गोरखा सेवा समाज कतारको तयार पुरा जेरी र चीज कतार उत्रे, भावना आउदै ।

प्रकाशित मिति: २ पुष २०७४, आईतवार १५:२६  

एनक्युखबर दोहा– गोरखा सेवा समाज कतारले आफ्नो स्थापना दिवशको अवसरमा आयोजना गरेको रमाईलो बनभोज कार्यक्रमका लागि कलाकारहरु कतार आईसकेका छन।

कार्यक्रमको लागि कतारमा नेपालबाट लोकदोहोरी गायिका बबिता बानिया र लोकदोहोरी गायक चिज गुरुङ कतार आईसकेका छन भने लोकदोहोरी गायिका भावना आर्चाय आजै रातिको हिमाल एयरलाईन्सको फ्लाईटबाट कतार आउदै गरेको जानकारी गोरखा सेवा समाजका अध्यक्ष राकेश श्रेष्ठले दिए । अध्यक्ष श्रेष्ठले भने प्राविधिक कारणले गर्दा कलाकारहरुलाई एकैचोटी ल्याउन नसकेको पनि बताए ।

लोकदोहोरी क्षेत्रमा मात्र नभई हास्य बिधामा पनि ख्याति कमाएकी बबिता बानिया जेरीले हास्दै कतारमा रहेका तन्नेरी ठिटाहरुलाई दोहोरी गाएर नै पट्याउने धोको बोकेर कतार आएको बताईन । त्यस्तै लोकदोहोरी गायक चीजले पनि आफ्नो गायन र नृत्यबाट दर्शकहरुको मन जितर जानेमा आशाबादी भएको बताए ।

लोकदोहोरी गायिका भावनाले पनि आफुले कतारको दर्शकलाई छमछम नचाउने टेलिफोन सम्पर्कमा बताई । उनी आजै रातिको हिमाल एयरलाईन्सको फ्लाईटबाट कतार आउदै छिन ।

सहानिया स्थित अलदोसरी जु मा भोली अर्थात १८ डिसेम्वरमा आयोजना गरिएको कार्यक्रममा सहभागि शुल्क ५० कतारी तोकिएको छ ।

कार्यक्रममा सम्पूर्ण तयारीहरु पुरा भईसकेको जानकारी अध्यक्षले दिएका छन । उनले सबै दाजुभाई दिदीवहिनीहरुलाई कतारको राष्ट्रिय दिवशको र गोरखा सेवा समाज कतारको स्थापना दिवशको शुभकामना ब्यक्त गर्दै सहभागि हुनको लागि आग्रह समेत गरे ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....