जनसम्पर्क समिति कतार अन्तर्गत रहेको नेशनल ईकाई कमिटिको अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रकाशित मिति: १६ मंसिर २०७४, शनिबार ११:५१  

दोहा-नेपाली कांग्रेसको भात्रिसंगठन नेपाली जनसम्पर्क समिति कतारको नेशनल इकाईको तेश्रो अधिवेशन एवं प्रशिक्षण कार्यक्रम दोहाको ढाका रेस्टुरेन्टको सभा हलमा १ डिसेम्बर २०१७ मा भव्यरुपमा सम्पन्न भएको छ l

इकाइका अधिवेशन तयारि समितिका संयोजक गोपाल पोख्रेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली जनसम्पर्क समिति कतारका संस्थापक सभापति तथा कांग्रेस महासमिति सदस्य नरेन्द्र भाट  रहेका थिए l

दिप प्रज्वलन तथा महामानव बिपी कोइरालाको तस्विरमा माल्यार्पण गरि उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान र १ मिनट मौन धारण गरिएको थियो l
कार्यक्रमको पहिलो सेसनमा विशिष्ट अतिथिहरु महामन्त्री एवं कांग्रेस महाधिवेशन प्रतिनिधि मो. अजिज अलि र सल्लाहकार मो. शाकिर अलिले उपस्थित कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए l

कार्यक्रममा विशिष्ट अतिथि पूर्वमहामन्त्री एवं कांग्रेस महाधिवेशन प्रतिनिधि धिरज चामलिंग राइ १२ औ महाधिवेशन प्रतिनिधि अर्जुन खड्का निबर्तमान उपसभापति नुरहसन मिकरानीले शुभकामना दिएका थिए अन्य विशिष्ट अतिथि जनसमर्क समितिका सहमहामन्त्री केदार भुसाल अतिथिहरुमा इकाईका सभापति हरु जनसम्पर्क समितिका केन्द्रीय सदस्यहरु लगायत रहेका थिए l

कार्यक्रममा कार्यसमितिलाइ सहयोग र योगदान पुर्याए वापत प्रमुख सल्लाहकार अबुबकर अलि सभापति केशब कडेल र ठाकुर कुमार परियारलाई प्रशंशा पत्र प्रदान गरिएको थियो l
अधिवेशनको बन्द सत्रले अफजल खानको नेतृत्वमा ११ सदस्सीय नया कार्यसमिति सर्वसहमत निर्वाचित गरेको छ भने सल्लाहकार समिति पनि गठन गरेको छ l
जसमा  सभापति अफ्जाल खान,उपसभापति कुमार पौडेल,सचीव  माधब पौडेल ,सह-सचिव-धुर्ब ताम्राकार,कोषाध्यक्ष शिशिर कंडेल रहेका छन भने सदस्यहरु
बिनय शर्मा,जबुल मिया,मोहन रावत,अकबर अलि यमराज कोईराला र रोशन भट्टराई रहेका छन ।
यसै गरि प्रमुख सल्लाहकार-अबु अलि, सल्लाहकार सदस्य-केदार भुसाल, सरद पान्डे,गोपाल पोख्रेल, कुमार अविरल पन्थी रहेका छन

जनसम्पर्क समितिका सचिवालय सदस्य अबु अलिले संचालन गरेको  उक्त कार्यक्रममा  स्वागत मन्तब्य  भने अफजल खानले राखेका थिए । साथै  जनसम्पर्क समितिको सदस्यता लिनेहरुलाई प्रमुख अतिथिबाट सदस्यता पत्र वितरण समेत  गरिएको थियो l

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....