कतारमा समेत लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान ।

प्रकाशित मिति: २६ कार्तिक २०७४, आईतवार १८:३४  

एनक्यूखबर, दोहा – कतारमा  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको शाखा कतार तदर्थ समिती गठन भएको छ ।

बहुजाति, बहुभाषी तथा बिबिध सँस्कृतिको धनि देश नेपालमा राष्ट्रिय पहिचानको रुपमा रहेको लोक तथा दोहोरी गीतलाइ व्याबस्थित तथा मर्यादित बनाउन बिक्रम सम्बंत २०५८ सालमा स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पछिल्लो संशोधित बिधान बमोजिम कतार शाखा गठन गर्ने हेतुले तदर्थ समिति गठन गरेको सदस्य तिलु शर्मा पौडेलले एनक्युखबरलाई जानाकारी दिए।

सर्जक दुर्गा पंगेनी तथा प्रतिष्ठान मानार्थ सदस्य ईश्वर काफ्लेको पहलमा गत शुक्रबार दोहाको मुन्ताजा पार्कमा बसेको बृहत् कलाकार तथा आम भेलाले समाजसेबी तथा निर्माता कृष्ण बराल (लमजुङ) को संयोजकत्वमा २२ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

जसमा संयोजक कृष्ण बराल (लम्जुंङ्)सह संजोयक  शक्ति क्षेत्री (पर्बत),उप संजोयक  नानु घले (नुवाकोट)प्रथम सचिव मोहन शाह (अर्घाखाची),महिला सचिव कल्पना काफ्ले (पर्बत)सह सचिव  हरि बिनोद अधिकारि (कास्की),कोषाध्यक्ष शिवराम ढकाल (स्याङ्जा) ,सह कोषाध्यक्ष रित कुमार श्रेष्ठ (तनहुँ) तथा सदस्यहरुमा  तिलु शर्मा पौडेल (म्याग्दी), शरद पाण्डे (दांङ),सुर्य बहादुर गायक (कास्की),प्रेम अधिकारी (कास्की),श्याम डी.सी. (बाँके),जोयल परियार (इलाम),दिपेन्द्र सुनार (गुल्मी ),पूर्ण नेपाली (पाँचथर),इमान सिंह ठकुरी (बाँके), बिष्णु अधिकारी (पर्बत),मेघ मोक्तान (रौतहट),छम परियार (बाग्लुंङ्),तुल बहादुर परियार (कास्की) रअजित सुनार (गुल्मी) चयान भएका छन । भने ५ सदस्यीय सल्लाहकार समिति भने प्रमुख सल्लाहाकार  दुर्गा पंगेनी (स्याङ्जा),सल्लाहाकार इश्वर काफ्ले (पाल्पा), देविका के.सी. सिन्धुपाल्चोक),पूर्ण नेपालि (पर्बत),र प्रभात त्रिपाठी (कास्की) लाई चयान गरेको छ ।

आगामी ३ महिना भित्र प्रतिष्ठानका केन्द्रीय पधाधिकारी अथवा केन्द्रले तोकेको प्रतिनिधिको प्रमुख आतित्थ्यमा अधिबेशन सम्पन्न गर्ने लक्ष्य लिएको कुरा बताउदै दोहा कतारमा छरिएर रहेका सम्पूर्ण कलाकारहरुलाई प्रतिष्ठानमा एकताबद्ध हुन् समेत संयोजक बरालले आग्रह गरेका छन ।

तदर्थ समित गठन सगै ब्यावसायी तथा  समाजसेबी टीबी कार्कीले कतारमा कलाकारहरूको स्रहानिय कार्यको सुरुवात भएको भन्दै  यस अभियानलाई सफल बनाउन आफुले हदै सम्म सहयोग गर्ने बाचा गर्दै समितिलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए भने सल्लाहाकार तथा लोकदोहोरी प्रतिष्ठान नेपालका मानार्थ सदस्य ईश्वर काफ्लेले  निकै लामो मेहनतले सार्थक रुप लिने बाटो समातेको भन्दै  खुसि ब्यक्त समेत गरेका थिए।

उक्त तदर्थ समीति गठन प्रक्रियामा महत्वपुर्ण भूमिका निर्वाह गरेका  सर्जक पंगेनीले प्रतिष्ठान सिमित व्यक्तिको मात्र संस्था नभई नेपाली कलाकारहरुको साँझा संस्था  रहेको जनाउदै सबै भाषाभाषीका कलाकारलाई संस्थामा आबद्द हुन् आग्रह  समेत गरेका थिए ।

यसै गरि संह संजोयक शक्ति क्षत्रीले सबै विधाका कलाकारलाइ समेटेर उदाहरणीय समिति निर्माण गरेर लोक तथा दोहोरि गीतको सम्मान तथा जगेर्नामा आफु लागिरहने र आफु सधै प्रतिष्ठानलाई उचाई दिनमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

रास्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपालले विधानत सुचि ९ को उपसुची ख को १ मा उल्लेख भए अनुसार नेपाल भन्दा बाहिर कुनै पनि देशमा गठन भएको समितिलाई जिल्ला कार्यसमिति सरहको मान्यता प्रदान गरिएको सदस्य तिलु शर्माले बताए ।

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....