जनसम्पर्क समिति कतारद्धारा चुनाव प्रचार प्रसार उपसमिति गठन

प्रकाशित मिति: २९ कार्तिक २०७४, बुधबार १४:२४  

एनक्युखबर, कतार।
नेपालमा आशन्न प्रतिनिधि सभा र प्रदेश सभामा नेपाली कांग्रेसका उमेद्ववारहरुलाइ बिजयी गराउन नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिति कतारले उपसमिति गठन गरि प्रचार प्रसार शुरु गरेको छ ।

जनसम्पर्क समिति कतारका माहामन्त्री मो. अजिज अलिको संयोजकत्वमा ३१ सदस्सीय मूल समिति र ७ वटा प्रदेश संयोजक चयन गरेको जनाएको छ । कतारको कार्यसमितिका सबै रहनेगरी मुल समिति र प्रदेशका प्रत्यक जिल्लाको न्युनतम १ जना रहने गरि २१ सदस्सीय समिति गठन गरिएको महामन्त्री मो. अजिज अलिले जानकारी दिए ।

जिल्ला सदस्यले आफनो संयोजकत्वमा सबै निर्वाचन क्षेत्रका १ जना सदस्य रहने गरि समिति बनाई देशै भरिका कांग्रेस उमेद्ववारहरुको लागि सामाजिक संजाल, मिडिया र फोन मार्फत मतदाताहरु संग मत माग्ने अभियान समेत सुरु गरेको महामन्त्री मो. अलिले बताए ।

साथै महामन्त्री अलिले कांग्रेस केन्द्रीय कार्यालयले जनसम्पर्क समितिहरुलाई चुनावमा सघाउन समिति गठन गरि प्रचार प्रसार गर्न भनि निर्देशन दिएकोले सोहि बमोजिम समित गठन गरिएको र जनसम्पर्क समितिमा आवद्दहरुलाई चुनावका लागि नेपाल जान तथा नेपालमै रहेका हरुलाई चुनावी अभियानमा सक्रिय रुपमा खट्न आह्वान गरिएको बताए ।


समितिको सल्लहाकारहरुमा कांग्रेस महासमिति सदस्य बद्री पाण्डे, नरेन्द्र भाट र महाधिवेशन प्रतिनिधिहरु क्रान्ति सिंह र धिरज चामलिंग राइ र कावा सभापति शंकर न्यौपाने रहेका छन् ।

यस्तै प्रदेश नं १ संयोजकमा अर्जुन चापागाई, प्रदेश नं २मा मो. शाकिर अलि, प्रदेश नं ३मा इश्वर पौडेल, प्रदेश नं ४मा दिपेन्द्र जंग लामिछाने, प्रदेश नं ५मा कमल अर्याल, प्रदेश नं ६मा सुरत बहादुर बिष्ट र प्रदेश नं ७को संयोजकमा कृष्ण अयर रहेका छन ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....