नेपालगन्ज म्याराथन–२०१७ सम्पन्न

उपाधी जुम्लाका दुर्गाबहादुर बुढाले हात पारे

प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलवार १२:०२  

नेपालगन्ज ५ मङ्सिर / नेपालगन्ज म्याराथन–२०१७ को उपाधी जुम्लाका दुर्गाबहादुर बुढाले हात पारेका छन । यसैगरी नेपाली सेनाका खडक बहादुर खडका दोश्रो र सशस्त्र प्रहरी बलका गणेशसिंह ठकुरी तेश्रो भएका छन । प्रथम बुढाले नगद ५५ हजार, दोश्रो खडकाले २५ हजार र तेश्रो ठुकरीले १५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरी २१ किलोमिटरको हाफ म्याथनको उपाधी नेपाली सेनाका रेसु बस्नेतले जितन । यसैगरी ५ किलोमिटर दौड पुरुषतर्फ जुम्लाका नरेश बुढा प्रथम, बिवेक कठायत दोश्रो र बाँकेका अरबिन्द क्षेत्री तेश्रो भए । महिला तर्फ जुम्लाका राममाया बुढा प्रथम, अमृता भण्डारी दोश्रो र सल्यानका चन्द्रकुमारी घर्ती तेश्रो भए । व्हीलचेयर दौडमा कमल बुढा प्रथम, नन्कु थारु दोश्रो र दीपक दराई तेश्रो भए ।
क्रियटिभ ह्याण्डस आयोजक र बाके जिल्ला एथ्लेटिक्स सङघ सहआयोजक रहेको प्रतियोगितामा सबै दौडमा ६५० बढि खेलाडीको सहभागिता रहेको आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । विजेता खेलाडीलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा। धवलशम्शेर राणा लगायतले पुरस्कार बितरण गरेका थिय ।

तपाईको प्रतिक्रिया

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....