कतारमा १०८ औं जन्म जयन्ती समारोहको तयारी पुरा — कबी तथा साहित्यकार सुब्बा र निर्देशक आङदेम्बे कतार आउदै ।

प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार १४:२३  

भोला थापा क्षेत्री, दोहा  । कतारमा स्थापित् साहित्यिक संस्थाहरुले संयूक्त रुपमा आयोजना गरेको महाकबी लक्ष्मीप्रसाद देबकोटाको १०८ औं जन्म जयन्ती समारोह—२०७४ को तयारी पुरा भएको छ  ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर, नवोदित साहित्यिक वाचानलय, कतार गैर आवासिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद साहित्य बिभाग, कतार र सन्ध्या ग्रुप अन्तर्गत मुग्लानी सौगात त्रैमासिक पत्रिका अलखोरले सयूक्त रुपमा आोजना गरेको उक्त कार्यक्रमका लागि नेपालबाट कबी तथा साहित्यकार “उपेन्द्र सुब्बा” र साहित्यकार तथा निर्देशक प्रकाश आङदेम्बे कतार आउने कार्यक्रम संयोजक श्यामराज रानाभाटले जानाकारी दिएका छन्  ।

“हामी यो पटको महाकबी लक्ष्मीप्रसाद देबकोटाको १०८ औं जन्म जयन्ती समारोह —२०७४ फरक ढङ्गले प्रस्तुत गर्ने भएका छौ । कतारमा कार्यरत सम्पुर्ण साहित्यअनुरागी, समाजसेवी, बुद्धिजिवी, व्यवसायी, पत्रकार, श्रमिक लगायत सम्पूर्णलाई उक्त कार्यक्रमको सादर निमन्त्रणा समेत गरेको छौ ।” साथै कार्यक्रम सफल हुनेमा ढुक्क रहेको अनेसास कतार च्याप्टरका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहाकार कवि तीर्थ संगम राईले बताए ।

आगामी ०३ नोभेम्बर २०१७ का दिन कतारको सनैया स्थीत् अलडल्ला ड्राईभिङ सेन्टर थिएटर हलमा स्थानिय समय अनुसार दिनको १२ बजेदेखी सुरु हुन गईरहेको समारोहमा स—शुल्क एकल कबिता वाचन कार्यक्रममा कवि तथा साहित्यकार “उपेन्द्र सुब्बा”बाट करिव डेढ दर्जन वाचित कबिताका आनन्द लिन सकिने छ  ।

भने  साहित्यकार तथा निर्देशक प्रकाश आङदेम्बेको उपस्थितिमा नेपाली चलचित्र “देश खोज्दै जाँदा…’को  उनकै साथमा बसेर हेर्न पाईने भएको छ ।

कार्यक्रमको विषेश सहयोगी संस्था नेपाली कला केन्द्र कतारले देबकोटाद्वारा रचित गीतहरुको बिशेष प्रस्तुती दिने छ भने कार्यक्रमका लागी आयोजकले सामाजिक संघसस्थाहरु, ब्यवसायीहरुलाई, सहयोग टिकट र अन्य सहभागीहरुका लागि करी ५० रियाल टिकट निर्धारण गरेको समेत सल्लाहाकार राईले जानकारीे दिए ।

 

तपाईको प्रतिक्रिया

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....