‘तमु ल्होसार’ पर्व बाँकेको कोहलपुरमा भब्यताका साथ सम्पन्न

गुुरुङ्ग भाषा र सस्कृति जग्रेनामा जोड दिनु पर्ने

प्रकाशित मिति: १५ पुष २०७४, शनिबार १७:२२  

सोम गुरुङ,बाँके १५ पुुस / तमू ह्युुल छोज धीं ( गुुरुङ्ग राष्ट्रिय परिषद)जिल्ला कार्य समिति, बाँकेको आयोजक तथा तमू ह्युुल छोज धीं ( गुुरुङ्ग राष्ट्रिय परिषद), कोहलपुुर इकाई समिति, बाँकेको ब्यवस्थापन मा आज ‘तमु ल्होसार’ पर्व बाँकेको कोहलपुरमा भब्यताका साथ गुरुङ समुदायले मनायका छन् ।
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आज (शनिबार) देखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाई रहेका छन । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका अगुवाहरुको भनाई छ । ‘तमु संस्कृति अनुसार पौष १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पौष १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाइने विश्वास गरिन्छ । पौष १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको छ ।

यस पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेकामा यसवर्ष शनिबार नै यो उत्सव परेको छ । तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली लगायतले शुभकामना दिनुभएको छ । ‘तमु ल्होसार’ को अवसरमा बाँकेको नेपालगंज र कोहलपुर वरपरका क्षेत्रमा पनि विभिन्न भब्य कार्यक्रमहरु आयोजना गरिएका थिए । ‘तमु ल्होसार’ मनाउनका लागी आफनै भेष भुषामा सजिएर ओहोर दोहोर गर्नेहरुको बजारमा थुप्रै दृष्यहरु देख्न सकिन्थ्यो ।

बाँकेको कोहलपुरमा ¥याली निकालिएको थियो भने साथै विशेष सामारोह आयोजना गरि शुभकामना साट–साट गर्ने कार्य पनि भएका थियो ।सो कार्यक्रममा प्रमुुख अतिथि तमू ह्युुल छोज धीं ( गुुरुङ्ग राष्ट्रिय परिषद) प्रदेश नं.५का प्रमुुख चेत बहादुुर गुुरुङ्ग,विशिष्ट अतिथि बाँके क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्य माननीय महेश्वर गहतराज(अथक) , सभापति तमू ह्युुल छोज धीं जिल्ला कार्य समिति अध्यक्ष युुग बहादुुर गुुरुङ्ग,सभापति तमू ह्युुल छोज धीं जिल्ला कार्य समिति अध्यक्ष युुग बहादुुर गुुरुङ्गले खेलकुदमा विजयी हुनेहरुलाई पुुरस्कार वितरण गर्नुु भएको थियो ।

सम्मानित हुुनेहरुमा:

समआदरणीय सदस्यलाई सम्मान
१. किशनसिहं गुुरुङ्ग,नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८ कारकादो, बाँके
२. सीता गुुरुङ्ग, नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८ कारकादो, बाँके
३. करिष्मा गुुरुङ्ग, नेपालगन्ज उपमहानगरपालिका वडा नं.१० भृकुुटीनगर, बाँके
तमुु समुुदायका जेष्ठ नागरिकलाई सम्मान
१. तुुलसा गुुरुङ्ग, कोहलपुुर न.पा.६
२. चन्द्र शोभा गुुरुङ्ग, कोहलपुुर न.पा.१०
३. टेक बहादुुर गुुरुङ्ग, कोहलपुुर न.पा.२
४. क्याप्टेन रनसुुर गुुरुङ्ग, खजुुरा गाउँपालिका
मरणेपरान्त सम्मानः
स्वर्गीय बम बहादुुर गुुरुङ्ग, कोहलपुुर ८
प्रशंसापत्र सम्मान (प्रमाणपत्र र खादा ओढाएर)
१. भिम गुुरुङ्ग,नेपालगन्ज उपमहानगरपालिका, १
२. बिमला गुुरुङ्ग, नेपालगन्ज उपमहानगरपालिका, १
३. दिपक गुुरुङ्ग, खजुुरा गाउँपालिका, सोनपुुर,बाँके
४. महेन्द्र गुुरुङ्ग, कोहलपुुर न.पा
५. लक्ष्मी घले गुुरुङ्ग, कोहलपुुर न.पा.
कदरपत्र सम्मानः
१. रत्न बहादुुर गुुरुङ्ग, खजुुरा गाउँपालिका, सोनपुुर, बाँके
२. नैन बहादुुर गुुरुङ्ग, कोहलपुुर न.पा. २, पुुस्पनगर, बाँके
भर्खरै सम्पन्न तमुुस्यो हयूल छोंज धींको महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्विरोध निवार्चित दुुर्गा तमूलाई खादा ओढाई सम्मान ।

विजयी खेलाडीहरु
१. बोरा दौड तर्फ प्रथम रेजिना गुरुङ्ग
२. कुुर्सी दौड तर्फ प्रथम दुुर्गा गुरुङ्ग
३. घैटो खेलमा
महिला तर्फबाट रेखा गुरुङ्ग
पुुरुष तर्फबाट यम घले
४. छेलो फाल्ने खेलमा
प्रथम श्याम गुरुङ्ग
द्धितिय तुुलसी गुरुङ्ग
तृतीय सन्दिप गुरुङ्ग
एकल नृत्य प्रतियोगिताका विजयी कलाकारहरु
१. प्रथमः रिना गुरुङ्ग
२. द्धितियः सदिक्षा गुरुङ्ग
३. तृतियः स्वस्तिका गुरुङ्ग
समूह नृत्य प्रतियोगिताका विजयी कलाकारहरु
१. प्रथमः एगाउ तमू समूह
२. द्धितियः कोहलपुुर तमू समूह
३. तृतियः नेपालगन्ज तमू समूह
देशका कतिपय ठाउँमा यस दिनलाई पुसे १५ का रुपमा पनि मनाउने गर्दछन ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....