बहराइनको राष्ट्रिय दिवस मा नेपाली क्लबले सांगीतिक कार्यक्रम गर्दै

प्रकाशित मिति: २८ मंसिर २०७४, बिहीबार १८:५८  

नारायण रपाल बिस्वकर्मा

बहराइन -मध्यपुर्बी एसिया को खाडी मुलुक बहराइन को एक मात्र आधिकारिक संस्था नेपाली क्लब ले बहराइन को राष्ट्रिय दिवस को अवसरमा पर्ने बिदा लाई सदुपयोग गर्दै नेपाल बाट आउने राष्ट्रिय कलाकार हरुको साथमा “नेपाली सांगीतिक साँझ – २०१७” को आयोजना गर्ने भएको छ ।

भोलि डिसेम्बर १५ का दिन मानमा स्थित डेलमन इन्टरनेसनल होटेल मा सम्पन्न गर्न लागिएको कार्यक्रमका लागि नेपाल बाट कलाकार हरु गायक एड्रीन प्रधानको लाइभ ब्यान्डका साथै आधुनिक तथा लोक दोहोरि गायिका रिता केसि र लोकदोहरी गायक सन्जय गुरुङ बहराइन आउदैछन ।

कार्यक्रम बाट संकलित रकमले बहराइन सरकार द्वारा मान्यता प्राप्त नेपालीहरुको सामाजिक धरोहर नेपाली क्लब लाई बचाउनुको साथै, रोजगारको सिलसिलामा बहराइन आएर विभिन्न समस्यामा परेका नेपालीहरुको उद्धार कार्यमा खर्च हुने क्लब का महासचिव राजु पहारी ले जानकारी दिएका छन ।

कार्यक्रम लाई भब्य, सब्य, मार्यदित एबं सुरक्षित सगै पारिवारिक वातावरणमा सम्पन्न र सफल पार्न को लागि बहराइनमा कृयाशिल संघ संस्था, संगठनहरु बाट साथै ब्याक्तिगत तर्फबाट आर्थिक सहयोग सहयोग प्राप्त भई रहेको जानकारी दिदै आर्थिक सहयोगको साथ कार्यक्रममा आउन चाहने विशिष्ट सहयोगी हरुलाई निमन्त्रणा VIP पासको ब्यबस्था समेत गरेको क्लब का अध्यक्ष कमल श्रेष्ठले बताए ।

प्रवेश शुल्क ५ बहराइन दिनार रहेको कार्यक्रम साँझ ७ को बाट सुरुहुनेछ ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....