रिदमले विविध सांस्कृतिक कार्यक्रम तथा चलचित्र प्रदर्शन गर्दै

निर्देशक राजु शाहा र चर्चित हास्यँ कलाकार गोपाल ढकाल (छन्दे) कतार आउदै ।

प्रकाशित मिति: १९ चैत्र २०७३, शनिबार १६:४४  

भोला थापा क्षेत्री दोहा । कतारमा स्थापित रिदम कला केन्द्रले आगमी नेपाली नयाँ बर्ष २०७४ लाई मध्यनजर गर्दै नेपाली चलचित्र नमस्ते नेपाल प्रदर्शन तथा विविध सास्कृतिक कार्यक्रम गर्ने भएको छ । 

 “हाम्रो कला संस्कृतिको जर्गेना गरौँ आफ्नो प्रतिभा लाई अगाडि बढाऊ भन्ने मुल नाराका साथ कतारमा स्थापना भएको सांगितिक संस्था रिदम कलाकेन्द्रले आगमी २८ अप्रेलका दिन कतारको तारे हाटेल गल्फ होराईजनको सभाहलामा उक्त चलचित्र प्रदर्शन तथा विविध सास्कृतिक कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक दिल भट्टराई र गजेन्द्र मल्लले जानकारि दिएका छन ।

चलचित्रको सम्पूर्ण छायाङ्कन यूरोपमा गरिएको पहिलो चलचित्रलाई भव्य र सव्य पार्नका लागी नेपालदेखी बरिष्ठ नृत्य निर्देशक तथा चलचित्र निर्देशक राजु शाहा र चर्चित हास्यँ कलाकार गोपाल ढकाल (छन्दे) कतार आउने भएका छन । हामीले पहिला युके युरोपमा सो देखाई सकेको नमस्ते नेपाल चलचित्र कतारमा रहेका नेपाली दर्शकहरुको उच्च मागले गर्दा आगमी २८ अप्रेलका दिन कतारमा प्रर्दशन गर्न लागेको चर्चित हास्यँ कलाकार गोपाल ढकाल (छन्दे)ले बताए ।

 चलचित्र प्रदर्शन पश्चात हुने उक्त सांस्कृतिक कार्यक्रममा नेपाल देखी कतारको सांगितिक लोक दोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल लोक दोहोरी गायिका देविका केसी , स्थानिया कलाकाहरु , लोक गायक युवाराज छन्त्याल , रित कुमार क्षेष्ठ, आधुनिक तथा पप गायक नबराज क्षेत्री,राम के लामा , दामोदार न्यौपाने , विनिता केसी, राम बान्तावा राई लगायत दर्जनौँ कलाकार साथमा रिदम कलाकेन्द्रको आफ्नै विविध नृत्यपनि रहने संयोजक गजेन्द्रले एनक्युखबरलाई जानकारि दिएका छन ।

 विगगतका दिनमा पनि नेपाल तथा स्थानीय कलकारहरुलाई समेटेर अन्य कार्यक्रम गर्न सफल सांगितिक संस्थाले गत साल आफैले आयोजना गरेको एकल नृत्य प्रतियोगिता कार्यक्रममा नेपालबाट चर्चित डान्स निर्देशक प्रकाश भट्ट चर्चित लोक दोहोरी क्षेत्रकी मोडल पार्वती राईलाई समेत कतार निम्त्याएर आफ्नो कार्यक्रम सफल पारि सकेकोको सल्लाहाकार गजेन्द्रले बताए ।

कतारको समय अनुसार बिहाना ११ बजे देखी संचालन हुने उक्त कार्यक्रमको टिकट शुल्क भने करि १०० रहने आयोजकले जानकारी गराएको छ।

 

तपाईको प्रतिक्रिया

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....