तनहुँ–१ बामपन्थीमय बन्दै

प्रकाशित मिति: १६ मंसिर २०७४, शनिबार १२:२८  

दमौली । तनहुँ प्रतिनिधि सभा १ बामपन्थीमय बन्दै जान थालेको छ । विभिन्न पार्टी परित्याग गरी कांग्रेस लगायतका दलका कार्यकताए बाम गठबन्धनमा प्रवेश गर्न थालेपछि तनहुँ–१ बामपन्थीमय बन्न थालेको हो ।कांग्रेसका नेता एवं तनहुँ प्रतिनिधि सभा १ का उम्मेदवार रामचन्द्र पौडेलले पटक–पटक यो चुनाव जितेपनि विकासमा सिन्को नभाँचेकोले कांग्रेसका धेरै कार्यकर्ता उनीप्रति असन्तुष्ट छन् । विगतमा कांग्रेसलाई भोट हालेका धेर सर्वसाधारणले यो चुनावमा विचार गर्ने बताउँदै आएका छन् ।

व्यास नगरपालिका वडा नम्बर १२ कर्लुङका अमृत पन्थले यसअघिका सबै निर्वाचनमा कांग्रेसलाई भोट हालेपनि यो पटक आफूले त्यो गल्ती नदोहो¥याउने बताए । ‘काम गर्नेले मौका पाउनुपर्छ,’ उनले भने, ‘काम गर्नेले मौका पाउँदा केही विकास हुन्छ कि भन्ने सोचेको छु ।’ सँधै नेपाली कांग्रेसलाई भोट हाल्दै आएपनि विकासको केही काम नभएको उनको भनाई छ ।

यसैबीच शनिबार नेपाली कांग्रेस भानु–४ का वडा सभापति रामबहादुर बोहोरा र नयाँ शक्तिका राजकुमार तामाङको नेतृत्वमा १ सय ६० जना बाम गठबन्धनमा प्रवेश गरेका छन् । बाम गठबन्धनमा प्रवेश गरेपछि बोहोराले चुनावमा भोट किनेर देश लुट्ने कांग्रेस भन्दा देश बनाउने बामपन्थी रोजेको बताए ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै एमाले केन्द्रीय लेखा आयोगका सदस्य विद्या ढकाल, तनहुँ प्रतिनिधि सभा १ निर्वाचन परिचालन कमिटी संयोजक भगवती न्यौपाने, माओवादी केन्द्रकी नेतृ ओमकुमारी पौडेल, तनहुँ १ प्रदेश सभा १ का उम्मेदवार रामबहादुर गुरुङ्गले देश विकास बनाउने अठोट सहित बामगठबन्धन अगाडि बढेको भन्दै बामपन्थीको जितमा कुनै शंका नरहेको घोषणा गरे ।

 

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....