसवर्ष पनि लक्ष्मी जयन्तीको अवसरमा कवि उपेन्द्र सुब्बा कतार आउने भएका छन् । स—शुल्क एकल वाचन आयोजना गरिएको कार्यक्रममा कवि सुब्बाका ढेड दर्जन बढि कविता श्रवण गर्न पाईने छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाद्धारा रचित गीतहरुलाई कतारमा स्थापना भएको नेपाली कला केन्द्र, कतारले प्रत्यक्ष गायन प्रस्तुत गर्ने छ ।

कार्यक्रम संयोजक श्यामराज रानाभाटले कार्यक्रममा भुटानी सरणार्थीहरुको आन्दोलन, जीवन शैली माथि बनेको कलात्मक नेपाली चलचित्र “देश खोज्दै जाँदा” को पनि विशेष च्यारीटि शो गर्ने जानकारी दिए ।

उक्त चलचित्रका निर्देशक प्रकाश आङदेम्बे प्रत्यक्ष सहभागी हुने छन् । यो चलचित्र अमेरीका, अष्ट्रलिया हुदै हाल कोरियाको “२२ औं बुसान अन्तर्राष्ट्रिय फिल्म फेष्टिवल” मा सहभागि भएको छ ।

कार्यक्रममा आयोजकले सामाजिक संंघसंस्थाहरु, ब्यवसायीहरुलाई सहयोग टिकट र अन्य सहभागिहरुको लागी करी ५० रियालको टिकट निर्धारण गरेको जानकारी सल्लाहकार तीर्थ संगम राईले दिए ।

उनले कार्यक्रम विगतमा भन्दा पृथक हुने जानकारी गराउदै कतारमा रहेका सामाजिक संघसंस्था, ब्यावसायी बुद्धिजीवि तथा कतारबासी साहित्य अनुरागीहरुलाई उपस्थित भई कार्यक्रम सफल बनाउन अनुरोध गरे ।

स्मरण होस, यस भन्दा पहिले पनि गजलकार घनश्याम परीश्रमी, कवि श्रवण मुकारुङ, डा. गोविन्द राज भट्टराई, अभि सुवेदी, खगेन्द्र संगौला, बिमल निभा, राजन मुकारुङ, आहुति, हेमन यात्री कतार आईसकेका छन् । त्यस्तै गतवर्ष देखी गैर आवासिय नेपाली संघ कतार च्याप्टरले लक्ष्मी जयन्तीमा यी तीन संस्थाहरुसंग सहकार्य गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....