तनहुँ सेवा समाज कतारद्वार एक नेपाली चेलीलाई टिकट सहयोग।

प्रकाशित मिति: ९ मंसिर २०७४, शनिबार ०६:५०  

 दोहा- रोजगारीको शिलशिलामा कतारमा रहेका तनहुँ बासीको साझा संस्था तनहुँ सेवा समाज दोहा कतारले एक नेपाली चेलीलाई सहयोग गरेको छ ।

विगत केेेेहि समयदेेेखी रोजगारीको सिलसिलामा कतारको युनाइटेड कम्पनीमा कार्यरत रहेकी नेपाली चेली पार्बती थापालाई   गत नोभेम्बर ११ तारिकका दिन समाजले नेपाल फिर्ताका लागी  हवाई टिकट उपलब्ध गरेको समाजका महासचिब पदम गिरीले एनक्युखबरलाई जानाकारी दिए ।

झापा घर भएकी पार्बती थापाको कम्पनी बन्द भएकाले र स्वस्थ्य स्थिती पनि बिग्रदै गएकाले गर्दा संस्थापक सदस्य तथा वर्तमान सल्लाहाकार  करिम बक्स मियाँको पहलमा तथा  तनहुँ सेवा समाज कतारका अध्यक्ष  केश गुर्माछन मगर, उपाध्यक्ष  नारायण ढुंगाना ,महासचिव पदम गिरी र कोषाध्यक्ष गणेश छेत्री को उपस्थितिमा उक्त टिकट थापालाई प्रदान गरिएको गिरीले बताए।

अध्यक्ष गुर्माछन मगरले समस्यामा परेकी  नेपाली चेलिलाइ सहयोग तथा उद्दार गर्न  पाउदा खुसी रहेको बताए साथै मगरले उक्त सहयोगको बाताबरण को पहल कर्ता करिम बक्स मियाँलाई धन्यावाद प्रकट समेत गरेका थिए ।

यसै गरी संस्थाका  प्रथम उपाध्यक्ष  नारायण ढुंगानाले प्रबासमा देखिएका नेपालीहरुको हरेक सुखदुखलाई तनहुँ सेवा समाजले  अागामीदिनमा अझै सशक्त ढङ्गले हातेमालो गर्दै  अगाडी बढ्ने बताए ।

अन्त्यमा पीडित चेली पार्बती थापाले तनहुँ सेवा समाजले गरेको सहयोगलाई धन्यवाद  दिदै अागामी दिनहरुमा संस्थाले अझ बढी सामाजिक कार्य गर्दै संस्थाको प्रतिष्ठा बढाउन सकोस भन्ने कामना समेत गरेकी थिईन ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....