तमू (गुरुङ्ग )जातीको नयाँ वर्ष अर्थात ल्होसार पर्व

ल्होसार पर्व कोहलपुरमा भब्य रुपमा मनाउने तयारी

प्रकाशित मिति: १४ पुष २०७४, शुक्रबार ०९:१०  

खि ल्हो (कुकुर वर्ग०)मा प्रबेश गर्दै तमु ल्होसार
”प्ये म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ म्ही म्हमु “
(शास्त्र हराए संस्कृती हराउँछ, संस्कृती हराए परम्परा हराउँछ, परम्परा हराए अस्तित्व जाती हराउँछ ।)

शोभा तमु/ पौंष १५ गते, तमू (गुरुङ्ग )जातीको नयाँ वर्ष अर्थात ल्होसार पर्व । आदिवासी जनजातीहरुलाई छुट्टयाउने विविध आधारहरु मध्ये ती जातीहरुले मनाउने आफ्नो परम्परागत मौंलिक चाडपर्वहरु पनि एक हो । नेपालका मुलवासी आदिवासी जनजातीहरु गुरुङ्ग, मगर, थकाली, तामाङ्ग, शेर्पा, भोटे , नेवार , थारु आदिले विविध नाम र तरिकाले विभिन्न समयमा नयाँ वर्ष मनाउने गर्दछन । तामाङ्ग र शेर्पा जातीले सोनाम र ग्याल्बो ल्होसारको रुपमा नयाँ वर्ष मनाउछन भने तमू (गुरुङ्ग) जातीहरुले मनाउने ल्होसारलाई तोला ल्होसार भनिन्छ र यो तोला ल्होसार प्रत्येक वर्षको पौंष १५ गतेका दिन पर्दछ । “ल्हो”े को अर्थ “ बर्ग ँ” र “सार” को अर्थ “ नयाँ ” अर्थात (नयाँ वर्ग )नयाँ वर्ष हो । वर्गहरु १२ वटा हुन्छ्न । सवै वर्गको पालो पुगी सके पछि एउटा ल्होकोर (वर्ग चक्र) पुरा हुन्छ । यी १२ वटा वर्गहरु मध्येबाट नै पालैसँग वर्ग दोहरिने हुन्छ जसलाई तमूहरु ल्योत्हुव अर्थात वर्ग दोहरिने भन्दछन । तमू जातीहरु मानिसको उमेर पत्ता लगाउने , विवाहको साईत, शुभ अशुभ , ग्रह दशा हेर्ने , स्वस्ति शान्ति जस्ता कार्यहरु यहि ल्हो अर्थात वर्गकै आधारमा गर्दछन ।
ल्होसार समवन्धि विभिन्न अवधारणाहरु ः
१० ल्होसारको शाब्दिक अर्थ नयाँवर्ष हो । मन्जुश्री भाषित खगोल शास्त्र अनुसार प्रत्येक वर्ष बसन्त ऋतुको आगमनका साथै माघ शुक्ल प्रतिपदाका दिन देखि ल्होसारको प्रारम्भ हुने गर्दछ । बसन्त ऋतुको प्रारम्भ भएको संकेत गर्दै प्रत्येक वर्ष झुल्किने यो चाड प्रकृति पुजामा आधारित रहेको छ ।
२ ० पौष १४ गते वर्षमा सवै भन्दा छोटो दिन , लामो रात हुने भएको र पौष १५ गते बिहान घाम झुल्के पछि रात लामो हुने हुनाले अर्थात प्रकृतिले नै बनाएको वर्षको अन्त र शुरुको दिन पौष १५ गतेलाई गुरुङ्गका कार्गिचोक (बुद्धिजीवी) ले ल्होसारका रुपमा मान्ने परम्परा बसालेको देखिन्छ ।
३ ० खगोलशास्त्रको हिसावबाट पनि यो दिन सुर्य दक्षिणयाणबाट उत्तरायणमा फर्कन्छ । पृथ्वीको उत्तरी गोलाई ठण्डी ठाउँ भएकोले अब उत्तरायण भयो भने न्यानो हुन्छ भन्ने हिसाबले खुशीको रुपमा यो दिनलाई नयाँ वर्षको रुपमा मानेको हुनुपर्दछ ।
यस वर्षको ल्होसार स् खि ल्हो (कुकुर बर्ग)
अघिल्लो वर्षको च्य ल्हो (चरा वर्ग) को विदाई तथा आज पुस १५ गते खि ल्हो (कुकुर वर्ग)को स्वागत गर्दै तमू जातीहरु विविध कार्यक्रमको आयोजना गरि यो पर्व मनाउने गर्दछन । धार्मिक, सामाजिक र सांस्कृतिक जस्ता आफ्नै मौलिक विशेषता बोकेका तमू जातीहरुमा ल्होसार पर्व मनाउने तरिकामा भने केहि वर्ष यता अलिक फरकपन ल्याई समय सान्दर्भिक विषय वस्तुमा विभिन्न अन्र्तक्रियात्मक औपचारिक कार्यक्रमहरु लगायत देशको राजनितीक विषयमा पनि छलफल चलाएर ल्होसार पर्व मनाएको पाईन्छ । काठमाण्डौंमा यस वर्षको ल्होसार साताव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरि महामेलाकै रुपमा मनाईदैछ । मध्य तथा सुदुरपश्चिमका बाँके, बर्दिया, सुर्खेत, दैलेख, प्युठान, रोःल्पा, रुकुम, दांग, कंचनपुर , कैलाली, जुम्लामा बसोबास गर्ने तमूहरुले पनि आ आफ्नो जिल्लामा पौंष १५ गतेका दिन विभिन्न कार्यक्रमको आयोजना गरि ल्होसार पर्व मनाउँदैछन भने बिदेशमा रहनु हुने तमु जातिहरु पनि समय मिलाएर आफ्नो जाती, भाषा, धर्म, संस्कृतिको संरक्षणको लागि ल्होसार पर्ब मनाउदै आएका छन ।
“ तमू (गुरुङ्) ल्होसार खि ल्हो कुकुर बर्ग २०७४ को आव्हान । जातिय पहिचान सहितको प्रादेशिक नामांकन हाम्रो आव्हान । ” भन्ने मुल नाराका साथ बांके जिल्लामा पनि आज सम्पुर्ण तमुहरु कोहलपुरमा एक जुट भैइ औपचारिक तथा बिबिध सांस्कृतिक लोकदोहरी भाखामा नृत्य कार्यक्रमको आयोजना गरि भब्यताका साथ मनाउन लागिएको छ ।
मुल आयोजक समिति तमु ह्युल छोंज धि बांके र कोहलपुर ईकाई समितिको ब्यब्स्थापनमा भब्य रुपमा संचालन हुन लागेको तमु खि ल्हो ल्होसारमा सम्पुर्ण तमु बन्धुहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरियको साथै सफल बनाउन ब्यापक तयारी गरियको प्रचार प्रमुख सोम गुरुङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....