नेकपा माओवादी केन्द्र पार्टीका युबा नेतृ समिता कार्की (अस्मिता), पृष्ठभुमिमा उनी को हुन ?

प्रकाशित मिति: ६ पुष २०७४, बिहीबार १२:११  

जैबी राई ,कतार। खोटाङ बाट प्रत्येक्ष तर्फ त्याग गरेर समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्यमा सुचिकृत नेकपा माओवादी केन्द्र पार्टीका युबा नेतृ समिता कार्की (अस्मिता) पृष्ठभुमिमा उनी को हुन पढ्नुहोस् ।

(१) खोटाङमा नेकपा माओवादी पार्टीका सस्थापक सदस्य समेत रहेका खोटाङमा तत्कालीन समयमा माओवादी पार्टी लाई जनयुद्धकालमा समेत हिंसात्मक रूपमा नभई बैचारिक,सैद्धान्तिक,र सगठानिक कुसलताको बलमा जनसत्ता संचालन गर्ने सोचका साथ निरन्तर सघर्षमा होमिएका बेला निसस्त्र रहेका जनताको घरमा भलाकुसारी गर्दै बसिरहेको अबस्थामा तत्कालीन राजा ज्ञानेन्द्रका साही राज्य सत्ताद्वारा संचालित साहिसेनाले सिम्पानी बजार बाट नियन्त्रणमा लिइ टुवाखोलाको बगरमा निर्ममता पुर्ण ढंगबाट गोलि हानी हत्या गरिएका महान सहिद दिलकाजी कार्की (अर्जुन) का बहिनी हुन युबा नेतृ समिता कार्की (अस्मिता) महान सहिद दिलकाजी कार्की संगै रहेका उनका श्रीमति इन्दिरा कार्की समेतको हत्या गरिए पछि खोटाङमा रणनीतिक प्रत्याक्रमण र आक्रमणको योजना तत्कालीन समयमा नेकपा माओवादी पार्टी खोटाङले तय गर्दै कार्यनीतिमा हेरेफेर गरेको थियो त्यस समय माओवादी नेता दिलकाजी कार्कीको हत्याले पुर्बमा र  खोटाङले असल अभिबाबक र नेता गुमाउन पर्यो भने पार्टी लाई खोटाङमा रक्षात्मक स्थितिमा समेत पुर्यायो बौद्धिक नेताको परिचय माओवादी पार्टी भित्र बनाउन सफल नेता दिलकाजि कार्की राजनीतिक दुरदर्शिता क्षमता राख्न सक्ने जनता र कार्यकर्ता माझ लोकप्रिय नेता समेत थिए खोटाङमा नेता दिलकाजी कार्कीको बारेमा धेरै जसो जनता हरु समेत जानकार थिए अहिन्साको बाटो बाट नै नेकपा माओवादी पार्टी लाई खोटाङमा स्थापीत गर्न सफल नेता कार्कीले आफ्नो पुरै परिवार लाई समेत माओवादी सघर्षमा आबद्ध गराइ सकेका थिए परिवारका सदस्य मध्यका एक हुन नेतृ समिता कार्की (अस्मिता) केन्द्रिय राजनीतिकमा प्रभाव र छबि बनाइ सकेका नेता दिलकाजी कार्कि लाई पुर्बमा माओवादी पार्टी कमजोर बनाउने तत्कालीन साही सरकारको उदेश्य र रणनीति बनाएको तत्कालीन फासिष्ट राज्य सत्ता बाट हत्या गरिए पछि पुर्बमा नेकपा माओवादी पार्टीले आफ्नो सघर्ष आक्रमक रूपमा हिंशात्मक बनाउन बाध्य बनायो  खोटाङमा माओवादी पार्टीको सघर्ष र आन्दोलन सोही रणनीतिक प्रत्याक्रमणको अग्र मोर्चामा उदाएकी थिइन नेतृ समिता कार्की (अस्मिता) महान सहिद दिलकाजी कार्की आफ्नो प्रीय दाजु असल आभिबाबक मात्रै होइन प्रीय नेता दाजु भाउजू एकैपटक गुमाउनुको अथाह पीडा बोकेर शोक लाई शक्तिमा बदल्न आफू सम्हालिदै धैर्यता नगुमाइ कठिन अठोट लिन हिम्मत र साहस राख्ने निडर निष्ठावान क्रान्तिकारी नेतृ कार्कीले खोटाङमा माओवादी आन्दोलन र सहिदहरुको अधुरो सपना र देखाएको क्रान्तिकारी यात्रामा कहिले थकान महसुस गरेनन पुर्बमा जनयुद्धको सफल महिला नेतृहरु मध्य कै एक हुन नेतृ कार्की खोटाङ भोजपुर सेक्रेटरी रहेर ज्यान जोखिम राखेर जनताको पुर्ण मुक्तिका लागि पार्टी लाइ थप क्षेती हुन बाट जोगाउन जन सम्बन्ध बिस्तार गर्दै सगठन बिस्तार गर्न सक्ने क्षमता र कार्यकुसलता  प्रदर्शन गर्दै नेतृ कार्कीले पार्टीको हरेक निर्देशन कुसलता पुर्बक पालना गर्दै विजयको अग्रपंक्तिमा उभिएका एक सफल महिला कमान्डर समेत हुन महान सहिद हरुको सपना लाई सफल र साकार बनाउन नेपाली जनताको जिबनमा मुक्ति दिलाइ छोडने सुनौलो बिहानको कल्पना बोकेर क्रान्तिकारी यात्रा लाई पूरा गर्न सिरमा रातो कफन बाधेर खोटाङमा रक्षात्मक रूपमा पुगेको पार्टी लाई पुनर्जीवन दिन नेतृत्व समेत प्रदान गरिन त्यसैको प्रतिफल स्वरुप खोटाङमा माओवादी आन्दोलन र सघर्ष एकैसाथ दिन दिनै विजयको उत्कर्षमा उक्लिदै गयो त्यही त्याग र क्रान्तिप्रतिको इमानदारीताले क्रान्तिकारी उच्च मनोबल र सगठानिक कुसलताले उनलाई चर्चाको शिखरमा पुर्यायो गणतन्त्र नेपाल स्थापना गर्न अह्वम भुमिका खेल्ने युबा नेतृको परिचय बनाइन खोटाङमा उनको नाम नसुनेको र उनलाई नचिन्ने जनता बिरलै मात्रामा पाइएला तथापि उनी बिभिन्न मिडियाहरु भन्दा बाहिर बस्न रुचाउने स्वभावले उनी मिडिया हरुमा खासै छाउदैनन ।

(२) नेकपा माओवादी पार्टी सान्ती प्रक्रियामा खुल्ला राजनीतिक प्रतिस्पर्धामा आइ सके पछि अन्तरिम सांसद र सरकारले बहुमतका साथ एतिहासिक रूपमा गणतन्त्र नेपाल घोषणा गरे सगै ब्यबहारिक रूपमा कार्यन्वयन गर्न पहिलो अभिभारा बोकेर संविधान सभाका लागि खोटाङ क्षेत्र न:२ बाट २०६४ सालको प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनिन प्रतिपक्षी लाई हराउँदै चुनावी मोर्चामा पनि उनि सफल बनिन र खोटाङ जिल्लाको तर्फबाट सभासद बन्ने सौभाग्य पाएका नेतृ कार्कीले जनप्रतिनिधिको रूपमा संविधान निर्माण गर्न अहोरात्र खटिदा खटिदै पहिलो संविधानसभा र सांसद भंग भए पछी केही समय परिवारिक समस्यामा फसिन र पार्टी काममा खोटाङ जिल्लामा सकृय हुन सकिनन अनेकौं समस्या लाई पन्छाएर निरन्तर अगाडि बढ्ने नेतृ कार्कीका एक छोरी र एक छोरा सन्तान हुर्कदैछन उनले आफ्नो नाबालक सन्तान समेत हुर्काउनु पर्ने जिम्मेवारी थपिए पछि प्रत्यक्ष जनताको घर घरमा पुग्न सकिनन त्यस बिचमा थुप्रै आसन्का पैदा गराइयो नेतृ कार्कीले खोटाङ छोडे भन्ने सम्मको हल्ला समेत चलाइयो तर त्यो भ्रम चिर्दै यथार्थता र आफ्नो स्वच्छ राजनीतिक चरीत्र प्रदर्शन गरि रहिन पार्टीले दिएको जिम्मेवारी संखुवासभा जिल्ला कार्यक्षेत्र बदलिएर पुगे पछि केही समय त्यही पार्टी जिम्मेवारी सम्हालेर बसिन त्यसबेला भने उनले चाहेर पनि जनताको काम गर्न उनले सोचे  जति सकिनन कारण थिए नाबालक आफ्नो सन्तान प्रतिको जिम्मेवारी बहन गर्नै पर्ने प्राकृतिक बाध्यता  त्यसताका खोटाङका जनता कार्यकर्ता सग पनि प्रत्यक्ष घुलमिल हुन पाइनन एक छोरी र एक छोरा आफ्नो प्यारो सन्तान समेत हुर्काउदै निरन्तर पार्टीको काममा जनता बिच परिबर्तनका लागि निरन्तर रहिरहन लागि पर्ने नेतृ कार्कीको योगदान खोटाङमा भुल्नै सकिन्न त्यति मात्रै होइन देशले नै एउटा असल नेतृ समेत पाएका छन नेकपा माओवादी पार्टी लाई जनता सम्म पुर्‍याउन र जन-सम्बन्ध स्थापित गर्नको निम्ति खेलेको भुमिका नेतृ कार्कीको अतुलनीय छ यसको उच्च मुल्यांकन र सम्मान हुनै पर्दछ नेतृ कार्की लाई हाल प्रतिनिधि सभाका लागी समानुपातिक कोटामा सुचिकृत नेतृ समिता कार्की (अस्मिता) लाई खोटाङका जनता हरुले अहिलेको परिबर्तित राजनैतिक घटनाक्रम र बदलिँदो परिस्थिति संगै जिल्ला बिकासका लागि केही गर्न सक्ने संभावना बोकेका साहसी क्रान्तिकारी महिला नेतृ कार्कि लाई जिल्लाको बिकास र विकल्प दुबै संभावना बोकेका युवा नेतृत्व समेत भन्ने दृष्टिले खोटाङका जनताले हेर्ने गरेको छन समानुपातिक सांसद बनाए मात्रै न्याय हुने  ठहर आमकार्यकर्ता हरुले गर्ने गरेका छन उनी सांसद भएको हेर्न तीब्र चाहना राख्ने खोटाङका आम जनता र कार्यकर्ताको भावना लाई पार्टी नेतृत्वले सम्मान गर्नै पर्दछ भने खोटाङमा नेकपा माओवादी केन्द्र पार्टी नेतृत्व अझै बलियो रूपमा स्थापना हुने बुझाइ रहिआएको छ यो खोटाङका आम परिबर्तनकारी जनता र कार्यकर्ताको बुझाइ र माग समेत हो।

(३) नेकपा माओवादी केन्द्र पार्टीको पोलिटब्युरो सदस्य समेत रहेका युबा नेतृ समिता कार्की (अस्मिता) लाई उहा द्वारा प्रसिक्षित आम कार्यकर्ता सुभेच्छुक समर्थक हरुले माओवादी आन्दोलन र बर्ग सघर्ष सफल बनाउन एकरूपताका साथ लागि परे खोटाङमा नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको उपस्थिति र भुमिका निरन्तर ससक्त रूपमा कायम राख्न सक्नु उहाले बिगतमा खेल्नु भएको परिबर्तनकारी राजनैतिक भुमिका पनि महत्त्वपूर्ण मानिन्छन पदको लागि कहिल्यै किचलो नगर्ने सालिन स्वभाबले सबैको लोकप्रिय बन्नुभएका कार्की पुर्बको अग्रणी महिला नेत्री मध्य एक हुनु आफू हारेर पनि जनता जितेको देख्न चाहन्छु आफू मरेर पनि जनता बाचेको देख्न चाहन्छु भन्ने कार्किको महान बिचार प्रस्तुत गर्ने गरेका छन एक पटक सभासद बनेका उनको जिबनसैली सर्बहारा बर्ग चरीत्र र सरल रहेको छ हाल सम्म उनको ब्याक्तिगत सम्पत्ति केही पनि छैन जनयुद्धको सघर्ष देखि नै निरन्तर पार्टिमा समर्पित कार्कि आफुलाइ पार्टिले न्याय गर्नेमा ढुक्क छिन त्यसैले एक युगमा एक पटक जन्मिने महान नेत्री हुन समिता कार्की (अस्मिता) ।

लेखक : नेपाली जनप्रगतिशिल मंच कतारका महासचिव हुन ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....