कविता—नानाको तस्विर

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार १२:२८  

—रेगिस्तानी कवि तीर्थ संगम राई

बर्षौ अघी फुलेको थियो त्यो टाँकीको रुख
धेरै बर्षहरु फुल्न बिर्षिएर
आज बर्षौ पछि फेरी फुलेको छ उसै गरी ।

जसरी फुल्थें—
मेरो नानाको केसमा चन्द्रहार
आँखामा महकदार सुनगाभा
मुस्कानमा हिउँद र वर्षा
त्यसरीनै फुलिरहेको छ
स्मृतिको बाटुलो अनुहारभरी
मेरो नानाको अद्भुत तस्वीर ।

लाटो थिए —शब्द दिनु भो
कुँजो थिए —बैसाखी बन्नु भो
भाषा, संस्कृति, कला दिनु भो
राति अँध्यारोमा जुनकिरी हुनु भो
मेरो लागि रहेक क्षण
आँसु लुकाएर हाँस्नु भो
यसरी मैले सिकेको हुँ नानाबाट
जीवनका नुतन अध्यायहरु ।

नानाले चटक्कै घर छोडेपछी
फुल्न छाडेको हो त्यो टाँकीको रुख
चल्न छाडेको हो पातहरुमा हावा
देख्न छोडिएको हो घामको पहिलो आभा
एक्लै—एक्लै बोल्न थालेको हुँ म
रुदैरुदैं बसेको हो हाम्रो मतान
हाँस्न छाडेको हो घर माथिको फलैंचा
सुन्य—सुन्य भएको हो ढिंकी र जाँतो ।

नाना तिमी हिडेंपछी
अल्छी भएका छन् शिली टिप्ने गोडाहरु
बेसुर लाग्छन् ढोल र झ्याम्टाको संगित
निरस लाग्छन् नक्छोको रिसिया
सम्झदै रिस उठ्छ शिलिमोपाको अनुहार
जस्ले तिमीलाई बौलाहा सपनाजस्तै
हामीबाट खोसेर लगेको थियो
कुनै साकेलाको रमझम साँझमा ।

हिजोआज बल्ल बुझ्दैछु
नानाले घर छोड्नुका कारणहरु
र, बुझ्दैछु नानाको त्यो गम्भीर अनुहार ।

सायद मलाई भुल्न नसकेर
सोध्धि हुन बतासलाई मेरो खबर
कराउदि हुन डाँडाको जूनलाई
खोज्दि हुन आफ्नै छोरामा मेरो अनुहार
साँझ बिहान पुकार्दि हुन सुम्निामालाई
गुनासो गर्दि हुन छोरी हुनुमा
यसरी बाँचिरहेकी होलिन् मेरी नाना ।

हरेक सालको साकेलामा
म खोजीरहेको हुनेछु
नानाको जस्तै अनुहारहरु
माधुर्य नानाको जस्तै स्वर
लामो केस र थेप्चे नाक
चिम्से आँखा र ठुलो निधार
बिछट्टै मिलेको
तराईका फाँटटजस्ता कुर्रकुुच्चाहरु ।

मर्नु अघि भेट्नु छ नानालाई
रुनु छ धीत मरुन्जेल
हाँस्नु छ एक जुनि पुग्ने गरी
चुम्बन गरेर नानाको निधारमा
शीर झुकाउनु छ उनको पाउमा
निकालेर खालिबाट
पठाउनु छ भेनासँग
धेरै पहिला छुटेको बाघदता
दिनु छ यो पटक ।

नाना पठाउदैछु खबर बतासलाई
यो पटकको साकेलामा
जसरी पनि आउनु होला
म टाँकीको फूल लिएर
तपाई पर्खि रहेको हुुने छु ।

मेरो सम्पुर्ण चेलीहरुमा समर्पित ।

हालः दोहा कतार।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....