कविता – ‘ह्याप्पी वर्थ डे’ छाेरा

प्रकाशित मिति: १२ मंसिर २०७४, मंगलवार १६:१०  

तिमीलाई याद हुने कुरै भएन
न्यानाे कपडामा बेर्ह्रिएर झाेलुङ्गाेमा हल्लीएकाे
ताताे ताताे मेथी पड्काएकाे तेलले
तालुमा ताते ताते गरेर अामाका हातले सेकेकाे
फूलका थूङ्गा जस्ता पाइताला जाेगाउन
जुत्ताकाे लेस कसेर चाेर अाैंला समाई डुलाएकाे
ऋणकाे भारी थाप्लाेमा बाेकेरै सही शहरमा राखी
सरकारी स्कुलकाे साटाे बाेर्डिङ स्कुल पढाएकाे
अाफुलाई जाडाेमा गरम ‘ज्याकेट’ किन्ने रहर थांती राखेर
तिमीलाई न्यानाे स्विटर खरिदेकाे
मुश्किलले किनेकाे सानाे खेलाैना हेरेर फिस्स हांसेकाे
म तिनै गुदगुदे हासाे संझिरहन्छु
तिम्राे हातकाे अाइसक्रिम
र अांखाकाे डिलबाट झर्दै गरेकाे अाँशुकाे ढिका संझीन्छु
हरेक दिन हलक्क बढ्दै गरेकाे
अाेंठ माथीकाे जुङ्गाकाे रेखी संझीन्छु
माेटरवाइककाे चावी
र पछिल्लाे सिटमा लहराइरहेकाे गुलावी ‘चुनरी’ संझीन्छु
एक दिन,
‘डाइनिङ टेवल’मा भात खांदै गर्दा
घर छाेड्ने अादेश अाएकाे संझीन्छु
ठिक त्येही दिनकाे राती
म बेघर भएकाे संझीरहन्छु
थाहा छ धुलाेसंग भित्ताे टांसिदैन
तिम्राे जिवनकाे भित्ताे मजबूत रहाेस
म संग जन्मदिनकाे ‘केक’ काट्ने अाैकातै कहां छ र !
अब त याे ज्यान हावा हुरी छेक्ने सामार्थ्य पनि राख्दैन
यद्यपी,
सडकबाटै याे भत्केकाे छानाे
तिम्राे जन्मदिनकाे शुभकामना भनिरहेछ ।
‘ह्याप्पी वर्थ डे’ छाेरा !!
©बालक
११ मंसिर २०७४

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....