कविता-चिहान माथीकाे गुलाफ

प्रकाशित मिति: ६ मंसिर २०७४, बुधबार १५:१८  

अब त भत्कंदै भत्कंदै गएछन
तिमीले झाेला बिसाएका बिसाउनीहरू

कसैले बञ्चराे चलाएकाे मुढा झैं
भांचिएर ठुटाे परेछ पिपलकाे हांगाे

हात हल्लाउंदैनन यही बाटाे गएकी छे भनेर
अाजभाेली चुलेत्राेका धारिला पातहरू

कस्ताे निराश छ अहिले त्याे भेककाे हावा
कुनै सुगन्ध लिएर उड्दैन तिम्राे कस्तुरीकाे

चाेरिएछन अज्ञात हातहरूबाट
मेराे अाैंलाहरूले नाम काेरेका पर्खालका भित्ताहरू

फुटालिएछन निर्ममता पूर्वक
तिमीले टेक्दै टेक्दै हिनेका बाटाेका छपनीहरू

छैनन तिमी बसेका बेन्चहरू, डेस्कहरू
नामाे निशाना मेटेर भत्काईएछ छानाे

एक टुक्रा माटाे समेत नभेटिने गरि पुरिएछ
तिम्राे र मेराे संबन्धकाे चिहान ।

तथापी
बांकी रहेछन केही अवशेषहरू
जस्ताे कि
एक अंगालाे शित्तल बाेकेर
बाटाेमा कुरिरहेकाे बुढाे समीकाे रूख

विस्मातका अांखाहरूले हेरिरहेकाे
नजिकैकाे अतिक्रमित शिवालयकाे पाटी

र तिमीले एक छेउ टेकेर अगाडि जाने
ढलेकाे धुरी खांवाे

यी सबै एउटा ईतिहास हुन
ढलेकाे दरवारकाे ईतिहास जस्तै

तिमी त्यही बाटाे हुँदै गुज्रियाै भने कुनै दिन
त्येसैकाे पर यादहरूकाे बगैँचा भेटिनेछ
एउटा गुलाफकाे फुल टिप्नु
र प्रेमले लगाउनु शिरमा

याे दिलकाे त्यही भग्नाबशेष हुं म
म त्यहीं फुलिरहेकाे हुनेछु
माथी पुरानुकाेट गढीकाे पाखैभरी
राताम्य पाेखिएकाे गुराँसकाे रङ झैं ।

‘बालक’
22 Nov 2017

तपाईको प्रतिक्रिया

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....