मेची महाकाली कतारद्वार टिसट वितरण ।

प्रकाशित मिति: ९ मंसिर २०७४, शनिबार १५:४०  

कतार।  मेची महाकाली सेवा समाज कतारद्वार  आफ्नो मासिक भेला सगै संस्थामा आबद्द  सदस्यहरुलाई संस्थाको लोगो अंकित टि-सर्ट/ परिचय पत्र बितरण गरेको छ।

गत शुक्रबारका दिन कतारमा एक कार्यक्रमबिच उक्त  लोगो अंकित टि-सर्ट/ परिचय पत्र बितरण गरेको  केशब चापागाईले जानकारी दिए  ।

उक्त कार्यक्रकमा समाजका केन्द्रीय समितीका अध्यक्ष द्रोण प्रसाद भेट्वालले तीन जनाबाट सुरू गरेको सस्था तीस जना सम्मा अबाद्व हुनुमा  संस्थाको पहिलो उपलब्धी भएको भन्दै खुसी प्रकट गरेका थिए । भेट्वालले संस्थाले आफ्नो पहिलो उदेश्य अनुसार झापाको बिर्तामोडमा सीप मुलक तालिम केन्द्र स्थापनाको काम ७५% पूरा गरेको सम्पुर्ण सदस्यहरुलाई अबगत गराउदै  अब केही दिनमानै  सीप मुलक तालीम केन्द्रले पुर्णता पाउने  बताउदै  उक्त  सिलाइ बुनाइ र बुटिङ निशुल्क सेवा उपलब्ध समेत गराउने समेत बताए ।

विशेष सल्लाहकार केशब चापागाईंले सन्चालन गरेको कार्यक्रममा केन्द्रीय समिती महा-सचिब लिला प्रसाद गौतम र संस्थापक तथा कोषाध्यक्ष इश्वर सिंह महताले पनि आ-आफ्नो बिचार राख्दै प्रबासमा बसेर पनि  देशको सेवा गर्न सकिने कुरामा जोड दिए ।

कतारमा बैदेशिक रोजगारमा रहेका युवायुवतीका हरेक समस्या सावधान गर्ने,संस्थामा आबद्द सदस्यलाई स्वरोजगार मुलक सीप सिकाई आत्मनिर्भर बनाउने तथा विश्वका हरेक कुनामा रही परिश्रम गर्दै आएका सम्पुर्ण नेपालीको आवाज सुनुवाई गर्दै हरेक समस्याको सावधान गर्ने मुल उदेश्यले गत जुनमा मेचीमहाकाली सेवा समाज गठन गरिएको थियो ।

केन्द्रीय समीतीका अध्यक्ष दोर्ण प्रसाद भेटुवालको संयोजकत्वमा रहेको  उक्त संस्थामा उपाध्यक्ष बालकुमारी परियार ,संस्थापक तथा कोषाध्यक्ष इश्वर सिंह महता, महा-सचिब लिला प्रसाद गौतम , सचीव धनमाया लिम्बू,सह-सचिब सुरज थापा मगर त्यस्तै विशेष सल्लाहकार केशब चापागाईं रहदै अाएको छ भने समाजको एरिया समितीमा अध्यक्ष अन्जिप शाही,उपाध्यक्ष रण बहादुर कटुवाल,कोषाध्यक्ष सुजित डंगोल र सचिब दुर्गा बहादुर कुवर रहएका छन ।

यसै गरि संस्थाको ईकाई समितीमा अध्यक्ष रहुदिन मिया,उपाध्यक्ष सोभा सुनार,सचिब आल बहादुर गाहा,सह-सचिब किरण नेपाली त्यस्तै कोषाध्यक्ष सानू भाई खत्री छन भने   सदस्यहरु क्रमश: राम माया तामाङ,अमर बहादुर राउत,आकाश बहादुर लाहय,तिर्थ धमला,दुर्गा बहादुर लिम्बू,योगेन्द्र लिम्बू,टंक बिक,नुर आलम,भोज बहादुर परियार,गोपाल गाहा,अनिल अर्याल,याम कुमारी शाह,हरी चन्द्र थापा,समीर थिङ लगायत सस्थामा अाबद्द छन ।

न्युज ःकेशब चापागाईंको सहयोगमा

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....