हरेक नेतामा बिपि, मदन भण्डारी जस्तो छवि खोज्नु हामी नेपालीको कमजोरी हो

प्रकाशित मिति: ९ मंसिर २०७४, शनिबार १६:०२  

सुरेश भट्ट ,कतार । हरेक नेतामा बिपि, मदन भण्डारी जस्तो छवि खोज्नु हामी नेपालीको कमजोरी हो। अब हामिले खोज्ने भनेको ऊर्जाशील बिकासप्रेमी युवा नेतृत्व हो।

नेपालको अवस्था हिजोको दिनहरुमा भन्दापनी खस्किदै गैइरहेको वर्तमान अवस्थामा यूवा पूस्ता विदेश पलायन हुनुमा खासै  पुराना राजनितीक दलहरुको ध्यान गएको देखिन्न ।

चूनावको संघारमा कागजका खेस्राहरुमा लेखिएका सुनौला हरफहरुमा अब तपाई हामी कसैलेपनी विश्वाश गर्ने वातावरण छैन ।
दिनहुँ आफ्नो भविष्य खोज्न खाडिमा हिडेका यूवाहरुलाई न कुनै राजनितीक दलहरुले रोजगारको अवस्था सिर्जना गरेका छन् न अब गर्ने वाला नै छन ।

दुइछाक जोहो गर्न र खाडि भासीएका यूवाहरु भन्छन नेपाल अझै बन्दैन । कस्ले बनाउने ? पुराना नेताहरुको सबैको नेतृत्व हेरीयो , पार्टी फेरियो तर खै हाम्रो जिवनस्तर फेरिएको? ! यि र यस्ता खाडिका दर्दनाक पिडाहरु देखेका, भोगेका खाडिमै लाख भन्दा माथि कमाइ भएपनी नेपालमै केही गर्नु पर्छ ।

मैले सानो तिनो काम गरेभने म लगाएत २/४ जनाले रोजगारी पाउनेछन भन्ने हेतूले नेपाल फर्किनू भएका पदम भण्डारी भन्नु हुन्छ – “देशले के गर्यो हैन मैले देशको निम्ति के गरे भनेर सोचौ ! कसरी देशलाई समृद्ध बनाउन सकिन्छ? , कसरी हाम्रो समाजलाई उध्यमशील समाज बनाउन सकिन्छ? ! कसरी सामूहिक लगानिमा व्यापार ब्यबसाय गरी नेपालमै आत्मनिर्भर बन्न सकिन्छ? यस्ता कुराहरुमा ध्यान दिनूपर्ने बताउनू हुन्छ उहाँ  ।

मैले पनी जिबनको आधा दशक विदेशमै विताए , विदेशको पिडा मैले पनी भोगेको छु, अझ हाम्रा ति दाजूभाइहरुले त झन कति कती , दिनरात मेहनेत गरेर मरुभूमिलाई सुन्दर हराभरा बनाउने हाम्रा  दाजूभाइ, विबिधताले  भरपूर्ण नेपाललाई त बनाउन नसक्ने त कुरै भएन  शिर्फ इच्छाशक्ति  स्थिर सरकार यूवा रोजगारको वातावरण , बन्नूपर्यो ।

यो सबै परिवर्तनको सम्बाहक तपाई हरुनै हो । देश बनाउने शक्ति तपाईनै हो, म नै हो । दैनिक १२/१४ घण्टा ४०/४५ डिग्रीको तापक्रममा काम गरेर मासिक २५/३० हजार कमाइ भन्दा नेपालमा नै आफ्नो करेसाहरुमा पाखो बारीहरुमा भौगोलिक भू – बनावटको अनूसार कृषि लगाएतका कामहरु गर्ने हो भने मनग्य आम्दानि हुने बताउनू हुन्छ उहाँ  ।

राजनितीक परिस्थिति पनी  हिजो भन्दा आशा लाग्दा र भरोसा गर्न योग्य व्यक्तिहरुले समाज रूपान्तरण र समृद्ध नेपाल   तपाई हाम्रै जिवनकाल बनाउनका लागी परेका छन ।
अब नेपालमा यूवा जोस र विकाश प्रेमी यूवाहरुले देशलाई नयाँ गन्तव्यमा पुर्याउनेमा सबै नेपाली दाजूभाइ दिदीबैनिहरुले दृढ़  विश्वाश लिनुपर्ने र हिजोका बिपि र मदन हैन अब विकाशप्रेमी यूवाभित्र हामीलाई हेर्न पनी आम नेपालीहरुलाई आग्रह गर्नुहुन्छ उहाँ।

आफ्नो राम्रो रोजगार छोडेर स्वदेश मै उध्यमी बन्दै सु-संस्कृत राजनीतिको माध्यम बाट समृद्ध नेपाल को सपना बोकि फर्किनुभएका मित्र तथा नेतृत्व पदम भण्डारी ज्यु लाई शुभकामना ।

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....