याक्थुङ चुम्लुङ ले बहराइन बहराइन मा चासोक तङ्नाम मनाउने ।

प्रकाशित मिति: ९ मंसिर २०७४, शनिबार १२:१५  

नारायण रपाल बिस्वकर्मा/बहराईन ।

बहराइन मा स्थापित किराँती लिम्बु हरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ बहराइनले लिम्बू समुदायको चाड चासोक तङनाम – ५०७७ (उधौली पर्व-२०७४) लाई भब्यरुपमा मनाउने भएको छ ।

भाषा, लिपि, धर्म, संस्कार, संस्कृतिक संरक्षण सम्बर्द्धन गर्दै प्रत्येक बर्ष मनाउदै आएको चासोक तङ्नाम यसपटक मानमा को हुर्‍आ स्थित इन्द्रेणी नेपाली रेस्टुरेन्ट मा मनाउने निधो गरेको छ ।
बहराइनमा रहेका समग्र संघ संस्था संगठनका प्रतिनिधि को उपस्थिति मा हुन लागेको कार्यक्रम मा शुभकामना आदान-प्रदान सहित नेपाली पहिचान, मौलिकता झल्काउने विविध मनोरञ्जनात्मक साँस्कृतिक समेत प्रस्तुत गरिनेछ । कार्यक्रम लाई अन्तरास्ट्रिय कलाकार समाज बहराइन र अन्तरास्ट्रिय कलाकार मंच बहराइनको तर्फबाट स्थानिय कलाकारहरुको सहयोग रहने जानकारी कियाचु बहराइन का अध्यक्ष बिरेन्द्र तुम्हापो ले दिएका छन ।
आउदो डिसेम्बर ८ शुक्रबार का दिन हुन लागेको कार्यक्रम मा बहराइनमा रहनुभएका सम्पुर्ण नेपालिजन लाई उपस्थिति को लागि किरात याक्थुङ चुम्लुङ ले अपिल गरेको छ ।
कार्यक्रम दिउँसो ४ बजे बाट सुरु हुनेछ !

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....