प्रमुख सूचना आयुक्तद्धारा नेपालगन्जमा उत्प्रेरणा प्रबचन

प्रकाशित मिति: २५ पुष २०७४, मंगलवार १२:०५  

नेपालगन्ज २५  पुुस / बासको आयोजनामा आज नेपालगन्जमा आयोजित उत्प्रेरणा प्रबचन कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटाले युुवाहरु सकारात्मक हुदै निरन्तर काममा क्रियाशिल रहेमा सफलता हासिल हुने बताएका छन् ।
पछिल्लो समय युवाहरुको माझ लोकप्रीय बन्दै गएको आधुनिक प्रविधिको अध्ययन तथा अनुसन्धानमा प्रयोग गर्न समेत उनले अनुरोध गरे । युवाहरुको सफलताको सुत्र के हो, सूचनाको हकको महत्व, त्यसका क्षेत्रमा भएका प्रयासहरु सँगै बाँस्कोटाले आफ्नो जिवनको सफलताको अनुभव सुनाएका थिए । बाँस्कोटाको झण्डै १ घण्टा लामो उत्प्रेणात्मक मन्तब्य पछि सहभागिहरुले उनको मन्तब्यले जिवनमा नविनतम उर्जा मिलेको बताएका थिए । प्रबचनको क्रममा बाँस्कोटालाई सहभागिहरुले विभिन्न प्रश्नहरु राखेका थिए जसको जवाफमा उनले विश्वमा सफल तथा चर्चीत ब्यक्तिहरुको उदाहरण सहित प्रष्ट्याएका थिए । कार्यक्रम निकै प्रभावकारी रहेको सहभागिहरुले बताएका थिए । बासका ईन्स्पाईरिङ्ग युथ कार्यक्रम संयोजक खेम बिष्टले संचालन गरेको कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका अध्यक्ष मन भण्डारीले गरेका थिए । कार्यक्रममा बासका पदाधिकारीहरु तथा साधारण सदस्यहरु, विभिन्न संघ सस्था, सरकारी कर्मचारी लगायत गरी ५० बढीको सहभागिता रहेको बासका सुचना अधिकारी हेमराज भट्टले जानकारी दिनुुभयो ।

तपाईको प्रतिक्रिया

सोम गुरुङ,बर्दिया ५ माघ / बर्दियाको बढैयातालमा राष्ट्रिय थारु साहित्यिक मेला २०७४ शुरु भएको छ । थारु लेख्क संघ,.....

बिरेन्द्र थापा क्षेत्री ,बर्दिया ४ माघ/बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१,शान्तिपुुरको प्रगति टोल.....

राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक.....

भोला थापा क्षेत्री, दोहा (कतार) । कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल(एसएसबि)बाट गोविन्द गौतमको हत्या भएपछि देश.....

समिम मियाँ  , साइप्रस-रोजगारीको सिलसिलामा साइप्रस आएकी एक नेपाली युवतीको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछाप.....

एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....