समानुपातिक सूचीमा नायक तथा चलचित्र निर्माता खड्का

प्रकाशित मिति: २० कार्तिक २०७४, सोमबार १५:२९  

काठमान्डौ -आगामी मंसीर १० र २१ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नायक तथा चलचित्रकर्मी नवल खड्का समावेश भएका छन् ।

नेकपा (माओवादी केन्द्र)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीमा प्रदेश नं. १ बाट प्रदेशसभातर्फ उनको नाम समावेश भएको हो।

चलचित्र निर्माता संघ नेपालको अध्यक्ष र नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्षसमेत रहेका खड्काले राष्ट्रिय चलचित्र नीति २०७१ निर्माणमा र बक्स अफिस कार्यान्वयनका लागि संघर्षरत एवं विदेशी चलचित्रलाई निरुत्साहित गर्न निरन्तर नेतृत्वदायी भूमिका खेलेका छन्।

उनले राष्ट्रियता, जनजिविका, ऐतिहासिक एवं जनयुद्ध सम्बन्धी विषयमा चलचित्रहरु निर्माण तथा अभिनय गरी नेपाली समाजका विकृतिहरुमाथि प्रहार गरेका छन् । ऐतिहासिक विषयका भिमदत्त, दशगजा, क्रान्ति, आवाज लगायतका दर्जनौं चलचित्रहरुमा नायकको भूमिका निर्वाह गरिसकेका छन् ।

वामपन्थी आन्दोलनमा क्रियाशील खड्का भारतीय सिमामा काँडेतार अभियानको अभियन्ता, वागमती सफाइ महाअभियानका सुरुवाती अभियन्ताका साथै विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध रहेका छन्।

नेपाली चलचित्र उद्योगलाई राम्रोसँग बुझेका खड्का प्रदेशसभामा निर्वाचित हुँदा यस क्षेत्रको विकासमा सहयोग पुग्ने चलचित्र क्षेत्रसँग सम्बन्धितहरुले विश्वास गरेका छन्।

महिला तथा जातीय विभेद, भ्रष्टाचार र सबैखाले बेथितिहरुलाई आफ्नो कर्ममार्फत विरोध गरिरहने उनको परिचय छ।

उनले आफ्नो सामाजिक सञ्जालमार्फत समानुपातिक तर्फ गोलाकारभित्रको हसियाहथौडामा मतदान गर्न र प्रत्यक्षतर्फ वाम गठवन्धनका उमेद्वारलाई मतदान गरी विजयी गराउनका लागि तमाम मतदाताहरुलाई अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....