कतारमा चलचित्र छक्का पञ्जा २ ले तान्यो दर्शक

प्रकाशित मिति: २६ कार्तिक २०७४, आईतवार १२:५७  

दोहा- यो वर्षकै सर्वाधिक सफल चलचित्र छक्का पञ्जा २ कतारमा पनि हाउसफुल का साथ प्रदर्शन भएको छ।

गत शुक्रबार कतारको सनैय स्थित ग्रान्ड मल  एसियन टाउन सिनेमामा प्रदर्शित यस चलचित्र हेर्न उल्लेखनिय दर्शकहरुको उपस्थिति रहेको थियो।त्यस्तै झण्डै सयको संख्यामा दर्शकहरुले टिकट नपाउँदा फर्कन समेत परेको थियो।

साथै आयोजकले दर्शकहरुको मागलाई मध्यनजर गर्दै चलचित्र पुनः आउँदो शुक्रबार सोही समय र हल मा प्रदर्शन गर्ने भएको छ।त्यस्तै समयमै आफ्नो टिकट बुकिङ गरी ढुक्क हुन आयोजक कस्तो राम्रो इभेन्टस ले दर्शकहरुलाई अनुरोध समेत गरेको छ।

टिकट बुकिङ तथा थप जानकारीको लागि ५०९१६३८७ र ७४७३७१४३ मा सम्पर्क गर्न सकिनेछ।

दीपाश्री निरौला निर्देशित चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे, बर्षा राउत, जितु नेपाल, शिवहरि पौडेल, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

नेपालमा यो चलचित्रले १५ करोड हारहारीको व्यापार गरेको थियो । केही हलमा अझै यो चलचित्र चलिरहेको छ ।

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....