पारदर्शिता अभिवृद्धिका लागि सूचनाको हक सम्बन्धि अभिमुुखीकरण सम्पन्न

सार्वजनिक निकायमा सुुशासन र पारदर्शितामा जोड दिनुु पर्ने-आयुुक्त किरण पोख्रेल

प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलवार १२:०७  

सोम गुुरुङ्ग,नेपालगन्ज २८ कार्तिक / नेपालगन्जमा भएको एक कार्यक्रममा सहभागीहरुले सार्वजनिक निकायमा अझै पनि सूचनाहरु समयमा नपाएको गुुनासो ब्यक्त गरेका छन् । यूएनडिपीको सहयोग तथा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, बाँकेको आयोजनामा नेपालगन्जमा सार्वजनिक निकायहरुको सेवा प्रवाहमा पारदर्शिता अभिवृद्धिका लागि सूचनाको हक सम्बन्धि अभिमुुखीकरण कार्यक्रम तथा सन्जाल निर्माण भएकोको छ ।
सो सूचनाको हक सम्बन्धि अभिमुुखीकरण कार्यक्रममा सूचनाको हक, सूचना माग गर्ने तौरतौरिका र सूचनाको हक सम्बन्धि नेपालमा रहेको कानुुनी प्रक्रियाको बारेमा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, बाँकेका कार्यकारी निर्देशक राकेश कुुमार मिश्रले अभिमुुखीकरण गर्नुु भएको थियो । त्यसै गरि नेपालगन्ज उपमहानगरपािलका वडा नं. १० का वडा अध्यक्ष बिन्दुुभुुषण बस्नेत, वडा नं. ५ का वडा अध्यक्ष कैफुुलवरा जोलाह, वडा नं. ११ का वडा अध्यक्ष उज्जवसिह राठोरले आफनो वडा कार्यालयमा सदैव सुुशासन र पारदर्शिताा कायम गर्ने र स्थानीय नागरिकको काम छिटो छरितो गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
सोही अवसरमा राम सुुवाहन सोनकरको संयोजकत्वमा ३५ सदस्यीय नगर स्तरीय सूचनाको हक सम्बन्धि सन्जाल निर्माण गरिएको छ । सो सन्जालमा उपसंयोजक पुुनम श्रेष्ठ, सदस्यहरु अर्जनुु जैसी, साहिल अन्सारी, बिरेन्द्र थापा, शैलेन्द्र कुुमार वैश्य, श्यामा यादव, रुवी साई, सहाबुुद्धिन हलवाई, श्वेता गुुरुङ, प्रेम पाण्डे, बिष्णुुलाल कुुमाल, तारा थापा, अस्मिता थापा, आनन्द गुुप्ता, दिनेश क्षेत्री, जहिरुल हक जिनुु लगायतका सदस्य रहेका छन् । सो सन्जालले सार्वजनिक निकायमा रहेका बिषयगत क्षेत्रबाट उपलब्ध हुुने कार्यहरु स्थानीय नागरिकलाई जानकारी दिने र सूचनाको हकमा सचेतीकरण गर्ने र आम नागरिकमा सहज तरिकाले सूचनामा पहुच  गराउने कार्य गर्दछ ।
सो कार्यक्रममा प्रमुुख अतिथि राष्ट्रिय सुुचना आयोगका आयुुक्त किरण पोख्रेलले अझै पनि ९५ प्रतिशत स्थानीय नागरिकहरु सूचनाको हक बारे अनभिज्ञ भएको बताउनुु भयो । र साथै उहाँले सुुशासन र पारदर्शिताका लागि एक बलियो औजारको रुपमा सूचनाको हकलाई प्रयोग गर्नुु पर्ने बताउनुु भयो । सोही अवशरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव राम प्रसाद दाहालले सूचनाको हकको बारेमा सम्पुुर्ण स्थानीय तह र सार्वजनिक निकायहरुमा प्रचार प्रसार गर्नुु पर्ने आवश्यक रहेको बताउनुु भयो । स्थानीय निकायमा पारदर्शिता, सुुशासन र जवाफदेहिता कायम गर्न सूचनाको हक ज्यादै महत्वपूर्ण औजार भएकोले यो कार्यक्रमको आयोजना गरिएको सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, बाँकेका कार्यक्र संयोजक लक्ष्मी तिवारी जानकारी दिनुुभयो । सो कार्यक्रम सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, बाँकेका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....