बागलुङ जिल्ला बामपन्थीको लालकिल्ला

नेपाली काँग्रेस बागलुङमा क्लीन स्वीप

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार ०२:२६  

बागलुङ
बागलुङमा प्रतिनिधिसभा तथा प्रदेसभा सदस्य निर्वाचनकामा जिल्लाका सबै निर्वाचन क्षेत्रमा भारि मतान्तरका साथ बागलुङमा बामपन्थिहरुले जित्न सफल भएका छन् । शुक्रबार मध्य रातमा सार्वजनिक भएको नतिजा अनुसार प्रतिनिधिसभाका ३ र प्रदेसभाका ३ गरि ६ वटै सिट लोकतान्त्रीक गठबन्धनका उमेदवारहरुलाई पछि पार्दै गठबन्धनका सबै उमेदवारले जित्न सफल भएका हुन ।

बागलुङ जिल्ला क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य पदमा बाम गठबन्धनका तर्फबाट एमालेका डा.सुर्य पाठक विजयी हुनुभएको छ । उहाँले ३३ हजार ६ सय ५७ मत लिएर बिजयि हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दिमा नेपाल सरकारका सहकारी तथा गरिवि निवारण राज्यमन्त्री समेत रहनुभएकी नेपाली काँग्रेसकी चम्पा खड्काले २० हजार ६ सय १६ मत ल्याउनुभएको थियो । १३ हजार ४१ मतान्तरले खडकालाई पछिपार्दै । पाठक विजयी हुनुभएको हो ।

यस्तै प्रतिनिधि सभा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतान्तर सहित बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका देबेन्द्र पौडेल बिजयी हुनुभएको छ । पौडेलले २८ हजार ८ सय २७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका पूर्व साँसद निरज पुनले १९ हजार ९ सय ५ मत प्राप्त गर्नुभएको छ । पौडेलले पुनलाई ८ हजार ९ सय २२ मतको फरकमा पराजित गर्नुभएको छ ।

यता प्रदेश सभा सदस्य तर्फ बागलुङ क्षेत्र १ को प्रदेश १ बाट बाम गठबन्धन अन्तरगत नेकपा एमालेका ईन्द्रलाल सापकोटा बिजयी हुनुभएको छ । उहाँले १७ हजार ९ सय १३ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर थापाले ११ हजार ९ सय ८४ मत ल्याउनुभएको छ । सापकोटाले थापालाई ५ हजार ९ सय २९ मतले पराजित गर्नुभएको छ ।

 क्षेत्र २ को प्रदेश २ बाट बाम गठबन्धन अन्तरगत राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तिले ११ हजार ८ सय ८४ मत लिएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका जीत शेरचनले ८ हजार ६ सय २४ मत ल्याउनुभएको थियो । घर्तिले शेरचनलाई ३ हजार २ सय ६० मतले पराजित गर्नुभएको छ । यस्तै प्रतिनिधि सभा क्षेत्र नं. २ को १ बाट बाम गठबन्धन अन्तरत नेकपा माओवादीका चन्द्रबहादुर बुढा सागर बिजयी हुनुभएको छ । बुढाले १७ हजार ४ सय १५ ल्याएर विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका मञ्जेश बम मल्लले ११ हजार ५ सय ४६ मत ल्याउनुभएको थियो । मल्ललाई बुढाले ५ हजार ८ सय ६९ मत अन्तरले जित्नु भएको हो ।

यस्तै बागलुङ क्षेत्र १ को प्रदेश २ बाट बाम गठबन्धन अन्तरगत राष्ट्रिय जनमोर्चाका कृष्ण थापा बिजयी हुनुभएको छ । उहाँले १४ हजार ३ सय ७२ मत ल्याउनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका पूर्व साँसद समेत रहनुभएका प्रकाश पौडेललेले ८ हजार २ सय ४६ मत ल्याउनुभएको थियो ।

बागलुङ जिल्लालाई बामपन्थीहरुको लाल किल्ला बनाउँछौं भनेर उद्घोष गरेका गठबन्धनका उमेदवारहरुले यो जित आफु र आफ्नो पार्टीको मात्र नभएको भन्दैं सम्पूर्ण जिल्ला बासीको भएको बताएका छन् ।उनिहरुले जनताको माझमा गरेका सबै प्रतिवद्धताहरु प्रिपक्क र जिम्मेवार ढङगले पुरा गर्ने बताएका छन् । गठबन्धनका उमेदवारहरु विजयी भएसंगैं संयुक्त निर्वाचन परिचालन समन्वय समितिले संयुक्त विजय ¥यालीको आयोजना गरेको छ । शनिबार मध्यान्न १२ बजे चिप्लेटि वसपार्कबाट ¥याली सुरु गरिने समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....