मेरुदण्ड पीडित बमजनलाई साउदी मंचको आर्थिक सहयोग

प्रकाशित मिति: १४ मंसिर २०७४, बिहीबार १३:४६  

साउदी अरब – यहि मंसिर १४ गते नेपाली जन प्रगतिशील मंच साउदी अरबले मंचका उपाध्यक्ष जयकुमार तामाङ क्षितिज मार्फत सिन्धुली जिल्ला घ्याङलेक गाउपालिका वडा न-१ निवासी मेरुदण्ड पीडित सुरेन्द्र कुमार बम्जनलाई रु २७३३० रुपया आफ्नै निबासमा भेटेर हस्तान्तरण गरिएको छ ।

निज बमजन बिगत ५ बर्ष पहिला सिन्धुली सदरमुकामबाट घर फर्किदा बाटोमा अचानक खुट्टा चिप्लिन गई लगभग १०० मि. जति तल झर्दा मेरुदण्ड भाँचेको र तत्कालै सिन्धुली जिल्ला अस्पताल हुँदै काठमाडौ त्रीपुरेश्वर स्थित ब्लु क्रस हस्पिटलमा अप्रेसन गर्दा पनि अहिले सम्म केही सुधार नभएकोले छाती भन्दा मुनिको भाग हलचल समेत गर्न नहुने हुदा पुर्ण अपाङ्ग भएको अबस्था छ ।

घरमा नबालक २ छोरा र श्रीमती मात्र रहेको निम्न बर्गका सुरेन्द्रले अलि अलि भएको रकम पनि पनि पहिला नै उपचारमा सकिसकेका छन ।

अहिले आर्थिक स्थिति एकदमै नाजुक भई थप उपचार गर्न नसकेको हुदा उनले देश बिदेशमा रहेका स्त मित्र देखि परिचित अपरिचित शुभचिन्तक सबैमा आफ्नो जीवन बचाउन आर्थिक सहयोगको अपिल समेत गरेका छन ।
बाल्यकालको बिध्यार्थी जिबनबाट नै माओवादीमा लागेका सुरेन्द्र बमजन (मिलन ) १० बर्षे महान जनयुद्धमा होमिएका थिए पार्टी प्रती कृयाशिल सजक र साहसी योद्धा हुन उनि सङ्गैका सहयात्रीहरु युद्धमा ढल्दै गर्दा देशका लागि निरन्तर अघि बढिरहने कसम खाएका बमजन अहिले शारिरिक अशक्तताका कारण पार्टिमा सक्रीय भुमिका निर्बाह गर्न नपाउदा अत्यन्तै दुखित छन र अझै पनि आशावादी छन ।

देश बिदेशबाट संकलित सहयोग रकमले उपचार पाएर स्वास्थ्य स्थिती परिवर्तन भए फेरि पार्टिमा आफ्नो कर्तब्य र भुमिका निर्बाह गर्ने प्रतिबद्धता ब्यक्त गर्छन  अहिलेको अबस्थामा मान्छेहरुको उपचारको लागि स्टेम सेल ( stem cell ) भन्ने औषधिको उत्पादन गरेको हुदा उक्त औषधि अहिले सम्म नेपालमा नआएको र चिन, युरोप , अमेरिका र भारतको दिल्लिमा मात्र रहेकोले उपचारको लागि रकम सङ्कलन भए चिन र भारत मध्ये एक ठाउमा गई उपचार गर्ने मेरो उदेश्य छ ।

उनले भनेका छन डाक्टर संग सल्लाह गर्दा कयौ मेरुदण्ड भाँचेर १०/१५ बर्ष नहिडेका बिरामी यो औषधि प्रयोग गरेपछी सफल भएको जानकारी दिएकोले निज पीडितले पनि यो औषधि प्रयोग गरि सफल जीवन जिउने अपेक्षा राखेका छन डाक्टरले उपचारमा कति रकम लाग्छ भन्ने बारे भने यकिन गर्न नसके पनि कम्तीमा २५ लाख देखि ३० लाख नेपाली रुपैयाँ लाग्ने अनुमानि छ ।

अन्तमा पीडित सुरेन्द्र बमजनलाई सहयोग गर्ने सबैमा मंचका अध्यक्ष कमल शाही निर्मलले हार्दिक धन्यवाद दिएका छन ।

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....