व्यास २, ३, ४ मा बाम गठबन्धनको घरदैलो

प्रकाशित मिति: १७ मंसिर २०७४, आईतवार १५:१७  

तनहुँ  ।
तनहुँ प्रतिनिधि सभा १ का बाम गठबन्धनका उम्मेदवारले आइतबार व्यास नगरपालिका वडा नम्बर २, ३ र ४ मा घरदैलो सम्पन्न गरेका छन् । तनहुँ प्रतिनिधि सभा १ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसान र प्रदेश सभा १ का उम्मेदवार रामबहादुर गुरुङ्गले घरदैलो गर्दै आफूलाई भोट मागेका छन् ।

एमाले तथा माओवादी केन्द्रका कार्यकर्ता सहित गरिएको घरदैलोका क्रममा मतदाताहरुले बाम गठबन्धनका उम्मेदवारहरुलाई विजयको शुभकामना समेत दिएका थिए ।

राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष सहित २१६ जना बाम गठबन्धनमा प्रवेश तनहँु प्रतिनिधि सभा २ मा बाम गठबन्धन बलियो हुन पुगेको छ । क्षेत्र नम्बर २ अन्तर्गत पर्ने घिरिङ, भिमाद, रिसिङ, शुक्लागण्डकी, म्याग्दे लगायतका ठाउँबाट अन्य पार्टी परित्याग गरी बाम गठबन्धनमा प्रवेश गर्ने क्रमसँगै यो क्षेत्रमा बाम गठबन्धन बलियो हुन पुगेको हो ।

तनहुँ प्रतिनिधि सभा २ बाम गठबन्धन कांग्रेसभन्दा धेरै बलियो रहेको र कम्युनिष्ट पार्टी एक हुँदा थप मजबुद बनेको एमाले जिल्ला उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । बामपन्थीहरु मिलेर चुनाव लड्दा यस क्षेत्रका सर्वसाधारणमा उत्साह आएको उनले दावी गरे ।

शनिबार मात्रै राप्रपा प्रजातान्त्रिकका जिल्ला उपाध्यक्ष ज्योतिकुमार श्रेष्ठ सहित २ सय १६ जना बाम गठबन्धनमा प्रवेश गरेका छन् । म्याग्दे–४, थर्पु निवासी श्रेष्ठ उक्त ठाउँमा प्रभावशाली मानिन्छन् । नेपाली कांग्रेसले यस ठाउँलाई आफ्नो गढ दावी गर्दै आएपनि अबको चुनावले यहाँ कांग्रेसलाई ठूलै धक्का लाग्ने र बामपन्थीको किल्लाको रुपमा परिणत हुने एमाले म्याग्दे–४ की संयोजक सीता घिमिरेले बताइन् ।

नवप्रवेशीलाई बाम गठबन्धनमा स्वागत गर्दै एमाले नेता एवं पूर्व सांसद टुकराज सिग्देलले देशको विकास बामगठबन्धनको सरकारले मात्रै गर्ने हुँदा सबैलाई बामगठबन्धनमा आउन आव्हान गरे । कार्यक्रममा प्रदेश सभा १ का उम्मेद्बार आशा कोइराला, एमाले नेता शेषमणि आचार्य लगायतले विकास र समृद्धिका लागि स्थिर सरकार आवश्यक रहेको भन्दै चुनावपछि बाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने दावी गरे ।

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....