जिवन र मृत्यु ।

प्रकाशित मिति: २२ चैत्र २०७३, मंगलवार ०४:०३  

चिसाङ्ग शेर्पा -खोटाङ्ग सृष्टिकर्ता देखि सुरुवात भएको यो सस्कार सदियौसम्म रहिरहनेमा कोहिको दुईमत त नहोला अक्सर त्यही जन्म र मृत्युबिचमा हामीले इतिहास कायम गर्ने सुयोग्य कर्म गरेर सन्सारलाई अलविदा गर्नु जिबनको अर्को नाम दिनु हो ।

 हरेक मान्छेको जन्मको पछाडी अर्को पात्र लुकेका हुन्छन,जन्म लिनु उसको कर्तव्य हो दुनियाँमा आफुलाई स्थापितको पात्र बनाउनु उसको जिन्दगीको सार्थकता हो । जन्म त सबैको भएको पाइन्छ तर कोहिको यस्तो जन्म हुन्छ उ मरेर गएपनि पटक पटक लाखौको मुखमा जन्मिरहन्छ ।

जब हामी यो धर्तीमा पाइला टेकछौ तब यो धर्तीले सोच्छ्न रे नव मनुस्यको मेरो छातीमा आवगमन भयो अब उसले मलाई कुल्चेर समाजलाई सहि कार्यमा केन्द्रकृत गर्नेछ । जो कोहिको जन्मपछी मृत्यु त धुर्वसत्य कुरा हो तर त्यही जन्म मृत्युको बिचमा हुने उतारचढाव यस्तो रनभुमी हो जहाँ इतिहास बन्न नि सक्छ बिग्रनु पनि सक्छ ।

 उदाहरणहरु हामिले धेरै नजिकबाट नियालेका छौ सोच्नुस त जन्मदेखी मर्नुभन्दा अगाडिसम्म तपाईंले यो सन्सारको लागी के प्रसङ्सानिय काम गर्नु भयो , म यो समाजलाई के छोडेर जादैछु,मेरो पछाडीका पीडिहरुले म बाट के लिनेछ यो सबै सोच्दा जिन्दगी रनभुल्लमा फसेझै हुन्छ तर यथार्थ यहि हो ।

 यो जन्म र मृत्यु बिचको खाली भागलाई एकपटक हृदयङ्गम गरेर हेर्नुस् त एउटा भकुण्डो भित्र हावा भरिएको जस्तै हो हावा रहिन्जेल त्यो भकुण्डो जहाँ पनि जान सक्छ,यता पनि गोल हुन सक्छ उता पनि फरक यति हो उता गोल भए भकुण्डोलाई सबैले चुम्छन अक्सर यता गोल भए भने सबै इष्र्या गर्छन् ।

 त्यस्तै हो जीवन जसरी हाम्रो जिन्दगीमा पनि प्राण हुन्छ हामी पनि त्यही भकुण्डो जस्तै यताउता तलमाथि गरिरहेका हुन्छौं । त्यही जन्म र मृत्युको मध्य भागमा रहेको प्राणमा यस्तो अतुलनीय काम गरौ ता कि भोलि सबैले वाह,वाह गरून् । मान्छेहरू किन हर,हमेसा मन्दिर जान्छन् ,गुम्बा धाउँछन,मस्जिद चिहार्छन,चर्च तिर पाईला मोडछन्,आखिर त्यही आस्था गरिएको देबताको पुजा गर्न,आराधना गर्न अफसोच तपाई यस्तो मान्छे हुने लक्ष्य लिएर हिंड्नुस मानौ तपाई नै साँक्षी ईश्वर हो ।

जस्ले आफू रोएर अर्कोलाई हसाँउछ,आफू वारि रहेर अरुलाई पारी पुर्याउछ । जल्दै अरुलाई उज्यालो दिन्छ । सिलाको मूर्तिलाई खाने बहानामा प्रसाद चढाउदै हिड्ने यी मनुष्य जातिमा यस्तो ज्ञान दिने प्रयत्न गर्नुस् । इज्जत र श्रद्दा त्यसलाई गर्नुस् जसलाई नभेटिने भगवान त भन्न मिल्दैन काम भगवानको गर्छन ।

साँच्ची पुजाको थालीमा प्रसाद बोकि मन्दिर जादैमा कोही पबित्र र पापबिहिन हुन्न,सक्नु हुन्छ भने यौटा गरिब दिन दुखीको झुपडीमा जानुस् उसलाई मिठो बोलिदिनुस त्यतिबेला तपाई हो भगवान,त्यो बेला तपाईं हो ठुलो धर्म,त्यो बेला तपाईं हो सबसे महान जात,यहि जन्म र मृत्युको बिचमा हामीले बुझ्नुपर्ने सन्सारमा सबैभन्दा ठुलो धर्म भनेको त मानव सेवा हो।

 किन कि जब एउटा भोकले छटपटाएको मान्छेलाई रोटी दिदाँ ऊ जति खुशी हुन्छन् नि हो त्यही हो हाम्रो लागी फल,तपाईंको सानो कामले कसैको ओठमा हाँसो भरिन्छ भने त्यो भन्दा अर्को सुख के हुन सक्छ । यो जिन्दगीमा, कमसेकम जति बाँचिन्छ त्यतिबेला सम्म राम्रो काम गरौं मरेर जादा नि सबैको मनमा बस्न सकियोस् यहि त हो जीवन ।

अधिकाँशको यहि चाहाना हुन्छन् कि म जिबनमा धेरै राम्रो काम गरेर यो समाजलाई केही योगदान दिएर मर्छु सबैको यो सोचाइ अनि कार्यलाई सल्युढ त गर्नैपर्छ । त्यसैले जिन्दगीमा यदि पुन्य कमाउनु छ भने,मानव सेवा गर्नुस् ,त्यही हो तपाईंको लागी ठुलो जात,त्यही हो तपाईंको लागी ठुलो धर्म,त्यही हो तपाईंको लागी सबसे महान पुन्य ।

त्यही तपाईंको जिबन अतस् यहि हाम्रो जीवन र मृत्युको बिचमा गरेको काम देखेर ,कोहि मान्छे यस्तो हुन्छ लाग्छ भगवान पनि उसको सामु के हो र,त्यसैले हरेक दिन उसको आरती उतारुं,उसैको आराधना गरौं साच्चै यो दुनियाँमा यति गुणकारी र सहयोगी देवता पनि भेटिन्छ,जीवन नै उसैको लागी बलिदान दिन मन लाग्छ भनेर सिङ्गो देशनै गुञ्जमान होस त्यो पो हो त जीवन,मान्छे कुनबेला हाँस्छ,कुन प्रहरमा खुशी हुन्छ त्यो त हामीलाई थाहा हुन्न ।

तर तपाईं त्यो दिन हाँस्नुस,त्यो पल औधी प्रसन्न हुनुहोस जुन दिन तपाईंको सानो कारणले दुनियाँले,दिल खोलेर तपाईंको वाह,वाह गर्नेछ ।

चिसाङ्ग शेर्पा सह,सचिव नेपाल पत्रकार महासंघ शाखा खोटाङ्ग

तपाईको प्रतिक्रिया

नेपालगन्ज ७ फागुन / पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ ।.....

सोम गुरुङ,बर्दिया ७ फागुन / ६८ औ प्रजातन्त्र दिवशको अवशरमा एकपात लकजम्वर्गको सहयोगमा आवाज संस्था, बर्दियाले हामी.....

बर्दिया जिल्लाको बढैयाताल गाउँपालीकाको वडा नं.२ जमुुनीमा गठन भएको बागेश्वरी रेडियो श्रोता समुह ( LDAG ) ले आफनो.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....