साउदी अरबमा पनि मञ्चले स्वर्गीय दाहाल र पाख्रीनद्वयको श्रद्धाञ्जली सभा गरे ।

प्रकाशित मिति: ९ मंसिर २०७४, शनिबार ०४:०३  

बाबुलाल बुढा मगर । साउदी अरब- दम्माम २४ शुक्रबार २०१७ का दिन नेकपा माओवादी केन्द्र निकटको प्रबास संगठन नेपाली जन प्रगतिशील मंच साउदीले नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य क. साकार दहाल (प्रकास) र पुर्ब सांसद तथा जनवादी गायक क .खुसीराम पाख्रीनको सम्झनामा दमाम स्थित सनराइज कार्गो हलमा एक कार्यक्रमको आयोजना गरि श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ।

गत मंसिर ३ गते असामयिक निधन भएका दहाल तथा उनैको सम्झनामा गत मंशिर ५ गते चितवनमा वाम गठबन्धनले आयोजना गरेको श्रद्धाञ्जली सभामा गित प्रस्तुत गर्दै गर्दा हृदयघातका कारण मृत्यु भएका स्वर्गीय खुसिराम पाख्रीन प्रती एकै साथ श्रद्धाञ्जली सभा सम्पन गरेको हो ।

नेपाली जनप्रगतिसिल मंचको प्रबक्ता रामचन्द्र वाग्लेको सन्चालनमा र अध्यक्ष कमल शाही(निर्मल)को सभापतित्वमा प्रमुख अतिथि कमल महत र बिशिस्ट अतिथि नेपाली दूतावासका पुर्बी दमाम स्थित स्थानीय कर्मचारी हरि घिमिरे नेकपा एमाले निकट प्रबासी नेपाली मंच क्षत्रीय सल्लाहकार रामकृष्ण घिमिरे उपाध्यक्ष जेन लामा र सचिब देबेन्द्र सुवेदी त्यसै गरि नेपाली जन प्रगतिशील मोर्चाका अध्यक्ष भानु प्रदेशी एनआरएनए अभियान्ता धर्म केसि  लगायतले सोक मन्तव्य दिएका थिए कार्यक्रम ब्याबस्थापन टेक्निकल सहयोगी तथा पत्रकार ओम फुयाल ( अनिश बाबा )ले प्रत्येक्ष लाइभ र युट्युब मार्फत प्रसारण गरेका थिए ।

महान सहिदहरुको सम्मान र संम्झनामा १ मिनेट मौन धारण सहित शोक धुनबाट औपचारिक कार्यक्रम सुरु गरिएको थियो स्वर्गीय द्वय क. प्रकाश र पाख्रीनको फोटोमा अबिर मालाले माल्यरोपन गरिरहदा हल शोकमय भएको थियो ।
त्यसै गरि मंचका उपाध्यक्ष द्वय शिबराज जैसी र जयकुमार क्षितिज लगायत कोषाध्यक्ष स्वागत पुन र भक्त कार्की लगायत मंचका केन्द्रिय सदस्यहरु क्षेत्रीय अध्यक्ष बाबुराम तामाङ र  सोनाम डिम्डुङ सल्लाहकार बिदुर पौडेल
लगायत क्षेत्रीय समिति प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो पार्टीले एकै पटक दुई होनहार ब्याक्तीलाई गुमाउनु पर्दा वामपान्थी आन्दोलनमा अपुर्णयी क्षती पुगेको र शोकलाई शक्तिमा बदलेर अगाडि बढनु पर्ने निश्कर्ष सहित कार्यक्रम अध्यक्ष कमल शाही निर्मल बाट समापन भएको थियो ।

मंचका उपाध्यक्ष लाई बिदाइ ।

 साउदी अरबको एकदशक लामो कर्मभुमी बसाई लाइ अन्त्य गर्दै केही पछि नेपाल फर्कने भएकोले उपाध्यक्ष जयकुमार लामा (क्षितिज) लाई सगठन लाई अमुल्य योगदानको कदर गर्दै खादा ओढाएर सम्मान पत्र सहित
स सम्मान बिदाइ गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....