युवा स्वयसेवक केन्द्र स्थापना

प्रकाशित मिति: २० मंसिर २०७४, बुधबार ०४:३९  

मधु पौडेल , बाँके । नेपालगंज शहरको चिनारी युवा स्वम सेवकको ठाउँ भनेर चिनाउने सन्दभ सगै युवा स्वयसेवक केन्द्र स्थापना भएको छ ।नेपालगंजको न्युरोडमा युवा स्वमसेवकको केन्द्र उद्घाटनको क्रममा सो कुराको उद्घोष भएको हो ।युएनडिपीको सहयोग र क्रियटिभ हेन्डस तथा युवा स्वम सेवकहरुको आयोजनामा भएको उक्त केन्द्रको स्थापना भएको हो । नेपालगंज उपमहानगर पालिकाका प्रमुख डा.धवल समसेर राणाको प्रमुख आतित्थमा सम्पन्न उद्घाटन समारोहमा बोल्दै प्रमुख राणाले युवाहरु नै विकासका सम्वाहक हुन भएको बताउँनु भयो ।

बर्तमान अवस्थामा नेपालगंज लगाएत बाकेका धेरै जसो युवाहरु लागुपदार्थ सेवकको कुलतमा फसेको हुदाँ उनीहरुको लागी पनि युवा स्वम सेवक केन्द्र फलदायक हुने बताउनु भयो । कार्यक्रममा बोल्दै मध्येपश्चिम क्षेत्रिय खेलकुद समितिका अध्यक्ष भिम ओलीले नेपालगंजको चिनारी अव युवा स्वम सेवकको रुपमा हुने बताउनु भयो । अध्यक्ष ओलीले २०७५ सालको आठौ राष्ट्रिय खेलकुदमा धेरै भन्दा धेरै युवा स्वम सेवकको सो खेलकुद उत्सबमा सहयोग हुने आशा व्यक्त गर्नु भयो ।

यसै गरी कार्यक्रममा नेपालगंज उपमहानगर पालिका का उप प्रमुख उमा थापा मगरले खोलिएको युवा स्वम सेवक केन्द्र साझा रुपमा हुनु पर्ने तथा यसले गर्ने कार्यक्रमबाट सबैमा अपनोत्वको भावना जगाएर सबैलाई समेटेर लैजाने कुरामा आफु विश्वस्त भएको बताउनु भयो । उपप्रमुख थापामगरले नगरपालिका बाट युवा स्वमसेवक केन्द्रका लागि हुने सक्ने सहयोगको लागि आफु प्रतिवद्ध रहेको बताउनु भयो ।

कार्यक्रममा युएनडिपीका सतिस पाण्डेले युवा सेवक केन्द्र स्थापन गर्नुको उदेश्य तथा आफुहरुले यसमा सहकार्य गर्नुको उदेश्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य बहुमुखी सेवा केन्द्र बाकेका अध्यक्ष प्रभात ठकुरीले गर्नु भएको थियो भने धन्यवाद मन्तव्य क्रियटिभ हेन्डसका अध्यक्ष टिएस ठकुरी गर्नु भएको थियो । स्थापना गरीएको केन्द्रमा विद्युतय सेवाका साथै पुस्तकालयको पनि व्यवस्था गरीएको छ ।

तपाईको प्रतिक्रिया

बर्दिया २५ मङ्सिर । बर्दिया निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा तर्फ लोकतान्त्रिक गठवन्धन नेपाली.....

बाँके २५ मङ्सिर / बाँकेका तीन वटौ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै यहि मंसिर २१.....

नेपालगन्ज २५ मंसिर/उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले मानव अधिकार जिवन पद्धती,.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....